Saturday, April 27
Shadow

धादिङकी ३७ वर्षीया महिलाले जन्माईन तिम्ल्याहा शिशु


  • -इ
  • इ+


काठमाण्डौँ, मंसिर २५
धादिङको जिल्ला अस्पतालमा तिम्ल्याहा शिशुको जन्म भएको छ। जिल्लाको ज्वालामुखी गाउँपालिका-६ की ३७ वर्षीया रिम्की गुरुङले मंगलबार तीन छोरीलाई जन्म दिएकी हुन्‌।

धादिङ अस्पतालका चिकित्सक कृष्णलाल उप्रेतीका अनुसार प्रसूति सेवा लिन आएकी गुरुङको अस्पतालले शल्यक्रियाबाट सुत्केरी गराउँदा तीन शिशुको जन्म भएको हो। आमा र नवजात शिशुहरूको अवस्था सामान्य रहेको र उनीहरूको तौल १८००,१५०० र २५०० ग्राम रहेको छ।

अस्पतालले सयौं जनालाई प्रसूति सेवा दिइसकेको भएपनि शल्यक्रियाबाट एकपटकमा ३ शिशु जन्माएको अस्पतालको अभिलेखमै पहिलो भएको अस्पतालका सूचना अधिकारी विक्रम बिकले जानकारी दिए। जटिल प्रकारको उक्त प्रसूति सेवामा खटिने चिकित्सक र स्वास्थ्य कर्मचारीलाई अस्पताल प्रशासनले धन्यवाद व्यक्त गरेको छ।

शल्यक्रिया गराउन अस्पतालका स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा.अनिसा श्रेष्ठ, डा.पुजश कर्माचार्य,डा.सविन भण्डारी, स्वास्थ्यकर्मी लेखबहादुर श्रेष्ठ, स्टाफ नर्सहरू विमला तिमिल्सिना महरा,एस्तर तामाङ र सरस्वती मल्ल लगायत खटेका थिए ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares