Thursday, May 7
Shadow

Author: Interview Nepal

साँचो प्रेम पाउन अपनाउनुहोस यी १० उपाय

साँचो प्रेम पाउन अपनाउनुहोस यी १० उपाय

जिवनसैली, टिप्स
काठमाण्डौँ, मंसिर २३ के तपाईले अझैसम्म आफ्नो साँचो प्रेम वा पार्टनर पाउनु भएको छैन ? तपाईं अझै आफ्नो प्रेम जोडीको खोजीमा हुनुहुन्छ ? यदि हो भने तपाईंको खोजी सकियो । ज्योतिषशास्त्र अनुसार सच्चा प्रेमको खोजीमा रहेका ब्यक्तिले आफ्नो जोडी भेटिरहेका छैनन् भने केवल केही उपाय अपनाउँदा उनीहरुले खोजी अनुसारको प्रेमी पाउनेछन् । ज्योतिष विज्ञानमा साँचो प्रेम पाउन केही सजिला उपायहरु सुझाइएको छ । ज्योतिषशास्त्र अनुसार शुक्र ग्रहलाई प्रेम, रोमान्स र कामवासनाको कारक मानिन्छ । यदि कुण्डलीमा यो ग्रह मजबूत स्थितिमा रहेमा व्यक्तिको प्रेम जीवन सुखद् रहन्छ । तर यदि कुण्डलीमा शुक्र ग्रह कमजोर रहेमा प्रेम जीवनमा समस्या आउने गर्दछ । यस अलावा कुण्डलीको पाचौं भाव प्रेम र रोमान्सको विषय मानिन्छ । यदि कुण्डलीम यो भाव कमजोर रहेमा समेत ब्यक्तिले साँचो प्रेम पाउन सक्दैनन् । यस्तोमा साँचो प्रेम पाउने केही उप...
नेपालमा थप १३८२ जनामा कोरोना भाइरसको संक्रमण

नेपालमा थप १३८२ जनामा कोरोना भाइरसको संक्रमण

ब्यानर समाचार 2, समाचार, स्वास्थ्य
काठमाण्डौँ, मंसिर २३ पछिल्लो २४ घण्टामा नेपालमा थप १ हजार ३८२ जना कोरोना संक्रमित भेटिएका छन्। योसँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ४३ हजार ३७७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ। सोमबार थप २३ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ६ सय ३७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकमा उल्लेख छ। पछिल्लो २४ घण्टामा ८ हजार ९४७ जनाको पिसिआर परीक्षण भएको छ। नेपालमा हालसम्म १७ लाख ९९ हजार ६८६ जनाको पिसिआर परीक्षण भएको छ। हाल क्वारेन्टाइनमा ५२३ रहेको मन्त्रालयले जनाएको छ। नेपालमा हालसम्म कुल संक्रमितमध्ये १२ हजार ६८६ जना सक्रिय संक्रमित छन्। आज १६२१ जना कोरोना संक्रमणमुक्त भएका छन्। योसँगै निको हुनेको संख्या २ लाख २९ हजार ५४ पुगेको छ।...
दाँतमा आउने समस्याको घरमै उपचार, हेर्नुहोस यस्ता छन् उपाय

दाँतमा आउने समस्याको घरमै उपचार, हेर्नुहोस यस्ता छन् उपाय

जिवनसैली, टिप्स, स्वास्थ्य
काठमाडौ,मंसिर २३ दाँतले खाना चपाउने मात्र होइन अनुहारको सुन्दरता सहित ब्यक्तित्वमा समेत महत्व राख्दछ । दाँत सडे, खाल्डो परे घरेलु विधि अपनाएर यस समस्याबाट मुक्त हुन सकिन्छ । १. दाँत सम्बन्धि कुनै पनि समस्यामा ल्वाङ प्रभावकारी मानिन्छ । यसले दाँतको दुखाई कम गर्नुका साथै दाँतमा क्याभिटी फैलिन दिदैन । यसकालागी एक चौथाई तिलको तेलमा २/३ थोपा ल्वाङ्गको तेल मिसाएर राती सुत्नु अगाडी दाँतमा लगाएमा दाँतलाई आराम दिलाउँछ । २. नुनको प्रयोगले दाँतको दुखाई तथा दाँत सुन्निने समस्या कम गर्दछ । साथै कुनैसंक्रमण तथा मुखमा व्याक्टेरियाको वृद्धि हुनबाट रोक्छ । यसकालागी एक चम्चा नुनलाई तातो पानीमा मिसाएर कुल्ला गर्नुपर्छ ।३. एन्टी व्याक्टेरियलको साथ एन्टीबायोटिक गुणका कारण लसुनको प्रयोग क्याभिटीमा प्रभावकारी मानिन्छ । लसुनले दाँत टुक्रने तथा क्याभिटीको समस्या कम गर्न मद्दत गर्नुका साथै दाँतको दुखाईबा...
सर्वदलीय बैठक : राजावादीविरुद्ध एकजुट हुन सबै दलहरुलाई प्रधानमन्त्रीकाे आह्वान

