Sunday, May 5
Shadow

सभामुखले राखेको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल र शेर बहादुर देउवा अनुपस्थित


  • -इ
  • इ+

काठमाडौं । सभामुख देवराज घिमिरेले एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवासमा बोलाएको शीर्ष नेताको बैठक स्थगित भएको छ । आज बिहान ९ बजेका लागि बोलाइएको बैठक प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा अनुपस्थित भएपछि स्थगित भएको हो ।
बैठकका लागि एमाले सचेतक महेश बर्तौला र पूर्वमहान्यायाधिवक्ता रमेश बडाल भने बालकोट पुगेका थिए । प्रधानमन्त्रीले बैठक नबस्ने जानकारी ९ः१५ तिरमात्रै गराएको बर्तौलाले जानकारी दिए ।

संसद्मा विचाराधीन महत्वपूर्ण विधेयक, संयुक्त समिति निर्माणलगायत विषयमा शीर्ष नेताहरूबीच छलफल भएर अगाडि बढ्नुपर्नेमा सत्तापक्ष नै गम्भीर नभएको बर्तौलाको आरोप छ ।
शुक्रबार बोलाइएको बैठक पनि स्थगित भएको थियो । सभामुखका प्रेस सल्लाहकार शेखर अधिकारीका अनुसार प्रचण्ड र देउवाले दुई दिनपछि बस्ने गरी स्थगित गर्न आग्रह गरेका थिए ।
१ गतेको बैठक केपी शर्मा ओलीज्यूको स्वास्थ्यका कारण स्थगित भएको थियो । त्यसपछि सभामुखज्यूले बालकोटमा नै बसौँ भन्नुभएको थियो । र, प्रधानमन्त्रीको स्वीकृति पनि थियो,” उनले भने, “आज सभामुखज्यू पुग्नुभयो । तर, प्रधामन्त्रीज्यू र शेरबहादुर देउवाज्यूले आज नभ्याउने भइयो, दुई दिनपछि सानुपर्यो भनेपछि बैठक स्थगित भयो ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares