Thursday, May 7
Shadow

Author: Interview Nepal

स्नातकका विद्यार्थीलाई निःशुल्क डेटा दिँदै सरकार, फाराम भर्ने म्याद एक हप्ता

स्नातकका विद्यार्थीलाई निःशुल्क डेटा दिँदै सरकार, फाराम भर्ने म्याद एक हप्ता

टिप्स, मुख्य समाचार, सुचना प्रविधि
काठमाण्डौँ, मंसिर २४ सरकारले स्नातक तहमा अध्ययनरत विद्यार्थीलाई निःशुल्क मोबाइल डेटा वितरण गर्दैछ । कोभिड १९ को महामारीको समयमा उच्च शिक्षा अध्ययनरत विपन्न वर्गका विद्यार्थीलाई निःशुल्क मोबाइल डेटा उपलब्ध गराउन लागिएको हो । समतामूलक पहुँच सम्बन्धमा उत्पन्न समस्या न्यूनीकरण गर्न हाल नियमित रुपमा स्नातक तहमा अध्ययन गरिरहेका विपन्न वर्गका विद्यार्थी यस्तो सुविधा उपलब्ध गराइनेछ । उनीहरुको सिकाइमा सहयोग पर्‍याउने उद्देश्यका साथ यो कार्यक्रम अगाडि बढाइएको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले जनाएको छ । यसका लागि केन्द्रको विद्यार्थी वित्तीय सहयोग कार्यक्रमको वेबसाइटमा गएर ३० गतेसम्म अनलाइन फाराम भरिसक्नुपर्नेछ । निर्धारित अवधिभित्र अनलाइन फाराम भर्ने विद्यार्थीका क्याम्पसहरुको अनलाइन फाराम समेत अनिवार्य रुपमा रुजु गर्नुपर्ने भन्दै केन्द्रले क्याम्पसहरुलाई युजर र पासवर्डका लागि क्याम...
कतारले दियो परराष्ट्र मन्त्रालयलाई तीनवटा मर्सिडिज कार

कतारले दियो परराष्ट्र मन्त्रालयलाई तीनवटा मर्सिडिज कार

अन्तर्राष्ट्रिय, आर्थिक, ब्यानर समाचार, राजनिती
काठमाण्डौँ, मंसिर २४ कतार सरकारले नेपाल सरकारलाई तीनवटा मर्सिडिज कार उपहार दिएको छ । परराष्ट्र मन्त्रालयमा बुधबार गरिएको हस्तान्तरण कार्यक्रममा नेपालका लागि कतारी राजदूत युसुफ विन मोहम्मद अल हैलले कतार सरकारका तर्फबाट परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौड्याललाई साँचो र कार हस्तान्तरण गरेका हुन् । उपहार ग्रहण गर्दै परराष्ट्र सचिव पौड्यालले कतार सरकारलाई धेरै धन्यवाद व्यक्त गरे । कारको साँचो लिँदै उनले भने- ‘कार उपहार प्राप्त भएकोमा मात्र होइन, कतार सरकारले नेपालप्रति देखाएको सद्भाव र निरन्तर सहयोगको लागि सम्पूर्ण नेपालीको तर्फबाट हार्दिक आभार व्यक्त गर्न चाहन्छु ।’ यसअघि मन्त्रिपरिषद बैठकले कतारले दिने कार ग्रहण गर्ने निर्णय गरेको थियो ।...
सर्पको टाउको अलग गरेर फ्याँक्न जाँदा त्यहि टाउकोले टोकेर हस्पिटल भर्ना

