Friday, April 26
Shadow

राष्ट्रिय भन्सार एजेन्ट परिषद् नेपालले अर्थमन्त्री डा. प्रकाशसरण महतलाई बुझायो १४ बुँदे ज्ञापन पत्र


  • -इ
  • इ+

राष्ट्रिय भन्सार एजेन्ट परिषद् नेपालले अर्थमन्त्री डा. प्रकाशसरण महतलाई १४ बुँदे ज्ञापन पत्र बुझाएको छ। बुधवार अर्थ मन्त्रालयमा नै पुगेर भन्सार एजेन्टको टोलीले सो ज्ञापन पत्र बुझाएको हो। भन्सार प्रशासनमा लक्ष्य अनुरूप राजश्व सङ्कलन नहुनुको कारण र सोको समाधानका सुझाव सहित ज्ञापन पत्र बुझाएको परिषद्ले जनाएको छ। उनीहरूले भन्सार एजेन्टले भोगिरहेका समस्या बारे पनि अर्थमन्त्रीलाई जानकारी गराएका छन्।ज्ञापन पत्र  बुझाउँदै राष्ट्रिय भन्सार एजेन्ट परिषद् नेपालका अध्यक्ष भोलानाथ अर्यालले आर्थिक वर्ष सुरु भएको ९ महिनाको अवधिमा लक्ष्य अनुरूप राजस्व सङ्कलन हुन नसकिरहेको अवस्थामा अब बाकी अवधिमा सो राजश्व कसरी उठाउन सकिन्छ भन्नेबारे अर्थमन्त्रीलाई सुझाव दिएका थिए।  भन्सारमा आवश्यक रहेको नीतिगत सुधारको विषयमा अर्थमन्त्रीसँग छलफल भएको अर्यालले बताए। ‘
राष्ट्रिय भन्सार एजेन्ट परिषदका महासचिव समिर विष्टले अर्थमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै भन्सार जाँचपासमा पारदर्शिता, इमान्दारिता र वैधताको लागि मौजुदा भन्सार ऐन २०६४ र भन्सार नियमावली २०६४ मा व्यापक सुधार गर्नुपर्ने बताएका छन् ।उनले भन्सार क्षेत्रमा देखिएका बेथिती र चुहावट नियन्त्रणका लागि कानुन संशोधन गर्नुपर्ने धारणा राखे । परिषदले भन्सार ऐन र नियमावलीको संशोधन गर्नुपर्ने बुँदासहित अर्थमन्त्रीलाई ज्ञापनपत्र बुझाएका हुन् ।
उक्त मागहरु पूरा नभए देशैभरिका भन्सार कार्यालयहरुवाट संघर्षका कार्यक्रमहरु शुरुवात गर्ने बताउनु भयाे।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares