Tuesday, August 25
Shadow

Author: Interview Nepal

उपराष्ट्रपतिको निर्वाचनपछि मन्त्रिपरिषद्ले पूर्णता पाउने

उपराष्ट्रपतिको निर्वाचनपछि मन्त्रिपरिषद्ले पूर्णता पाउने

ब्यानर समाचार, ब्यानर समाचार 2, मुख्य समाचार, समाचार
काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उपराष्ट्रपतिको निर्वाचनपछि मात्र मन्त्रिपरिषद्ले पूर्णता पाउने बताएका छन्। राष्ट्रपति निर्वाचनको परिणाम घोषणापछि बिहीबार संसद् भवन परिसरमा पत्रकारहरूसँग कुरा गर्दै प्रचण्डले अब आफूहरूको ध्यान सरकार विस्तारमा लाग्ने बताएका हुन्। उपराष्ट्रपतिको निर्वाचन चैत्र ३ गते हुँदैछ। ‘राष्ट्रपतिको निर्वाचन भएसँगै स्थानीय तहदेखि शुरू भएको निर्वाचन प्रक्रिया मूलतः सम्पन्न भएको छ, एउटा राजनीतिक कोर्स पूरा भएको छ। अब हाम्रो ध्यान सरकारलाई पूर्णता दिनेतर्फ हुनेछ,’ प्रचण्डले भने, ‘उपराष्ट्रपतिको निर्वाचनपछि सरकारलाई पूर्णता दिन्छौं।’ नेकपा एमाले र राप्रपाले सरकार छाडेपछि अहिले प्रचण्ड सरकारमा माओवादी र जनमत पार्टी मात्र छन्। एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि प्रचण्डले चैत १३ अगावै विश्वासको मत लिनुपर्ने संवैधानिक बाध्यता छ।...
प्रचण्डको अपिल , टुटफुट भएका माओवादी एक ठाउमा आउन पर्‍यो

प्रचण्डको अपिल , टुटफुट भएका माओवादी एक ठाउमा आउन पर्‍यो

ब्यानर समाचार, मुख्य समाचार, समाचार
काठमाडौँ। प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्डले माओवादी आन्दोलनका विभिन्न भङ्गालाहरू फेरि एकैठाउँमा उभिने परिस्थिति आएको बताउनुभएको छ। सर्बोच्च अदालतमा मुद्दा परेपछी प्रचण्डले यस्तो बिसयमा चासो दिएका छन । आइतबार दिउँसो सहिद तथा बेपत्ता योद्धा सन्तति फाउन्डेसनले काठमाडौंको कमलादीमा आयोजना गरेको अन्तरक्रियामा बोल्दै प्रधानमन्त्रीले माओवादी आन्दोलन विभाजित हुँदा विजातीय वर्गले फाइदा उठाएको भन्दै एकताका निम्ति अपील गर्नुभएको हो। कार्यक्रममा प्रधानमन्त्रीले भन्नुभयो, “माओवादी आन्दोलन एउटा ठूलो प्रवाहको रूपमा अगाडि आयो, शान्ति प्रक्रियापछि विभिन्न भङ्गालातिर विभाजितजस्तो भयो। अब ती सबै भङ्गालाहरू एकै ठाउँमा मिसिएर एउटा विशाल सागर बन्ने दिशातिर जाने समय आयो। हामी सबैले हामी सबैका अनुभवहरूलाई हाम्रा अनुभव भनौँ। त्यसमा भएका तीता–मीठा, राम्रा–नराम्रा सबै ...
राष्ट्रपतिमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको उम्मेदवारी

राष्ट्रपतिमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको उम्मेदवारी

ब्यानर समाचार, ब्यानर समाचार 2
काठमाडौं । राष्ट्रपतिमा दुई पूर्व सभामुखबीच प्रतिस्पर्धा हुने भएको छ । नेपाली कांग्रेसले वरिष्ठ नेता रामचन्द्र पौडेल र नेकपा एमालेले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङलाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको छ । राष्ट्रपतिका दुवै उम्मेदवार पूर्व सभामुख हुन् । रामचन्द्र पौडेल २०५१ साल पुस ३ गतेदेखि २०५५ साल चैत ९ गतेसम्म सभामुख थिए । सुवासचन्द्र नेम्वाङले २०६५ साउन १२ देखि २०६९ साल जेठ १४ गतेसम्म पहिलो कार्यकाल संसदको नेतृत्व गरेका थिए । २०७० फागुन ६ गतेदेखि २०७२ साल असोज २७ गतेसम्म दोस्रो कार्यकाल सभामुख भएर संसदको नेतृत्व गरेका थिए । दुबै संविधानसभामा पनि उनले संविधानसभा अध्यक्षको भूमिका निर्वाह गरे । कांग्रेस उम्मेदवार पौडेललाई सरकारको नेतृत्वकर्ता दल माओवादी केन्द्रसहित ८ दलको साथ छ । उनी आवद्ध नेपाली कांग्रेसका साथै माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, लोकतान्...
नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

ब्यानर समाचार, ब्यानर समाचार 2, मुख्य समाचार
काठमाडौं- राष्ट्रपतिका उम्मेदवारका बारेमा छलफल गर्नका लागि नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ। बिहान ११ बजेबाट सुरु हुने भनिएको सो बैठकमा भावी राष्ट्रपतिको उम्मेदवारी दिने बारेमा कांग्रेसको औपचारिक धारणा सार्वजनिक गर्ने कांग्रेसका एक नेताले जानकारी दिए। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग बुधवार भएको भेटमा निर्वाचन अघिको गठबन्धन व्यूताउने समझदारी भएपछि  उत्साहित कांग्रेसले आज बस्ने कार्यकारिणीको बैठकबाट राष्ट्रपतिको उम्मेदवारी दिने औपचारिक निर्णय गर्ने बुझिएको छ। नाम भने बैठकबाट सार्वजनिक नगरिए पनि वरिष्ठ नेता रामचन्द्र पौडेललाई अघि सारेर जानेमा कांग्रेसका नेता एकमत देखिएका छन्।...
पशुपतिनाथमा दर्शनार्थीको घुइँचो , विशेष पुजाको लागि शुल्क

पशुपतिनाथमा दर्शनार्थीको घुइँचो , विशेष पुजाको लागि शुल्क

ब्यानर समाचार, ब्यानर समाचार 2, मुख्य समाचार
काठमाडौं, ६ फागुन । पशुपतिनाथको बिशेष पुजा गर्ने रकममा बढोत्तरी गरिएको छ । पशुपति बिकासक्षेत्र कोष, सञ्चालक परिषद, देउउद्यानज गौशालाले आज जारी गरेका सुचना अनुसार पराम्परागत पुजा र बिशेष पुजाको शुल्क बढोत्तरी गरिएको हो । गत असार ८ गते बसेको सञ्चालक परिषदको बैठकको निर्णयानुसार शुल्क परिमार्जन गरि बढोत्तरी गरिएको कोषले जनाएको छ । ‘भगवान श्री पशुपतिनाथ मन्दिरमा दर्शनार्थ पाल्नु हुने भक्तजनहरुवाट पराम्परागत रुपमा नै गरिनेृ रु ५,१००/- र रु ११,०००/- को बिशेष पुजा बापत कोषको खातामा जम्मा हुने निर्धारण गरिएकोमा मिति २०७९ असार ८ गते को सञ्चालक परिषदको बैठकको निर्णयले उक्त पुजा रकमलाई क्रमशः ७५००/- र १५,१००/- हुने गरी परिमार्जन गरिएको छ’ आज जारी सार्वजकि सुचनामा भनिएको छ । बिशेष प्रकृतिको पुजा लागि शुल्क लिदाँ ब्यवस्थापनमा सहज हुनुको साथै पावन पशुपत क्षेत्र विकासका लागि आवश्यक रकम प्रबन्ध गर्नस...
निर्वाचन आयोग पनि नाफामुखी व्यापारी संस्था हो ! – जगदिश्वरनरसिंह केसी