सर्पको टाउको अलग गरेर फ्याँक्न जाँदा त्यहि टाउकोले टोकेर हस्पिटल भर्ना

अचम्मका कुरा, अन्तर्राष्ट्रिय, जिवनसैली, स्वास्थ्य
काठमाडौ, मंसिर २४ अमेरिकाको टेक्ससमा एउटा अचम्मको घटना सार्वजनिक भएको छ । यहाँका एक व्यक्तिलाई सर्पको काटिएको टाउकोले डसेको छ । सर्पको विषको असरलाई कम गर्नका लागि ती व्यक्तिलाई औषधीको २६ डोज दिनुपर्यो । जेनिफर सटक्लिफले स्थानीय मिडियालाई दिएको जानकारी अनुसार उनका श्रीमान् बगैंचामा काम गरिरहेका थिए, त्यति नै बेला उनले चार फुट लामो विषालु सर्प देखे । अप्रिय घटना हुनसक्ने भन्दै उनले सर्पको टाउको काटिदिए । जब उनी मरेको सर्पलाई फ्याँक्न गइरहेका थिए तब सर्पको काटेको टाउकोले उनलाई डस्यो । सर्प मरेको थुप्रै घण्टासम्म पनि त्यसको टाउको जिउँदो रहन सक्छ र यसले डस्न सक्छ । जेनिफरले सर्पले डसेलगत्तै उनका श्रीमानको शरिरमा विष फैलिएको बताइन् । त्यसपछि उनलाई कोपर्स क्रिप्टिस्थित उनको घरबाट विमानमा राखेर अस्पताल पुर्याइयो ।...
रंगशाला निर्माणको सहयोगका लागि ‘स्टार’ क्रिकेट प्रतियोगिता  हुदै

रंगशाला निर्माणको सहयोगका लागि ‘स्टार’ क्रिकेट प्रतियोगिता हुदै

खेलकुद, ब्यानर समाचार 2
  काठमाडौ, मंसिर २४ चितवनमा निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणमा सहयोग पुर्याउने उद्देश्यले ‘स्टार क्रिकेट २०२१’ प्रतियोगिता आयोजना हुने भएको छ ।  धुर्मुस सुन्तली फाउन्डेसन र भरतपुर महानगरपालिकाको सहकार्य आयोजना हुन लागेको च्यारिटी खेलमा नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडी र चर्चित कलाकारको सहभागिता जनाउने छन् । ‘निर्माणका लागि खेलौँ’ भन्ने नाराका साथ माघको अन्तिम साता राष्ट्रिय क्रिकेट खेलाडी पूर्वकप्तान पारस खड्कालगायतका खेलाडीले सहभागिता जनाउनेछन् । त्यस्तै प्रमोद खरेल, सन्दीप क्षेत्रीलगायतका स्टार कलाकारले पनि सहभागिता जनाउनेछन् ।  खेलाडी र कलाकारबीच मैत्रीपूर्ण खेल हुने भएको हो । खेल आउँदो माघ २४ गते आयोजना गरिने बताइएको छ । खेलको आयोजनाको जिम्मेवारी गृष्मा ब्रोडकास्टिङले लिएको छ ।...
नौ महिना पछि मनकामना मन्दिर भक्तजनको लागि  खुल्ला  गरिदै

नौ महिना पछि मनकामना मन्दिर भक्तजनको लागि खुल्ला गरिदै

जिवनसैली, समाज
काठमाडौं, मंसिर २४ गोरखास्थित प्रसिद्ध धार्मिक स्थल मनकामना मन्दिर आइतबारदेखि खुल्ने भएको छ। कोरोना महामारीको कारण गत चैतदेखि बन्द रहेको मन्दिर मंसिर २८ गतेदेखि सुरक्षा मापदण्ड पालना गरी खुल्ला गर्न लागिएको हो। यसअघि मन्दिरमा दैनिक पूजारीले पुजाआजा गर्दै आएपनि भक्क्तजनलाई भने रोक लगाइएको थियो।...
दोस्रो पटक पार्टी एकता गर्दै साझा र विवेकशील, विगतको कमजोरी सच्याउने सहमति

दोस्रो पटक पार्टी एकता गर्दै साझा र विवेकशील, विगतको कमजोरी सच्याउने सहमति

ब्यानर समाचार, राजनिती, समाचार
काठमाण्डौँ, मंसिर २४ विवेकशील नेपाली दल र साझा पार्टीबीच फेरि पार्टी एकता हुने भएको छ । आज दिउँसो ३ बजे एक कार्यक्रमकाबीच पार्टी एकता घोषणा हुनेछ । सचिवालयमा २६ र केन्द्रीय समितिमा १३० सदस्य रहनेगरी दुईदलबीच एकीकरण हुने भएको हो । एकता भएको २३ महिनापछि फेरि जोडिन लागेका यी दुई दलले विगतमा भएको विभाजनको कमजोरीलाई सच्याउने र नेपाली नागरिकसँग क्षमायाचना गर्ने प्रयत्न गर्नेगरी एकतामा जुटेको बताएका छन् । एकीकृत पार्टीमा दुवै दलबाट बराबर सहभागिता रहनेगरी व्यवस्था मिलाइएको छ । पार्टी एकताका लागि दिउँसो ३ बजे भर्चुअलमाध्यमबाट एकीकरण घोषणा हुने साझा पार्टीका संयोजक रविन्द्र मिश्रले जानकारी दिएका छन् । यसअघि पार्टी एकीकरणको १६ महिनापछि गत २७ पुस २०७५ मा विवेकशील र साझा पार्टी फुटेको थियो । यी दुई पार्टीबीच एकता भएपछि पार्टीको लोगो र चुनाव चिह्न यसअघिको एकीकृत पार्टीमा झैँ तराजु नै हुने...
नागरिक उड्डयन प्राधिकरणले गर्यो आठ पारा पाइलटलाई कारवाही

नागरिक उड्डयन प्राधिकरणले गर्यो आठ पारा पाइलटलाई कारवाही

जिवनसैली, समाचार, समाज
काठमाडौ, मंसिर २४ पाराग्लाइडिङ उडानमा लापरवाही गरेको भन्दै नागरिक उड्डयन प्राधिकरण (क्यान) ले आठ जना पारा पाइलटलाई कारवाही गरेको छ ।क्यानले उनीहरुलाई अनिश्चितकालका लागि उडानमा निषेध गर्दै तीन दिनभित्र काठमाडौंमा उपस्थित हुन पत्राचार समेत गरेको छ । ती पाइटलहरुले उडानको समयमा निषेध गरिएका क्रियाकलाप गरेको भन्दै क्यानले स्पष्टीकरणको लागि बोलाएको हो ।दुई साताअघि पोखरामा पाराग्लाइडिङ उडानकोक्रममा दुर्घटनामा परि पाइलट राजु विकको मृत्यु भएपछि विभिन्न तीनवटा समितिले छानबिन र अनुसन्धान गरिरहेका छन् । प्रारम्भिक अनुसन्धानमा फूल टिपेर यात्रुलाई दिने क्रममा दुर्घटना भएको भनिएको छ । तर, कुनै पनि समितिले प्रतिवेदन बुझाइसकेका छैनन् ।उक्त दुर्घटनापछि नै क्यानले सोही गतिविधि दोहो¥याएको भन्दै आठ जना पाइलटलाई एकैपटक उडान निषेध गरि अनुसन्धानमा बोलाएको हो । अनुसन्धानमा बोलाइएका आठ पाइलटमध्ये एकजन...
मंसिर २९ गते काँग्रेसले धादिङबेसीमा सरकार विरुद्ध प्रदर्शन गर्ने

मंसिर २९ गते काँग्रेसले धादिङबेसीमा सरकार विरुद्ध प्रदर्शन गर्ने

मुख्य समाचार, राजनिती, स्थानिय तह
काठमाण्डौँ, मंसिर २४ नेपाली काँग्रेस धादिङले मंसिर २९ गते सदरमुकाम धादिङबेसीमा सरकार विरुद्ध प्रदर्शन गर्न लागेको छ । सरकारको सर्वसत्तावादी प्रवृत्ति तथा शृङ्खलाबद्ध भ्रष्टाचारका विरुद्ध जन आवाज बुलन्द गरौं, भन्ने मुल नाराको साथ वर्तमान कम्युनिष्ट सरकारको विभेद, पक्षपात र सर्वसत्तावादी प्रवृत्ति को विरुद्ध प्रदर्शन हुने नेपाली काँग्रेस धादिङका सभापति रमेश धमलाले बताए । सभापति धमलाका अनुसार तथा कोभिड १९ को नियन्त्रण र उपचारमा सरकारले देखाएको उदासीनता, भ्रष्टाचार, बेथिति र दमनकारी व्यवहारका विरुद्ध र संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाको लागि नेपाली कांग्रेसले उक्त दिन देशभर प्रदर्शन गर्ने छ । उनले उक्त प्रदर्शनमा भ्रातृ तथा शुभेच्छुक संस्थाका नेता कार्यकर्ता साथीहरू, बुद्धिजीवी, संचारकर्मी, किसान, मजदुर, पेशाकर्मी, उद्योगी, व्यवसायी, युवा, विद्यार्थी सबैलाई सहभागिताका लागि ने अप...
लोक सेवाले माग्यो विभिन्न सेवाका लागि ३६० जना अधिकृत

लोक सेवाले माग्यो विभिन्न सेवाका लागि ३६० जना अधिकृत

आर्थिक, टिप्स, ब्यानर समाचार
काठमाण्डौँ, मंसिर २४ लोक सेवा आयोगले विभिन्न सेवाका लागि ३६० जना अधिकृतका लागि दरखास्त आह्वान गरेको छ। आयोगले बुधबार गोरखापत्रमार्फत सरकारका विभिन्न निकायका लागि आवश्यक पर्ने अधिकृत तहका कर्मचारीका लागि विज्ञापन खुला गरेको हो। आयोगले प्रकाशन गरेको विज्ञपान अनुसार कानुन, न्याय तथा सरकारी वकिलतर्फ खुलामा ६७, महिला १८, आदिवासी जनजाति १४, मधेसी ११, दलित ६, आपंग र पिछडिएको क्षेत्रका लागि दुई/दुई जनाका लागि विज्ञपान गरेको छ। त्यस्तै खुलातर्फ सामान्य प्रशासनमा ४४, लेखामा ३४, राजश्वमा ४१, लेखापरीक्षणमा १२ र परराष्ट्र सेवाका लागि एकजना अधिकृत मागेको छ। महिलाका लागि प्रशासनतर्फ १२, लेखामा ९, राजश्वमा ११, लेखापरीक्षणमा २ जना माग गरेको आयोगले जनाएको छ। त्यस्तै आदिवासी जनजातिका लागि सामान्य प्रशासनमा ९ जना, लेखामा ८, राजश्वमा ९ र लेखापरीक्षणमा दुईजना उम्मेद्वार माग गरेको छ। मधेसी कोटामा ...
टाइफाइड हुँदा कस्ता खानेकुरा खाने ?

टाइफाइड हुँदा कस्ता खानेकुरा खाने ?

जिवनसैली, टिप्स, स्वास्थ्य
काठमाडौ,मंसिर २३ टाइफाइड बिरामी साल्मोनेला टाइफी नामको ब्याक्टेरियाको संक्रमणबाट हुन्छ । यो बिरामी हुँदा शरीरमा रगतको कमी हुन थाल्छ । हाम्रो इम्यून सिस्टमलाई पनि कमजोर बनाउँदै कलेजोले पनि राम्रोसँग काम गर्न सक्दैन । यतिबेला उच्च ज्वरोले मानिसको पूरै शरीर तात्न थाल्छ । कैयौंपटक त डायरियाको समस्या पनि निम्तिन्छ । टाइफाइड हुँदा बिरामीलाई खास तरिकाको खानपिनमा ध्यान दिन चिकित्सक सल्लाह दिन्छन् । टाइफाइडहुँदा प्यास बढी लाग्ने हुँदा बिरामी डिहाइड्रेसनको शिकार पनि हुनसक्छ । डायरियाको समस्या पनि आउनसक्छ । यस्तो खतराबाट बच्न सबैभन्दा सरmल र उपयुक्त उपाय भनेकै तरल पदार्थ बढी प्रयोग गर्नु हो । दैनिक कम्तिमा ८ ग्लास पानी पिउनुपर्छ । नरिवलको पानी भएमा अझ बिरामीलाई टाइफाइडसँग लड्न सहयोग पुग्दछ । टाइफाडको ज्वरोबाट राहत पाउन छोगडा पनि एक उपयुक्त खाने कुरा हो । यसलाई युनानी औषधिको रुपमा पनि मा...