Thursday, April 25
Shadow

घट्यो सुनचाँदीको मुल्य, प्रतितोला कति ?


  • -इ
  • इ+

काठमाडौ, मंसिर २५
बहुमुल्य पहेँलो धातु सुनको मूल्य बिहिबािर तोलामा ९ सय रुपैयाँले घटेको छ।

स्थानीय बजारमा आज  छापावाला सुनको मूल्य प्रतितोला ९२ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनााएको छ। बुधबार छापावाला सुन प्रतितोला ९३ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो।

यस्तै तेजाबी सुनसमेत प्रतितोला ९ सय रुपैयाँले ओरालो लागेको छ। बुधबार प्रतितोला ९२ हजार ९५० रुपैयाँमा कारोबार भएको तेजाबी सुन आज भने प्रतितोला ९२ हजार ५० रुपैयाँमा कारोबार गर्ने गरी मूल्य निर्धारण गरिएको छ।

यस्तै चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँले घटेको छ। बुधबार प्रतितोला एक हजार २१५ रुपैयाँमा कारोबार भएको चाँदी आजका लागि भने प्रतितोला एक हजार २ सय रुपैयाँमा कारोबार गर्ने गरी मूल्य निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares