Friday, April 26
Shadow

अन्तरविरोध थप नचर्काउन प्रचण्डलाई ओलीको आग्रह


  • -इ
  • इ+

काठमाडौं, मंसिर २५
प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीभित्र समीकरण बनाएर अन्तरविरोध थप नचर्काउन अर्का अध्यक्ष पुष्पकमल दाहालसँग आग्रह गरेका छन्। पूर्वपार्टीभित्र रहेको अन्तरविरोधमा खेलेर समीकरण बनाउने, सरकार र पार्टीलाई अप्ठ्यारो पार्ने काममा नलाग्न ओलीले दाहालसँग आग्रह गरेका हुन्।

नेकपाका यी दुई अध्यक्षबीच शक्ति संर्घष चर्किरहेका बेला बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा झन्डै डेढ घण्टा छलफल भएको थियो। यी दुई नेताबीच कात्तिक २५ यता खास छलफल भएको थिएन। यसअघि मंसिर २० मा बल्ल आधा घण्टा संवाद भएको थियो।

ओलीले बुधबारको भेटमा दुई नेता मिलेर पार्टी एकताको हिम्मतिलो निर्णय लिएको स्मरण गराए। उनले दुई नेताले महाधिवेशनसम्म सहमतिका साथ नै अगाडि बढ्नुपर्ने धारणा व्यक्त गरे। पार्टी बैठकको एजेन्डा दुई अध्यक्षको सहमतिमा तय गर्ने, त्यसलाई महासचिवले कार्यसूचीमा राख्ने र छलफल गर्ने, सहमति नभएको विषयलाई अझ छलफल गरेर फेरि सहमति खोज्ने गरी जानुपर्ने अन्तरिम विधानको बाटोबाट अगाडि बढ्नुपर्ने उनको भनाइ थियो।

उनले अहिले बहुमत र अल्पमतलाई ठाउँ दिएर जान नसकिने र त्यसरी गरिने निर्णय आफूलाई मान्य नहुने अडान लिएका थिए। पार्टीमा समीकरण बनाएर एउटा नेताविरुद्ध अर्को लाग्ने गर्नाले समस्या आएको ओलीको भनाइ थियो। उनले वरिष्ठ नेता माधवकुमार नेपालसँग समीकरण बनाएर नहिँड्न दाहालसँग आग्रहसमेत गरेको स्रोतको भनाइ रहेको आजको अन्नपूर्ण पोस्ट् दैनिकमा खवर छ

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares