तारकेश्वर नगरपालिकाको ५ नम्बर वडाको नागार्जुन माबिको प्रांगणमा ५ नम्बर वडा कार्यालयले सार्वजनिक सुनुवाइको कार्यक्रम आयोजना गर्यो । बुलन्द आवाजका संचालक राजन नेपालले जनताको प्रस्न , सुझाव लाई सहजीकरण गरेका थिए भने कार्यक्रमको अध्यक्षता वडा अध्यक्ष शम्भु फुयालले गर्नुभएको थियो ।अतिथिहरुमा वडा सदस्य जयराम अर्याल ,सावित्री गुइदेल,रामकुमारी दाहाल ,अनन्तमणि आचार्य वडा सचिव संगिता शर्मा ,स्वस्थ्य प्रतिनिधि सुनिल फुयाल हुनुहुन्थ्यो ।
उक्त कार्यक्रममा वडाका बासिन्दा ले खानेपानीको समस्या , सडकको समस्या ,सडक बत्ति को समस्या , स्वास्थमा थप सेवाका लागि प्रविधि ,पर्यावरणको रक्षा , सार्वजनिक जग्गा र सरकारी जग्गाको संरक्षण , शिक्षण संस्थाको समस्या , ढलको समस्या लगायत बिषयमा सुझाव /गुनासो हरु आएका थिए ।
वडा सचिब , नगरपालिका को सामाजिक बिकास संयोजक-परशुराम अर्याल , वडा सदस्यहरुले र परशुराम अर्याल र वडा अध्यक्ष शम्भु फुयालले गुनासोको सम्बोधन गर्नुभएको थियो ।
![](https://interviewnepal.com/wp-content/uploads/2023/04/20230413_144113-scaled.jpg)
कार्यक्रमको समापन गर्नु अघि कार्यक्रमका अध्यक्ष वडा अध्यक्ष शम्भु फुयालले भन्नुभयो तपाइहरुको सुझावलाई शिरोधार्य गर्दै म वडाको बिकास र वडाबासिको सेवामा निरन्तर जुट्नेछु भन्ने भनाइ सहित उठेका गुनासोको सम्बोधन गर्दै कार्यक्रमको अन्त्य गर्नुभयो ।