निर्वाचन आयोग पनि नाफामुखी व्यापारी संस्था हो ! – जगदिश्वरनरसिंह केसी

ब्यानर समाचार, विचार
काठमाडौ - नेपाली काङ्ग्रेसका नेता जगदिश्वर नरसिंह केसी ले आफ्नो फेसबुक वालमा लेखेका छन निर्वाचन आयोग पनि नाफामुखी संस्था जस्तो भयो । उनले स्थानीय निर्वाचनमा ढिला गरेर खर्च विवरण पेश गर्ने लाई जरिवाना तिर्नुपर्ने बिषयमा यसो भनेका हुन । ३० वैशाखमा भएको स्थानीय तहको निर्वाचनमा गरेको खर्चको विवरण नबुझाउने १ लाख २३ हजार ६ सय ५० उम्मेदवारहरुलाई जरिवाना तोकेको कुरा अस्वाभाविक, अव्यावहारिक र प्राकृतिक न्यायको सिद्धान्तविपरीत छ । समयमै खर्च विवरण बुझाउनु पर्ने कुरा निर्वाचन नियमावली अन्तर्गत पर्ला तर चुनावको समयमा निर्वाचन आयोगले खर्च विवरण समयमै उपलब्ध गराउनु पर्ने कुरा उम्मेदवारहरुलाई सुचित गर्न सक्यो कि सकेन भन्ने कुरा पनि मुख्य हुन्छ । कतिपय उम्मेदवारहरूको आर्थिक अवस्था अत्यन्त गरिबीबाट गुज्रिरहेको छ । यसर्थ कसैलाई असर नपर्ने गरी वैज्ञानिक ढंगले यो समस्याको हल गर्न सम्बन्धित सरोकारवाला समक्ष...
नेपाल विद्यार्थी संघको अधिवेशन रसुवा बाट सुरुवात

नेपाल विद्यार्थी संघको अधिवेशन रसुवा बाट सुरुवात

ब्यानर समाचार, समाचार
काठमाडौ - नेपाल विद्यार्थी संघ अधिवेशन गर्न का लागि ओतप्रोत भएर लाग्दै गर्दा विगत लामो समय देखि जिल्ला अधिवेशन नहुँदाको प्रसव पीडा मा छट्पटिदै गर्दा आज रसुवा नेपाल विद्यार्थी संघले काचुली फेर्दै अरु छयतर जिल्लालाई प्रेरणा गर्दै रसुवा जिल्ला मा नेपाल विद्यार्थी संघ को १२औं अधिवेशन सम्पन्न भएको छ । आज सम्पन्न भएको अधिवेशन मा प्रमुख अतिथि माननीय ई. मोहन आचार्य , विशिष्ट अतिथि नेपाल विद्यार्थी संघ का केन्द्रीय अध्यक्ष दुजाङ शेर्पा र नेपाल विद्यार्थी संघ का केन्द्रीय प्रतिनिधि सरोज तिमल्सिना ज्यू को रहोबर मा अधिवेशन सर्वसम्मत गरियो। कार्यक्रम को सभापति सालिकराम अधिकारीको सभापतित्वमा सम्पन्न भएको अधिवेशनमा नवनिर्वाचित अध्यक्ष कपिल पौडेल तथा अन्य पदाधिकारीहरु सर्वसम्मत चयन भएको नेपाल विद्यार्थी संघ का नेता सुशान्त सिटौलाले जानकारी दिए।...
गीतकार सुमन कुमार धितालको चार मुक्तक

