Sunday, August 9
Shadow

Author: Interview Nepal

सर्वोच्च अदालतमा परेका रिटको सुनुवाइ आज हुँदै :  के संसद विघटन होला ?

सर्वोच्च अदालतमा परेका रिटको सुनुवाइ आज हुँदै : के संसद विघटन होला ?

ब्यानर समाचार, समाचार
काठमाडौं , पुस ८ । प्रतिनिधि सभा विघटन गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा परेका रिटमाथि आज सुनुवाइ हुँदैछ । संसद विघटनको विरोधमा अदालतमा १२ वटा रिट परेका छन् । त्यसमध्ये ११ वटा रिटको पेसी आजलाई तोकिएको छ । बाँकी एक वटा रिट भने संवैधानिक इजलासमा पठाइएको छ । उक्त रिटको पेसी शुक्रबारका लागि तोकिएको छ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, कन्चनकृष्ण न्यौपानेलगायतले दर्ता गरेको रिटमा प्रधानमन्त्री, राष्ट्रपतिलगायतलाई विपक्षी बनाइएको छ ।यता राष्ट्रपतिले प्रधानमन्त्रीको सिफरिसमा विघटन गरिएको प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले आफ्नो भावी कदमबारे विज्ञहरूसँग परामर्श थालेको उनको सचिवालयले जनाएको छ। प्रतिनिधिसभाको विघटन असंवैधानिक भन्दै सभामुखले त्यसको प्रतिकार स्वरूप बैठक बोलाउनु पर्ने सुझावहरू पनि सार्वजनिक भइरहेका बेला त्यस सन्दर्भमा विज्ञहरूसँग कानुनी परामर्शमा उनी जुटेको ...
नेकपाका दुई समूह दौडमाः प्रचण्ड–माधव समूहले आज संसदीय दलको नेता छान्ने

नेकपाका दुई समूह दौडमाः प्रचण्ड–माधव समूहले आज संसदीय दलको नेता छान्ने

मुख्य समाचार, राजनिती
काठमाडौँ, पुस ८ । प्रचण्ड–माधव समूहको संसदीय दलको बैठक आज बस्दैछ । संसद भवन नयाँ बानेश्वरमा दिनको १ बजेका लागि बैठक बोलाइएको छ ।संसदीय दलको बैठकले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई नेकपा संसदीय दलको नेता छान्ने तयारी रहेको एक नेताले जानकारी दिए। पार्टी अध्यक्षमा नेपाललाई तोकेपछि अब प्रचण्डलाई संसदीय दलको नेता बन्नका लागि बाटो खुलेको छ । संसदीय दलको नेताका लागि यसअघि पनि प्रचण्डलाई प्रस्ताव गरिएको थियो ।बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीलाई संसदीय दलको नेताबाट हटाउने र प्रचण्डलाई दलको नेता बनाउने तयारी गरेको एक नेताले बताए ।मंगलवारै प्रचण्ड माधव नेपाल पक्षले ओलीलाई नेकपाको अध्यक्षबाट हटाएको छ । गत सोमबार भएको संसदीय दलको बैठकले पार्टी र देश हित विपरित काम गरेको भन्दै केपी शर्मा ओलीलाई संसदीय दलको नेताबाट हटाउने निर्णय गरेको थियो । यता नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का दुई समूह आफूलाई...
१२ वर्षीया छोरी बलात्कार गर्ने बाबुलाई जन्मकैद

१२ वर्षीया छोरी बलात्कार गर्ने बाबुलाई जन्मकैद

अपराध, मुख्य समाचार, समाचार, समाज
काठमाडौं, पुस ७ । जिल्ला अदालत उदयपुरले १२ वर्षीया छोरीलाई बलात्कार गरेको कसुरमा ४५ वर्षीय बाबुलाई जन्म कैद सजाय दिने फैसला गरेको छ । मङ्गलबार जिल्ला अदालत उदयपुरका न्यायाधीश माधवप्रसाद पराजुलीको इजालासले छोरी बलात्कार गरेको कसुरमा जिल्लाको उदयपुरगढी गाउँपालिकाका एक ४५ वर्षीय बाबुलाई जन्मकैद सजाय र ५५ हजार जरिवाना गर्ने फैसला गरेको जिल्ला अदालत उदयपुरका तहसिलदार तथा सूचना अधिकारी राजकुमार आचार्यलयले बताए । पीडक बाबुले २०७६ साल माघ १९ गते राति आफ्नी १२ वर्षीया छोरीलाई बलात्कार गरेपछि पीडककी श्रीमती र पीडित छोरीले माघ २० गते कारबाहीका लागि प्रहरीमा निवेदन दिएको अदालतले बताएको छ । प्रहरीले पक्राउ गरेर बाबुलाई जिल्ला अदालतमा मुद्दा चलाएपछि फागुन २२ गतेदेखि अदालतको आदेशानुसार पुर्पक्षका लागि थुनामा राख्दै आएको थियो ।...
ला लिगाः बार्सिलोनाको सहज जीत, पेलेलाई पछि पार्दै मेस्सीले बनाए किर्तिमानी

ला लिगाः बार्सिलोनाको सहज जीत, पेलेलाई पछि पार्दै मेस्सीले बनाए किर्तिमानी

खेलकुद
काठमाडौं, पुस ८ । लियोनल मेस्सीले बार्सिलोनाबाट ६४४ गोल गर्दै ब्राजिली लिजेण्ड पेलेको कीर्तिमान भंग गरेका छन् । योसँगै ला लिगा फुटबलमा बार्सलोनाले भालाडोलिडमाथि सहज जित निकालेको छ। जोस जोरिल्ला मैदानमा भएको खेलमा बार्सिलोनाले घरेलु टोलीमाथि ३-० को जित निकालेको हो। बार्सिलोनाको जितमा क्लिमेन्ट लेग्लेन्ट, मार्टिन ब्रेथवेट र मेस्सीले १र१ गोलको योगदान दिए । यो सँगै उनमा महान ब्राजिलियन खेलाडी पेलेको कीर्तिमानलाई पछि पारेका छन्। उनले बार्सिलोनाका लागि ६४४ औं गोल गर्दै एउटै क्लबका लागि सर्वाधिक गोल गर्ने खेलाडी बनेका हुन्। अघिल्लो खेलमै उनले पेलेसँगको कीर्तिमानलाई बराबरी बनाएका थिए। पेलेले ब्राजिलियन क्लब सान्टोसबाट १९ सिजन खेल्दै ६४३ गोल गरेका थिए।जितसँगै १४ खेलबाट २४ अंक जोडेको बार्सिलोना अंकतालिकाको पाँचौं स्थानमा छ। त्यस्तै १४ अंक जोडेको भालाडोलिड १८ औं स्थानमा छ।  ...
जसपाले आज ७७ वटै जिल्लाका सदरमुकाममा प्रदर्शन गर्दै

जसपाले आज ७७ वटै जिल्लाका सदरमुकाममा प्रदर्शन गर्दै

मुख्य समाचार, राजनिती, समाचार, समाज
काठमाडौं , पुस ८ । जनता समाजवादी पार्टी जसपाले प्रतिनिधिसभा विघटन विरुद्ध विभिन्न आन्दोलनको कार्यक्रम घोषणा गरेको छ । हिजो बसेको जसपाको केन्द्रीय कार्यकारिणी समितिको बैठकले सो निर्णय गरेको हो । घोषणा गरिएको आन्दोलनको स्वरुप अनुसार आज सबै जिल्ला सदरमुकाममा प्रदर्शन गर्ने, १० गते सबै जिल्ला सदरमुकाममा राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहन गर्ने, ११ गते सबै जिल्ला सदरमुकाममा मसाल जुलुस निकाल्ने र १२ गते काठमाडौंमा केन्द्रित जनप्रदर्शन गर्ने रहेको छ । साथै प्रधानमन्त्रीलाई प्रतिनिधि सभा विघटन गर्ने अधिकार संविधानले नदिएको भन्दै संसद अधिवेशन डाक्न सभामुख अग्नी सापकोटालाई आग्रह गर्ने निर्णय पनि बैठकले गरेको छ ।...
संसद् विघटन :  काँग्रेसभित्र दुई थरी विचार प्रकट, सडकमा जाने कि चुनावमा ?

संसद् विघटन : काँग्रेसभित्र दुई थरी विचार प्रकट, सडकमा जाने कि चुनावमा ?

ब्यानर समाचार, राजनिती
काठमाडौं, पुस ८ । संसद विघटन भएसँगै सत्तारुढ दल दुईतिर लागेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलवार केन्द्रीय समिति विस्तार गरेका छन्। उनले आफ्नो पार्टीको प्रवक्तामा नारायणकाजी श्रेष्ठलाई हटाएर परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई उक्त जिम्मेवारी दिइसकेका छन्। यता पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाल पक्षले माधव नेपाललाई अध्यक्षनमा चयन गरेका छन्। उनीहरुको बैठकले प्रधानमन्त्री केपी शर्मालाई नेकपाको अध्यक्षबाट हटाएका छन्। सत्तारुढ दलभित्रको यो रडाकोले प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस भने दोधारमा परेको छ। संसद विघटनको विरोधमा सडकमा उत्रने कि आमचुनावमा जानेरु यी दुई विषयमा मंगलवारको केन्द्रीय समितिमा विषय प्रवेश पाएको छ। यता संसद् विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको ‘असंवैधानिक’ कदमलाई कसरी लिने भन्नेमा प्रमुख प्रतिपक्ष काँग्रेसभित्र दुई थरी विचार प्रकट भएका छन् । प्रधानमन्त्...
बुधबारदेखि अनलाइनबाटै पुनः श्रम स्वीकृति, लाइन बस्नु नपर्ने

बुधबारदेखि अनलाइनबाटै पुनः श्रम स्वीकृति, लाइन बस्नु नपर्ने

ब्यानर समाचार 2, मुख्य समाचार, समाचार, समाज
काठमाडौं , पुस ८ । वैदेशिक रोजगारीमा जाने व्यक्तिलाई पुनः श्रम स्वीकृति ९रि–इन्ट्री० लागि श्रम कार्यालय धाएर लाइन बस्नु नपर्ने भएको छ । अनलाइनबाटै श्रम स्वीकृति दिने व्यवस्था बुधबारदेखि कार्यान्वयन भएसँगै जो जुन देशमा छ त्यहीँबाटै श्रम स्वीकृति लिन सक्ने छन् । वैदेशिक रोजगार विभागका महानिर्देशक कुमार दाहालले अनलाइनबाटै श्रम स्वीकृति दिन सकिने गरी सफ्टवेयरको विकास गरिसकेकाले बुधबारदेखि जुनसुकै देशबाट सहज रूपमा अनलाइनमार्फत पुनः श्रम स्वीकृति लिन सकिने जानकारी दिए । उनले भने, ‘‘अनलाइनबाटै श्रम स्वीकृति नवीकरण गर्ने व्यवस्था भएपछि म्याद सकियो भनेर श्रमका लागि मात्रै नेपाल आउनुपर्नेका लागि यो बाध्यता हटेको छ, जसले श्रमिक माथिको आर्थिक भार पनि कम गरेको छ ।” वैदेशिक रोजगारीमा जाने व्यक्तिले कल्याणकारी कोष र म्यादी बीमा वापतको रकम अनलाइनबाट बुझाउने कार्य सुरू भइसकेको छ । महानिर्देशक दाहालले...
यी हुन् केपी ओलीका महत्त्वाकांक्षी चुनावी योजना !

यी हुन् केपी ओलीका महत्त्वाकांक्षी चुनावी योजना !

ब्यानर समाचार, राजनिती, समाचार, समाज
काठमाडौं , पुस ८ । प्रतिनिधिसभा विघटन गरी मध्यावधि निर्वाचनको घोषणा भइसकेको अवस्थामा प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीले चुनावी योजना सार्वजनिक गरेका छन् । मंगलवार आफू निकट केन्द्रीय कमिटीका सदस्यको बैठकमा प्रधानमन्त्री ओलीले आगामी निर्वाचनमा कम्तीमा ५० लाख लोकप्रिय भोट ल्याउने गरी चुनावी अभियान थालिने बताएका हुन् । उनले निर्वाचनमा समानुपातिकतर्फ ५० लाख भोट ल्याउने गरी निर्वाचन अभियान थाल्न सम्पूर्ण केन्द्रीय सदस्य र आफ्ना कार्यकर्तालाई निर्देशनसमेत दिए । उनले प्रत्यक्षतर्फ कम्तीमा १२० सिट ल्याउने गरी चुनावी अभियानलाई व्यवस्थित पारिने योजनासमेत सुनाए । ‘हामीले गत निर्वाचनमा २ पार्टी मिलेर ११६ सिट ल्याएका थियौं । अब नेकपा एक्लैले १२० सिट ल्याउने गरी चुनावी माहोल सिर्जना गर्नेछौं,’ प्रधानमन्त्री ओलीले भने । उनले निर्वाचनकै क्रममा आँधीबेहरीका रूपमा राष्ट्रिय राजनीतिलाई अग...
आजको मौसम , कुन प्रदेशको कस्तो ?  यस्तो छ पूर्वानुमान

आजको मौसम , कुन प्रदेशको कस्तो ? यस्तो छ पूर्वानुमान

ब्यानर समाचार, मौसम, समाचार, समाज
काठमाडौं पुस ८ । अहिले गण्डकी, लुम्बिनी, बागमती, कर्णाली तथा सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रहेको छ भने बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुको प्रभाव रहेकोले बदली भएको हो । यस्तो छ तीन दिनको पूर्वानुमान पौष ८ गते (बुधबार) दिउँसो : प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा आँशिक देखि सामान्य बदली रहि बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । राती : बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा आँशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । पौष ९ गते (बिहिबार) दिउँसो : देशका पहाडी भू-भागमा आँशिक बदली रहि बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । राती : देशभर मौसम सामान्यतया सफा रहनेछ । पौष ९ गते (बिहिबार) दिउँसो : देशभर मौसम सामान्यतया ...
बढ्न थाले पर्यटक, ५ महिनामा आए ६ हजार विदेशी नेपाल

बढ्न थाले पर्यटक, ५ महिनामा आए ६ हजार विदेशी नेपाल

मुख्य समाचार, समाचार
काठमाडौँ, पुस ८ । नेपाल आउने विदेशी पर्यटकको संख्या बढ्न थालेको छ । आन्तरिक पर्यटनका गतिविधि पनि बढेका छन् । कोरोना कहरले तहनहस भएको पर्यटन क्षेत्र विस्तारै उठ्ने संकेत देखिएको छ । चालु आर्थिक वर्ष २०७७र७८ को मंसिरसम्म हवाई मार्गबाट ६ हजार २८० जना विदेशी पर्यटक नेपाल भित्रिएका छन् ।त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन विभागका अनुसार ५ महिनामा अमेरिकाबाट १ हजार ३१७ जना पर्यटक नेपाल भित्रिएका छन् । त्यस्तै बेलायतबाट ९०१ जना पर्यटक नेपाल आएका छन् । चीनबाट ५ सय ७६ र भारतबाट ४३१ जना पर्यटक नेपाल आएका छन् । टर्कीबाट ३०३, अस्ट्रेलियाबाट १३५, रसियाबाट १८०, फ्रान्सबाट १३५, जर्मनी र जापानबाट १०८, जोर्डन र माल्दिभ्सबाट १०६, मेक्सिकोबाट ११२, पोर्चुगलबाट १०० र श्रीलंकाबाट १०२ जना पर्यटक नेपाल भित्रिएका छन् । संयुक्त राष्ट्रसंघीय निकायका ११५ जना कर्मचारीसमेत सो अवधिमा नेपाल आएको ...