सर्वदलीय बैठक : राजावादीविरुद्ध एकजुट हुन सबै दलहरुलाई प्रधानमन्त्रीकाे आह्वान

ब्यानर समाचार, राजनिती, समाचार
काठमाण्डौँ, मंसिर २३ प्रधानमन्त्री केपी शर्मा ओलीले राजावादीविरुद्ध एकजुट भएर लाग्न सबै दलहरुलाई आह्वान गरेका छन् । आज (मंगलबार) बालुवाटारमा बसेको सर्वदलीय बैठकमा प्रधानमन्त्री ओलीले उपस्थित दलका प्रतिनिधिलाई सो आह्वान गरेका हुन् । बैठकमा उनले भनेका छन्– ‘संविधान विरोधी र हिंसात्मक गतिविधिहरूको विरोधमा एकजुट होऔँ ।’ पछिल्लाे समय देशभर पूर्व राजा ज्ञानेन्द्रकाे समर्थनमा प्रदर्शन हुँदै आएको थियो । संघीयता तथा गणतन्त्र पक्षधर एकजुट हुनुपर्छ भन्ने कुराहरू आएका थिए । राजसंस्था स्थापना हुनुपर्छ भन्दै प्रदर्शन भइरहँदा प्रधानमन्त्रीले सर्वदलीय बैठक डाकेका हुन् । बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा, नेपाल कम्यनिस्ट पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, पूर्व प्रधानमन्त्रीहरु लगायतका नेताहरु सहभागी थिए । बैठकमा सभापति देउवाले जनअपेक्षा अनुसा...
सगरमाथाको नयाँ उचाई ८८४८.८६ मिटर, ८६ सेन्टिमिटर बढ्यो

सगरमाथाको नयाँ उचाई ८८४८.८६ मिटर, ८६ सेन्टिमिटर बढ्यो

ब्यानर समाचार, समाचार
काठमाण्डौँ, मंसिर २३ विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाइ ८६ सेन्टिमिटर बढेको छ । सगरमाथाको नयाँ उचाइ नेपाल र चीनले एकैपटक मंगलबार सार्वजनिक गरेको हो । अब सगरमाथाको उचाइ ८८४८.८६ मिटर पुगेको नापी विभागमा आयोजित पत्रकार सम्मेलनमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले घोषणा गरे । उचाइ मापन भने नेपाल र चीनले छुट्टाछुट्टै गरेको थियो । फिल्ड सर्वेक्षणबाट प्राप्त तथ्यांक नापी विभागले प्रशोधन गरेको हो । चीनका समकक्षी प्राविधिक तथा निर्देशक समिति तहमा छलफल गरेको विभागले जनाएको छ । १० मंसिरमा बसेको मन्त्रिपरिषद् बैठकले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई उचाइ सार्वजनिक गर्न स्वीकृति दिएको थियो । चीनसँग समन्वय भने परराष्ट्रय मन्त्रालयले गरेको हो । यसअघिको उचाइ ८८४८ मिटर सन् १९५४ सर्वे अफ इन्डियाले नापेको हो । सगरमाथाको उचाइबारे विवाद देखिएपछि सन् २०१० मा नेपाल र चीनबीच ८...
इटालीमा श्रीमतीसँग झगडा भएपछि ४ सय ५० किलोमिटर हिँडे श्रीमान

इटालीमा श्रीमतीसँग झगडा भएपछि ४ सय ५० किलोमिटर हिँडे श्रीमान

अचम्मका कुरा, अन्तर्राष्ट्रिय, जिवनसैली, समाज
काठमाडौ, मंसिर २३ श्रीमतीसँग झगडा परेपछि इटालीका एक पुरूष ४ सय ५० किलोमिटर हिँडेका छन्।श्रीमतीसँग झगडा परेपछि एक हप्ताअघि रिसाएर घरबाट निस्किएका ती पुरूषले ४ सय ५० किलोमिटर हिँडेको बिबिसीले जनाएको छ। सो खबर बाहिरिएपछि इटालियनहरूले उनलाई ‘फोरेस्ट गम्प’को उपनाम समेत दिएका छन्। सन् १९९४ को सिनेमा फरेस्ट गम्पमा हलिउडका कलाकार टम ह्याङ्क्स हजारौं किलोमिटर हिँडेका थिए। इटालीको कोमोबाट हिँडेको एक हप्तापछि उनलाई एड्रियाटिक कोस्टको फानोमा बिहान २ बजे प्रहरीले रोकेको थियोउनलाई कोरोना भाइरसको महामारी नियन्त्रण गर्न लगाइएका कर्फ्युको उल्लंघन गरेको भन्दै प्रहरीले रोकेको हो। ४८ वर्षीय ती पुरूषलाई प्रहरीले ४ सय ८५ डलर जरिवाना समेत तिराएको छ। प्रहरीले सुरूमा उनी ४ सय ५० किलोमिटर हिँडेको कुरा विश्वास गरेका थिएनन्। तर एक हप्ताअघि आफ्ना श्रीमान हराएको भन्दै उनकी श्रीमतीले कोमोमा उजुरी दिएकी थिइ...
जर्जिया राज्यमा तेस्रो पटक भएको मतगणनामा पनि जो बाइडेन विजयी

जर्जिया राज्यमा तेस्रो पटक भएको मतगणनामा पनि जो बाइडेन विजयी

अन्तर्राष्ट्रिय, ब्यानर समाचार 2, राजनिती, समाचार
काठमाडौ,मंसिर २३ अमेरिकाको जर्जिया राज्यमा तेस्रो पटक भएको मतगणनामा पनि जो बाइडेन विजयी हुनुभएको छ । गएको नोभेम्बर ३ मा भएको चुनावमा धाँधली भएको आफूबाट नतिजा खोसिएको आरोप बिना प्रमाण लगाउँदै आएका राष्ट्रपति डोनाल्ड ट्रम्पको आग्रहमा जर्जियामा तेस्रोपटकसम्म मतगणना हुँदा बाइडेन नै विजयी घोषित हुनुभएको हो । सुरुका दुई चरण जस्तै तेस्रो चरणको मत गणनामा पनि ट्रम्प बाइडेन भन्दा पछाडी पर्नुभएको छ । रिपब्लिकनहरुको पकड रहँदै आएको राज्य जर्जियामा बाइडेनले ट्रम्पलाई १२ हजार मतले पछि पार्नुभएको हो । रिपब्लिकन ब्राडले राष्ट्रपति ट्रम्प र उनको टिमबाट लगातार बिना प्रमाण आधारहिन चुनावी धाँधलीको आरोप लगाइरहँदा त्यसले राज्यलाई असर गरिरहेको समेत बताइएको छ । यता ट्रम्पले भने अझै पनि बिना प्रमाण धाँधलीको आरोप लगाउँदै हार स्वीकार गरिसक्नुभएको छैन । राष्ट्रपतिमा निर्वाचित बाइडेनले आउँदो जनवरी २० मा अमे...
दुई वर्षपछि मैदानमा आमने–सामने हुँदै मेस्सी र रोनाल्डो

दुई वर्षपछि मैदानमा आमने–सामने हुँदै मेस्सी र रोनाल्डो

अन्तर्राष्ट्रिय, खेलकुद, समाचार
काठमाडौ, मंसिर २३ विश्वका दुई फुटबल स्टार लियोनल मेस्सी र क्रिस्टियानो रोनाल्डो मंगलबार राति आमने–सामने हुँदै छन्।बेग्र प्रतिक्षापछि दुई वर्षमा पहिलोपटक यी दुई स्टारलाई एकै मैदानमा हेर्न पाइने भएको हो। च्याम्पियन्स लिगको समूह जीको अन्तिम ग्रुप स्टेज खेलमा बार्सिलोना र युभेन्ट्सबीच आज राति प्रतिस्पर्धा हुन लागेको हो।खेल नेपाली समयअनुसार आजराति १ बजेर ४५ मिनेटमा बार्साको घरेलु मैदान क्याम्प नाउँमा सुरुवात हुनेछ। बार्साको तर्फबाट मेस्सी र युभेन्ट्सको तर्फबाट रोनाल्डोलाई फुटबल मैदानमा लोमो समयपछि आज देख्न पाइनेछ।समूह जीको अंक तालिका अनुसार बार्सिलोनाले ५ खेलबाट १५ अंक जोडेको छ भने युभेन्ट्सले समान खेलमा १२ अंक बनाएको छ। डाइनामो किभ र फेरेन्कभारोसको समान एक–एक अंक छ। अन्तिम खेल मात्र बाँकी भएकाले अब बार्सा र युभेनट्स प्रि–क्वार्टर फाइनलमा प्रवेश गर्नेछन्।सन् २०१८ मा रोनाल्डो य...
प्रयोगशाला सञ्चालनपछि विषादीको प्रयोगमा कमी

प्रयोगशाला सञ्चालनपछि विषादीको प्रयोगमा कमी

कृर्षि
चितवनमा विषादी परीक्षण प्रयोगशाला सञ्चालनमा आएपछि फलफूल तथा तरकारीमा विषादीको प्रयोगमा कमी आउन थालेको छ । किसान र उपभोक्ता विषादी प्रयोग बारे सचेत हुदै गएकाले विषादी प्रयोगको मात्रामा कमी आएको हो । भरतपुर महानगरपालिका–२ क्षेत्रपुरमा रहेको महानगर फलफूल तथा तरकारी बजारमा बिक्रीका लागि ल्याइएका तरकारी र फलफूलमा रहेको विषादीको नियमित परीक्षण गर्ने गरिएको छ । शुरुको तुलनामा आजभोलि चितवनको फलफूल तथा तरकारी खान योग्य बन्दै गएको छ । भरतपुरको बजारमा आउने तरकारीमा ३५ प्रतिशतभन्दा बढी विषादी नपाइएकाले खानयोग्य रहेको छ । प्रदेश सरकार, भरतपुर महानगरपालिका, कृषि ज्ञान केन्द्र र महानगर फलफूल तथा तरकारी बजारको संयुक्त पहलमा झण्डै एक वर्ष अगाडिदेखि प्रयोगशाला सञ्चालनमा ल्याइएको थियो । प्रयोगशालाले बजारमा आएका तरकारी र फलफूलका दैनिक फरक–फरक ठाउँबाट पाँचवटा नमूना लिएर परीक्षण गरिरहेको छ ।  ...
मह उत्पादनमा  कमी, मूल्य वृद्धि

मह उत्पादनमा कमी, मूल्य वृद्धि

आर्थिक, कृर्षि, समाचार, स्थानिय तह
काठमाण्डौँ, मंसिर २३ दाङ जिल्लामा मह उत्पादनमा गत वर्षको भन्दा कमी आएको छ भने मूल्यमा वृद्धि भएको छ । गत वर्ष हाल सम्म करिव ३ – ४ पटकसम्म मह काडेका कृषकहरुले यस वर्ष २ पटक पनि मह काड्न नपाएकोमा चिन्तित बनेका छन् । यस वर्ष पानी नपरेपछि तोरी पनि छिटो सुकेको र चिउरीको फूलमा पनि किरा देखा परेको कारण मह उत्पादनमा कमी भएको कृषकहरुको भनाइ छ । उत्पादन लिन नसकिने भएपछि अहिले जिल्लामा रहेका माहुरी कृषकहरुले चरणका लागि बाहिरी जिल्लामा लैजान थालेका छन् । जिल्लाबाट कैलाली, बर्दिया, कपिलवस्तु लगायतका स्थानमा माहुरी चराउनको लागि लगिएको छ । यता कृषि ज्ञान केन्द्रले जिल्लामा समग्र रुपमा मह उत्पादनमा कमी नहुने जनाएको छ । यस बर्ष हालसम्म जिल्लामा करिव साढे ३ सय मेट्रिक टन मह उत्पादन भएको छ । भने यस वर्ष ६ सय मेट्रिक टन उत्पादन हुने लक्ष्य रहेको छ । गत वर्ष जिल्लामा साढे ४ सय मेट्रिक टन मह उत्पादन भए...