Thursday, May 7
Shadow

Author: Interview Nepal

म राष्ट्र सेवकनै हुनेछु

म राष्ट्र सेवकनै हुनेछु

विचार, समाज
पि.एल.आशिष, नुवाकोटे सामान्य नागरिकको दैनिकीबाट राष्ट्रको सिपाहीको भुमिकामा प्रवेश गर्दैगर्दा देशमा सशस्त्र द्वन्द चरम उत्कर्षमा पुगेको थियो । २०६० साल माघ महिनाबाट मैले यो देशको सिपाही बन्ने मनसाय प्रेरित भई नेपाल प्रहरीमा आवेदन दिएँ र मेरो सौभाग्यनै भन्नु पर्छ म तत्कालीन श्री ५ को सरकारको नजरमा एउटा सिपाहीको भुमिका निर्वाह गर्न योग्य सावित भएछु । तत्कालिन परिस्थीतिमा मैले बिद्रोही पक्ष अथवा माओबादी सेनाको हतियार बोकेर सरकारी कार्यालय, कथित सामान्ती तथा तत्कालीन अवस्थाका धनीमानी वा नेपाली काँग्रेसका नेता तथा कट्टर कार्यकर्ताहरु र नेपाल प्रहरी वा शाही नेपाली सेनाका परिवार समेतको पहिचान गरी छापामारको जत्था लिएर निजहरुलाई घेराहाल्दै अमानविय तथा निर्मम तरिकाले हत्या गरेर हाम्रो युद्ध सफल होस्......, ने.क.पा.माओबादी जिन्दाबाद्....., शाही नेपाली सेना मुर्दाबाद् जस्ता नारा लगाउँदै नेपाली गाउ...
सात दशकपछि भेटियो दोश्रो विश्वयुद्धमा सेनाले लेखेको प्रेमपत्र

सात दशकपछि भेटियो दोश्रो विश्वयुद्धमा सेनाले लेखेको प्रेमपत्र

अचम्मका कुरा, अन्तरवार्ता, जिवनसैली, समाज
काठमाडौ,मंसिर २३ वर्षौंपछि, त्यस्तो प्रेम पत्र भेटिएको छ, जुन दोस्रो विश्व युद्धमा एक फ्रान्सेली सिपाही मिमिले आफ्नी प्रेमिका एम्मीका लागि लेखेका थिए । यो प्रेम पत्र सात दशकपछि बल्ल भेटिएको हो । पत्रमा आफ्नाहरुसँग अलग्गिएर बस्नु परेको पीडाको वर्णन गरिएको छ । यो पत्र दोस्रो विश्वयुद्धमा खटिएका ५० लाख युवा सैनिकहरुले पठाएका मध्येका एक हो । यद्यपी यो पत्र उनकी प्रेमिका सम्म कहिले पुग्नै सकेन । अहिले सात दशकपछि यी सैनिकका नातीले आफ्नो हजुरबुबाले आफ्नी हजुरआमालाई पठाएको प्रेम पत्र सावर्जनिक गर्दैछन् ।...
मलेखुको माछा बजारमा चहल पहल

मलेखुको माछा बजारमा चहल पहल

आर्थिक, कृर्षि, समाचार
काठमाण्डौँ, मंसिर २३ लामो समयदेखी कोरोना संक्रमणको त्रासका कारण सुनसान बनेको धादिङको मलेखुको माछा बजारमा पर्यटकीय चहल पहल बढ्न थालेको छ । राजमार्गमा सवारी साधनहरुको चापसँगै निजी सवारीका साधनहरु दैनिक जसो वृद्धि हुन थालेपछि मलेखु बजारमा आन्तरीक पर्यटकहरुको चहलपहल बढेको हो । मलेखु मात्र नभई सुनसान बनेको धादिङको अन्य बजारहरुमा पनि केही दिन यता मानिसहरुको चाप वृद्धि भएको छ । झण्डै आठ महिनापछि पृथ्वी राजमार्गमा साविकको जस्तै सवारी सञ्चालनमा आएसगै राजमार्गहरुमा रहेका व्यापार ब्यवसायहरुमा सकारात्मक असर देखा पर्न थालेको छ ।...
कृषि परियोजनाको क्षेत्रमा राष्ट्रिय सहकारी बैंकले लगानी नगर्ने

कृषि परियोजनाको क्षेत्रमा राष्ट्रिय सहकारी बैंकले लगानी नगर्ने

कृर्षि
चालू आर्थिक वर्ष ०७७र०७८ मा कृषि तथा कृषि परियोजनाको क्षेत्रमा  राष्ट्रिय सहकारी बैंकले  लगानी नगर्ने भएको छ । गत वर्ष बैंकले कूल २७ अर्ब १५ करोड २६ लाख ४७ हजार कर्जा लगानी गरेकोमा कृषि तथा कृषि परियोजनातर्फ मात्र ७ करोड ३५ लाख ४४ हजार ९ सय ९४ रुपैंया लगानी गरेको थियो । जुन कुल लगानीको शून्य दशमलव २७ प्रतिशत मात्र हो । बैंकले चालू आ.वको कर्जा सम्बन्धी विविध शीर्षकहरु मध्यबाट कृषि सम्बन्धी लगानीको शीर्षक हटाएको हो । बैंकका अनुसार आवश्यकता र लगानीका आधारमा चालू आर्थिक वर्षमा कृषि शीर्षकको लगानी हटाउनु परेको हो । सहकारी बैंक सबै सहकारीको थोक कर्जादाता भएका कारण र कृषि क्षेत्रका लागि लगानी गर्न राष्ट्र बैंकबाट पाउने सहुलियत कर्जा समेत यसपटक उपलब्ध नभएकाले सो शीर्षक नै हटाउनुपरेको राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केबी उप्रेतीले बताउनुभयो । बैंकले वस्तुको उत्पादन, प्रशोधन, भण्डारण तथा बजारी...
मोरङमा शिक्षकको गोली हानी हत्या

मोरङमा शिक्षकको गोली हानी हत्या

अपराध, जिवनसैली, समाचार, समाज
  काठमाडौ,मंसिर २३ मोरङमा एक शिक्षकको गोली हानी हत्या भएको छ । जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक लोक दर्शन थापाले  मिक्लाजुङ गाउँपालिकाका वडा नम्बर १ का शिक्षकको हत्या भएको जानकारी दिए । उनले घटनाबारे थप विवरण आउन बाँकी रहेको भन्दै प्रहरी टोली घटनास्थलमा जाँदै गरेको बताए । प्रारम्भिक जानकारी अनुसार ५४ वर्षीय शिक्षक राजेन्द्र श्रेष्ठको हत्यामा विप्लव समूहको संलग्नता आशंका गरिएको उनले बताए ।  श्रेष्ठ स्थानीय सरस्वती आधारभूत स्कुलका प्रधानाध्यापक रहेको बताइएको छ । प्रहरीका अनुसार मंगलबार बिहान साढे ५ बजेतिर उनी अपहरणमा परेको खबर प्रहरीमा पुगेको थियो  । लगत्तै उनको खोजी कार्यमा प्रहरी परिचालन भएकोमा  शव जंगलमा फेला परेको प्रहरीले जनाएको छ ।...
मेरो x को छम्मा पछि हाउडेमाया र टेक अधिकारी को नयाँ गीत “ओइ माया” डिजिटल बजारमा

मेरो x को छम्मा पछि हाउडेमाया र टेक अधिकारी को नयाँ गीत “ओइ माया” डिजिटल बजारमा

मनोरञ्जन, साहित्य/कला
नुवाकोट,मंसिर २३ पछिल्लो समयको सांगितिक बजारमा नेपाली लोक गित संगित चर्चा परिचर्चामा रहेको छ । समस्त लोक दोहोरी गित सबै दर्शक स्रोताको नजरमा लोकप्रिय भन्दै गएका छन् । नेपाली गीत संगीतको क्षेत्रमा एकपछि अर्को गर्दै निकै उत्कृष्ट गीत संगीत बजारमा आइरहेका छन् । यसै सन्दर्भमा भर्खरै मात्र चर्चाको शिखरमा पुगेको गीत मेरो x को छम्मा पछि हाउडेमायाको नयाँ गीत “ओइ माया” बजारमा आएको छ। टेक अधिकारी र सिर्जना खत्री (हाउडेमाया ) को स्वरमा रहेको नयाँ लोक दोहोरी गीत “ओइ माया” मा टेक अधिकारी को शब्द , रेशम प्रधान को संगीत र एरेन्ज रहेको छ । टेक अधिकारी को गौरवमय प्रस्तुतिमा सार्वजनिक भएको हो भने यो दोहोरी भाकालाई माला श्री रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको हो । युबराज खत्री को निर्देशन,श्याम तामाङ को छायांकन रहेको उक्त गीतको भिडियोमा आयुष्मा कार्की र सुबोध गौतम (एदुमे )को साथै राजु भुजेल ,देव ब...
बञ्चरेडाँडामा पुस पहिलो साताबाट काठमाडौँको फोहर विसर्जन गरिने

बञ्चरेडाँडामा पुस पहिलो साताबाट काठमाडौँको फोहर विसर्जन गरिने

ब्यानर समाचार, समाचार, समाज, स्थानिय तह
काठमाण्डौँ, मंसिर २३ बञ्चरेडाँडामा निर्माणाधीन दीर्घकालीन स्यानिटरी ल्याण्डफिल साइटमा पुस पहिलो साताबाट फोहर व्यवस्थापन गर्न सकिने शहरी विकास मन्त्रालयले जानकारी गराएको छ । निर्माणले गति लिएको भन्दै मन्त्रालयले पुस पहिलो सातादेखि काठमाडौँ उपत्यकाको फोहर व्यवस्थापन गर्न सकिने बताएको हो । केही समय कोरोना भाइरस सङ्क्रमणका कारण काम हुन नसकेको र निर्माण कम्पनीको आलटालका कारण काम नभए पनि अहिले काम तीव्र गतिमा भइरहेको मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद दवाडीले जानकारी दिए । उनका अनुसार ल्याण्डफिल साइट निर्माणको कामअन्तर्गत अहिले माटो मिलाउने काम भइरहेको छ । दुई हप्ताअघि शहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठले स्थलगत अवलोकनका क्रममा यही मङ्सिर १५ गतेदेखि फोहर व्यवस्थापन गर्न मिल्ने गरी काम गर्न निर्माण कम्पनीलाई निर्देशन दिए । हाल निर्माण भइरहेको दीर्घकालीन ल्याण्डफिल साइट नुवाकोट र धादिङको सी...
सगरमाथाको नयाँ उचाइ आज सार्वजनिक गरिँदै

सगरमाथाको नयाँ उचाइ आज सार्वजनिक गरिँदै

अन्तर्राष्ट्रिय, मुख्य समाचार
काठमाडौ,मंसिर २३ विश्वको सर्वोच्च शिखर सगरमाथाको नयाँ उचाइ मंगलबार दिउँसो सार्वजनिक गरिँदैछ । नेपाल सरकारले पहिलोपटक आफ्नै प्राविधिक टोलीबाट सगरमाथाको उचाइ मापन गरेर सार्वजनिक गर्न लागेको हो ।भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, नापी विभागले सगरमाथाको उचाइ मापन गरेको हो । विभागले १३ करोड रुपैयाँ खर्चेर झन्डै दुई वर्षको अवधिमा सगरमाथाको मापनकार्य सम्पन्न गरेको थियो । विसं २०७२ मा गएको भूकम्पपछि सगरमाथाको उचाइ घटबढ भएको हुनसक्ने विषयमा अन्तर्राष्ट्रिय बहस शुरु भएपछि नेपालले पहिलोपटक आफ्नै स्रोत साधनमा सगरमाथाको उचाइ नापेको हो । विभाग स्रोतका अनुसार सगरमाथाको हालको ८ हजार ८ सय ४८ मिटर उचाइ केही बढेको छ । कति बढेको भन्ने अहिले बाहिर ल्याइएको छैन । विभागले दिउँसो १: ३० मा पत्रकार सम्मेलन गरी सगरमाथाको नयाँ उचाइ सार्वजनिक गर्ने कार्यक्रम तय गरेको विभागका सूचना अधिकारी दाम...
सर्लाहीमाआगलागीबाट १२ लाखको क्षति

सर्लाहीमाआगलागीबाट १२ लाखको क्षति

आर्थिक, जिवनसैली
काठमाडौ,मंसिर २३ सर्लाहीको विष्णु गाउँपालिकामा गए राति विद्युत्को तार सर्ट भई आगलगी हुँदा रु १२ लाख बराबरको क्षति भएको छ । विष्णु–२ पकडीगोठ बस्ने योगेन्द्रप्रसाद साहको काठले बनेको दुईतले घरमा गए राति करिब ११ बजेको समयमा आगलगी हुँदा उक्त क्षति भएको सर्लाही प्रहरीले जनाएको छ । आगलगीबाट घरमा भएको लताकपडा, अन्नपात र घर बनाउने सेन्ट्रीको सामानलगायतका सामान जलेर रु १२ लाख बराबरको क्षति भएको सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक मदन कुँवरले जानकारी दिए । प्रहरी र स्थानीयवासीको सहयोगमा आगो नियन्त्रणमा लिइएको उनले बताए ।  ...
बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरु

बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरु

मुख्य समाचार, राजनिती
  काठमाडौ,मंसिर २३ मंगलबार बिहानै मन्त्रिपरिषद् बैठक सुरु भएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा केही समय अगाडि मन्त्रिपरिषद् बैठक सुरु भएको हो। प्रधानमन्त्री केपी ओलीले मंगलबार बिहान ११ बजे सर्वदलीय बैठक बोलाएका छन्। उक्त बैठक अगाडि नै मन्त्रिपरिषद् बैठक बसेको हो। बैठक नियमित एजेन्डामै छलफल हुने बालुवाटार स्रोतको दाबी छ। प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार बैठकमा संसद्मा प्रतिनिधित्व गर्ने प्रमुख राजनीतिक दलका नेताहरूलाई आमन्त्रण गरिएको छ। समसामयिक विषयमा छलफल गर्न प्रधानमन्त्रीको आह्वानमा बैठक बोलाइएको सल्लाहकार थापाले बताए। राजतन्त्र पक्षधरको प्रदर्शनका विषयमा पनि छलफल हुने भएको छ। त्यस्तै, कोभिड १९ को महामारी र यसले पारिरहेको संकटबारे पनि छलफल हुने बताइएको छ। संघीय लोकतान्त्रिक गणतन्त्रप्रति राजनीतिक दल एकताबद्ध रहेको सन्देश दिने उद्दे...