गीतकार सुमन कुमार धितालको चार मुक्तक

ब्यानर समाचार, साहित्य/कला
सगरमाथा भन्दा अग्लो शिर लिएर हिडिछौ आहारा खोज्न बिषालु तिर लिएर हिडिछौ तन्काई तन्काई लालचको बाण धनुमा फसाई आफ्नै मुटु छिनाई झिर मा उनेर हिडिछौ । ईमान्दारिताको पसिनाले भिज्दै छ जिन्दगी , मुटु भित्र केले केले चसक्क बिज्दै छ जिन्दगी, सपना नै सपनाको शहर देख्छु गाउँ भित्र त्यही सपनाको शहरले थिच्दै छ जिन्दगी   मात्र छ हृदयमा पिरको घर, रित्तै छ जिन्दगी हिजो आज यस्तै यस्तै बित्तै छ जिन्दगी दिन पछि रात , रात पछि दिन देखाइ मलाई पत्तै नदिइ समयले बिस्तारै जित्तै छ जिन्दगी ।। एउटै हो भारत , पाकिस्तान एउटै हो राष्ट्र अलग अलग भए पनि मान्छे एउटै हो, मान्छे कालो होस् या गोरो, सानू होस् या ठूलो बुझ्नु पर्छ हामिले भगवान सबैको एउटै हो।...
शान्तिपूर्ण स्ववियु निर्वाचन र अबको आवश्यकता

शान्तिपूर्ण स्ववियु निर्वाचन र अबको आवश्यकता

ब्यानर समाचार, विचार
त्रिभुवन विश्वविद्यालयको विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयद्वारा आंगिक तथा सामुदायिक र सम्बन्धन प्राप्त क्याम्पसहरुलाई जारी गरिएको स्ववियु निर्वाचनको निर्देशन स्वागतयोग्य छ । नेपाली शैक्षिक जगतको इतिहासलाई गौरवपूर्ण बनाउनदेखि विद्यार्थी आन्दोलनलाई नयाँ उचाईमा पुर्याउनका लागि तोकिएको समयमा स्ववियु निर्वाचन सफलतापूर्वक सम्पन्न गर्न अत्यन्तै जरुरी छ । तर सँगसँगै अनेकौ चुनौती, कठिनाई र व्यवधान भने यथेष्ट मात्रामा छन् । विगतका वर्षहरुलाई हेर्दा विश्वविद्यालय अन्तरगतका आंगिक क्याम्पसहरुको विद्यार्थी युनियनको निर्वाचन अशान्ति र हिंस्रक वातावरणबीच सम्पन्न भएका थिए । केही क्याम्पसमा त चुनाव नै सम्पन्न हुन सकेको थिएन । यसले नेपालको विद्यार्थी जगत र शैक्षिक परिपाटीमा अन्यौलता संगै राजनीतिप्रति वितृष्णा निराशा उत्पन्न गरायो । युवा उमेरसँगै तातो रगत हुन्छ विद्यार्थीमा । तर शिक्षित विवेकशील ...
टोखा नगरपालिकामा नेपाल शिक्षक संघको दोस्रो अधिवेशन सम्पन्न

टोखा नगरपालिकामा नेपाल शिक्षक संघको दोस्रो अधिवेशन सम्पन्न

ब्यानर समाचार, स्थानिय तह
२०७९/१०/२६ गते श्री तिलिङ्गाटार मा.बि.मा श्री सरोजकुमार पाण्डेज्युको सभापतित्वमा रबिन महर्जन, अध्यक्ष - ऋषि तिमल्सिना, सचिब - राजेन्द्र बुढाथोकी, सह-सचिब - हरिकृष्ण धिताल, सदस्यमा सृजना अधिकारी लगाएत केन्द्रिय प्रतिनिधिज्युको उपस्थितिमा टोखा न.पा.भित्र रहेको बिधालयको प्र.अ.तथा शिक्षकज्युहरुको उपस्थितिमा नेपाल शिक्षक संघ टोखा नगर समितिको दोस्रो स्थानीय अधिबेशन सम्पन्न भयो ।                  उक्त अधिबेशनबाट धुर्ब अर्यालको अध्यक्षतामा नयाँ कार्यसमिती चयन भयो। नयाँ कार्यसमितिलाई उपस्थित अतिथि हरुले हार्दिक बधाईका साथ सफल कार्यकालको सुभकामना दिनुभएको थियो । सरस्वतीको प्रतिमा अंकित मायाको चिनो निवर्तमान अध्यक्ष श्री सरोजकुमार पाण्डेज्युबाट अतिथि लगाएत संघमा रहेर सहयोग पुर्‍याउने सबैलाई बितरण भएको थियो ।...