Thursday, April 25
Shadow

मोरङमा तीन जना कोरोना संक्रमितको मृत्यु


  • -इ
  • इ+

काठमाण्डौँ, मंसिर २५
मोरङमा कोरोना भाइरस संक्रमित तीन जना वृद्ध पुरुषको मृत्यु भएको छ। दुई जनाको उपचारका क्रममा अस्पतालमा र एक जनाको होम आइसोलेसनमा ज्यान गएको हो।

सुनसरीको रामधुनी–७ का ६३ वर्षीय वृद्ध पुरुषको बिहीबार बिहान विराटनगरको नोबेल शिक्षण अस्पतालमा मृत्यु भएको छ। अस्पतालका प्रबन्धक नारायण दाहालका अनुसार पीसीआर परीक्षण गराउँदा रिपोर्ट पोजिटिभ आएपछि उपचारका लागि वृद्धलाई २३ गते मंगलबार अस्पताल ल्याइएको थियो।

तत्काल आइसोलेसनमा राखेर उपचार थालिए पनि संक्रमितलाई बचाउन नसकिएको उनको भनाइ छ। दाहालका अनुसार वृद्ध पुरुषको उपचारका क्रममा बिहान ५ बजेतिर ज्यान गएको हो। त्यस्तै झापाको दमक–१० का ६९ वर्षीय पुरुषको विराटनगरस्थित कोसी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा बुधबार राति मृत्यु भएको छ। कोरोना पुष्टि भएपछि उनलाई उपचारका लागि राति ९ बजे अस्पताल ल्याइएको थियो।

उपचारमा संलग्न वरिष्ठ फिजिसियन डा. दीपक सिग्देलले अस्पताल ल्याएको एक घण्टा नपुग्दै राति ९:५० बजेतिर वृद्धको मृत्यु भएको जानकारी दिए। उनका अनुसार वृद्धलाई मधुमेह, उच्च रक्तपाच लगायतका स्वास्थ्य सम्बन्धी पुरानै समस्या रहेको पाइएको छ।

यसैबीच मोरङको उर्लाबारी–१ का ८४ वर्षीय पुरुषको होम आइसोलेसनमा बुधबार राति मृत्यु भएको छ। दमको समस्या बढेपछि उनलाई उपचारका लागि विराटनगरको ग्रीनक्रस अस्पतालमा मंसिर २० गते ल्याइएको थियो।

पीसीआर परीक्षण गराउँदा २२ गते रिपोर्ट पोजिटिभ आएपछि परिवारका सदस्यले घरमै राख्नलाई लिएर गएको अस्पतालले जनाएको छ। कोरोना पुष्टि भएपछि होम आइसोलेसनमा राख्न भन्दै परिवारका सदस्य र आफन्तले लिएर गएका वृद्धको राति ९ बजेतिर ज्यान गएको उर्लाबारी नगरपालिकाले जनाएको छ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares