Saturday, April 20
Shadow

प्रधानमन्त्री कप क्रिकेटका लागि प्रदेश १ बाट १९ महिला खेलाडी छानिए


  • -इ
  • इ+


कठमाण्डौं ८

प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि प्रदेश १ ले पहिलो चरणमा १९ जना खेलाडी छनोट गरेको छ।

आगामी पुस ११ देखि दाङको लमहीमा हुने प्रतियोगिताका लागि झापा, मोरङ र इलाममा रहेका महिला क्रिकेट टिमबीच प्रतिस्पर्धा गराएर पहिलो चरणमा १९ जना खेलाडी छनोट गरिएको हो। झापाको काँकडभिट्टास्थित तुर्केनी खेल मैदानमा छनोट खेल गरिएको थियो। जसमा प्रत्येक टिमले २–२ वटा खेल खेलेका थिए। सोही क्रममा १९ जना छनोटमा परेको प्रादेशिक क्रिकेट संघ प्रदेश १ का सचिव तथा प्रशिक्षक मनोज कटुवालको भनाइ छ।

छनोटमा परेका १९ जनामध्ये सबैभन्दा बढी झापा बाट १२ जना रहेका छन्। यस्तै, मोरङका ४ र इलामका ३ जना रहेका छन्। झापाबाट छनोट हुनेमा राष्ट्रिय क्रिकेट टिमकी कप्तान रुविना क्षत्री, काजोल श्रेष्ठ, अप्सरी बेगम, रोमा थापा, संगीता बेगम, सबनम राई, ज्योति दनुवार, ङिमा शेर्पा, निशा साह, लकिता राजवंशी, एलिसा खडिया र स्मृति कटुवाल छन्।

प्रादेशिक क्रिकेट संघका सचिव कटुवालका अनुसार दुई दिनभित्र प्रदेश टिमका लागि १४ जना खेलाडीको अन्तिम सूची निकालिने छ। अन्तिम सूचीमा परेका खेलाडीलाई पुस १२ सम्म थप प्रशिक्षण दिइने प्रशिक्षकसमेत रहेका कटुवालले जानकारी दिए। बन्द प्रशिक्षण काँकडभिट्टा खेल मैदानमा भइरहेको छ।

यसैगरी, इलामकी संगम तामाङ, जमुना कार्की र पायल मगर छनोटमा परेका छन्। मोरङबाट टीका साह, सलिना तामाङ, अंशु जैसवाल र भीमा कुँवर रहेकी छन्। उनीहरु अहिले क्लोज क्याम्पमा प्रशिक्षण गरिरहेका छन्।
प्रदेश १ ले पुस १४ मा बागमती प्रदेशसँग पहिलो खेल खेल्नेछ। १५ गते सुदूरपश्चिम र १६ गते गण्डकीसँग प्रतिस्पर्धा गर्नेछ। समूह ‘ए’ मा सशस्त्र प्रहरीको एपिएफ, प्रदेश २, कर्णाली प्रदेश र लुम्बिनी प्रदेश रहेका छन्। त्यस्तै, समूह ‘बी’ मा सुदूरपश्चिम प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश १ छन्।

पुस ११ देखि १७ गतेसम्म दैनिक दुई खेल हुनेछन्। पहिलो खेल बिहान ९ बजे सुरु हुनेछ भने दोस्रो खेल दिउँसो १ बजे सुरु हुनेछ। १७ गते समूह ए को विजेता र समूह बी को उपविजेताबीच पहिलो र समूह बी को उपविजेता र समूह ए को विजेताबीच सेमिफाइनल खेल हुनेछ। १९ गते फाइनल खेल हुने क्यानले जनाएको छ।

 

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares