Sunday, August 9
Shadow

Author: Interview Nepal

संसद बिघटन : राष्ट्रको संबिधानलाई आघात पुग्ने काम

संसद बिघटन : राष्ट्रको संबिधानलाई आघात पुग्ने काम

ब्यानर समाचार, राजनिती, समाचार
लक्ष्मी तिवारी,काठमाण्डौँ, पुष ७ संसद बिघटनले संबिधानको मर्म माथि प्रहार भएको प्रति पुर्ब राष्ट्रपति डा.रामवरण यादवले चिन्ता व्यक्त गरेका छन् । यो संबैधानिक तथा राजनैतिक हिसाबले पनि नमिलेको र त्यसप्रति आफु एकदमै दुःखी भएको पुर्ब राष्ट्रपति यादवको भनाई छ । राष्ट्रको संबिधानलाई आघात पुग्ने गरी पटकपटक जारी भएर फेरी उहाले नै फिर्ता गरे पछि त्यही आध्यादेशलाई प्रयोग गरेर छोटो समयमा दुइ पटक बिघटन गर्ने प्रयास गर्नुभएको छ र त्यही कारणले राष्ट्रपतिको संस्था चुकेको हो । हालको संबिधानले कुनै अधिकार नदिएको र अन्तिम बिकल्पको रुपमा संसद बिघटन हुने कुरा पनि उहाले बताउनुभएको छ । संबिधानमा ब्यबस्था नभएको कुरा आफ्नो स्वच्छाले कसैले पनि गर्न नपाउने पनि उहाले बताउनुभयो । चुनाव भएको ३ बर्ष पुरा नहुदैँ अहिलेको समयमा चुनाब गर्नुको कुनै औचित्य नरहेको खुलासा गर्नुृभएको छ । राष्ट्रले पिडा भोगेको बेला चुनाब...
बालुवाटारमा प्रधानमन्त्री र बादलबीच भेटघाट

बालुवाटारमा प्रधानमन्त्री र बादलबीच भेटघाट

ब्यानर समाचार, राजनिती, समाचार
काठमाण्डौँ, पुष ७ गृहमन्त्री रामबहादुर थापा 'बादल'ले बालुवाटारमा प्रधानमन्त्री केपी ओलीसँग भेटाघाट गरेका छन्। उनीहरुबीच करिब १ घन्टा छलफल भएको बालुवाटार स्रोतले जनाएको छ। पूर्वमाओवादी समूहका बादलले नेकपा विभाजनपछि आफू कुन समूहमा जानेबारे अहिलेसम्म निर्णय गर्न सकेका छैनन्। सोही विषयमा निर्णय गर्न बादलले प्रधानमन्त्रीलाई भेटेको हुनसक्ने स्रोतको दावी छ। यसअघि नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पुल्चोकमा पुगेर बादललाई आफ्नो समूहमा आउन आग्रह गरेका थिए। भेटपछि प्रचण्डले बादल आफ्नो पक्षमा आउने दावी गरेका थिए। तर मंगलबार भएको प्रचण्ड नेपाल समूहको स्थायी कमिटी र केन्द्रीय समिति बैठकमा भने सहभागी भएनन्। मंगलबार बादल र उपाध्यक्ष वामदेवबीच छलफल भएको थियो। गौतमसँग छलफल गर्न बादल भैंसेपाटी गएका थिए।...
कोरोनासँगै अमेरिकामा दिमाख खाने नेग्लरिया फाउलेरी भाइरसको संक्रमण

कोरोनासँगै अमेरिकामा दिमाख खाने नेग्लरिया फाउलेरी भाइरसको संक्रमण

अचम्मका कुरा, अन्तर्राष्ट्रिय, स्वास्थ्य
काठमाण्डौँ, पुष ७ अमेरिकामा कोरोना भाइरसको संकटका बीच एक नयाँ भाइरसको संक्रमणले संकट उत्पन्न गराएको छ । दिमागलाई खाने अमीवाले अमेरिकामा कैयौंको मृत्यु भइसकेको छ । दिमाग चट गर्नेवाला यो अमीवा अर्थात नेग्लरिया फाउलेरी सामान्यतया ताल, नदी, तातो झरना र माटो जस्ता तातो ताजा पानी भएको ठाउँमा पाइन्छ । यो अमीवाको वैज्ञानिक नाम नेग्लरिया फाउलेरी हो । चिकित्सकदेखि वैज्ञानिकसम्मले अहिलेसम्म यसबारे एकिन जानकारी हात पार्न सकेका छैनन् । रिपोर्टअनुसार यो घातक अमीवाले मस्तिस्क खाने गरेको छ । अमेरिकाको रोग नियन्त्रण एवं रोकथाम केन्द्रका अनुसार यो संक्रमण उत्तरी अमेरिकाका राज्यमा पनि फैलिन शुरु गरेको छ । अहिले यो अमीवा अमेरिकाको दक्षिणी राज्यहरुमा फैलिरहेको छ । जलवायु परिवर्तन यसको संक्रमणको मुख्य कारण बताइएको छ । वैज्ञानिकले यसबारे चेतावनी जारी गरेका छन् । नेग्लरिया फाउलेरी अमीवा पानीसँग जोडि...
भीमफेदीदेखि काठमाडौंसम्म गाडी बोक्ने हिराबहादुर घलानको निधन

भीमफेदीदेखि काठमाडौंसम्म गाडी बोक्ने हिराबहादुर घलानको निधन

मुख्य समाचार, समाज
काठमाण्डौँ, पुष ७ तत्कालीन राणा सरकारका लागि मकवानपुरको भीमफेदीबाट काठमाडौंसम्म गाडी बोकेर भित्र्याउनेमध्ये हिराबहादुर घलानको गएराति निधन भएको छ। मकवानपुर, थाहा नगरपालिका वडा नम्बर ५ निवासी ८९ वर्षीय ‘जिउँदो इतिहास’ घलानको गएर गएराति निधन भएको हो। घलानको निधनसँगै नेपालमा गाडी बोक्नेहरूको कथा इतिहासको पानामा सीमित हुन पुगेको छ। दुई वर्षअघि थाहा–५ कै जुक्तबहादुर वाइबाकोे निधनपछि घलानमात्र राणा शासकका लागि गाडी बोकेर काँध खियाउने एक मात्र जीवित पात्र थिए। वडाकै सबभन्दा ज्येष्ठ घलानको निधनले आफू अत्यन्त दुःखी भएको थाहा–५ का वडाध्यक्ष विष्णुबहादुर गुरुङले बताए। जीवनभर २५ गाडी बोकेका घलानले वि.सं २००६ देखि नै गाडी बोक्न सुरू गरेका थिए। उनले ९६ जनाले बोक्ने गाडी एक पटकमात्रै बोकेका थिए भने ६४ जनाले बोक्ने गाडी १० पटक जति बोकेका थिए। राणाकालमा भीमफेदीबाट काठमाडौंका लागि गाडी बोक्न स...
५१ प्रतिशत लाभांश दिँदै नेपाल लाइफ इन्स्योरेन्स

५१ प्रतिशत लाभांश दिँदै नेपाल लाइफ इन्स्योरेन्स

आर्थिक, समाचार
काठमाण्डौँ, पुष ८ नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आफ्ना शेयरधनीलाई ५१ प्रतिशत लाभांश दिने भएको छ । कम्पनीले आर्थिक वर्ष २०७५/७६ को नाफाबाट ३१ प्रतिशत शेयर लाभांश र २० प्रतिशत नगद लाभांश दिने भएको छ । कम्पनीले आज एक विवरण सार्वजनिक गर्दै १ करोड ७० लाख ३८ हजार ९८ दशमलव ५१ कित्ता बराबरको शेयर लाभांश र रु. १ अर्ब ९ करोड ९१ लाख ४९ हजार ७ सय १९ बराबरको नगद लाभांश दिने प्रस्ताव गरेको जनाएको हो । उक्त प्रस्ताव बीमा समिति र कम्पनीको वार्षिक साधारणसभाबाट पारित भएपछि वितरण गरिनेछ ।...
छाउपडी प्रथा : कानुनका पाना फेरिए तर प्रथाले गाडेको जरो अझैँ फेरिएन

छाउपडी प्रथा : कानुनका पाना फेरिए तर प्रथाले गाडेको जरो अझैँ फेरिएन

ब्यानर समाचार 2, विचार, समाज
काठमाण्डौँ, पुष ८ सरकारले छाउपडी प्रथा अन्त्यको लागी विभिन्न कार्यक्रम समय समयमा ल्याउने गरेको छ । तर वास्तविक पिडित समक्ष ती कार्यक्रम पुग्न नसकेको स्पस्ट देखिन्छ । पछिल्लो समय छाउपडी जस्ता कुप्रथा मुलुकभर अन्त्य भएको भन्ने भनाइ कतिपय सरकारवाला बाट सुनिन्छ । छाउपडी प्रथा अन्त्यको लागी नाराबाजि र भाषण दिदै आएता पनी सुदुरपश्चिम र मध्यपश्चिमका विभिन्न जिल्लामा यो प्रथाले गाडेको जरो हटेको छैन । महिनावारी हुँदा घरमा बसे देवता लाग्छ भन्ने अन्धविस्वास शिक्षित वर्गले पनी छोड्न सकेका छैनन । उपत्यकामा बसेर मास्टर तह पढ्दै गरेका कैलाली लम्किका सरोज बजगाई(नाम परिवर्तन) छाउपडी कुप्रथा हो भन्ने थाहा भएर पनी छोड्न नसकेकाे बताउछन, ‘कुप्रथा त हो तर अस्वीकार गर्न सकिएको छैन ।’ उनले भने ‘हिन्दुहरुले मन्दिरमा पुजा गर्नूपर्छ भनिए जस्तै छाउपडीमा गोठ बस्नुपर्छ भन्ने चलन हामिमा दबिएको छ, चाहाना छ तर छोड्न ...
प्रधानमन्त्री कप क्रिकेटका लागि प्रदेश १ बाट १९ महिला खेलाडी छानिए

प्रधानमन्त्री कप क्रिकेटका लागि प्रदेश १ बाट १९ महिला खेलाडी छानिए

खेलकुद, समाचार
कठमाण्डौं ८ प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि प्रदेश १ ले पहिलो चरणमा १९ जना खेलाडी छनोट गरेको छ। आगामी पुस ११ देखि दाङको लमहीमा हुने प्रतियोगिताका लागि झापा, मोरङ र इलाममा रहेका महिला क्रिकेट टिमबीच प्रतिस्पर्धा गराएर पहिलो चरणमा १९ जना खेलाडी छनोट गरिएको हो। झापाको काँकडभिट्टास्थित तुर्केनी खेल मैदानमा छनोट खेल गरिएको थियो। जसमा प्रत्येक टिमले २–२ वटा खेल खेलेका थिए। सोही क्रममा १९ जना छनोटमा परेको प्रादेशिक क्रिकेट संघ प्रदेश १ का सचिव तथा प्रशिक्षक मनोज कटुवालको भनाइ छ। छनोटमा परेका १९ जनामध्ये सबैभन्दा बढी झापा बाट १२ जना रहेका छन्। यस्तै, मोरङका ४ र इलामका ३ जना रहेका छन्। झापाबाट छनोट हुनेमा राष्ट्रिय क्रिकेट टिमकी कप्तान रुविना क्षत्री, काजोल श्रेष्ठ, अप्सरी बेगम, रोमा थापा, संगीता बेगम, सबनम राई, ज्योति दनुवार, ङिमा शेर्पा, निशा साह, लकिता र...
धोबिघाटमा मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु

धोबिघाटमा मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु

दुर्घटना, समाचार
काठमाण्डौ,पुष ८ ललितपुरको धोबिघाटमा मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ। गम्भीर घाइते खनालको उपचारको क्रममा गएराति साढे १० बजे स्टार अस्पताल सानेपामा मृत्यु भएको प्रहरीले जनाएको छ। मृत्यु हुनेमा काभ्रेपलाञ्चोक घर भइ ललितपुरको धोविघाट बस्दै आएका २७ वर्षीय गोपिकृष्ण खनाल छन्। एकान्तकुनाबाट बल्खुतर्फ जाँदै गरेको बागमती प्रदेश ०२ ०२० प २३६१ नम्बरको मोटरसाइकलले मंगलबार साँझ साढे ६ बजे पैदल हिँडिरहेका खनाललाई ठक्कर दिएको थियो। मोटरसाइकलसहित चालकलाई महानगरीय प्रहरी प्रभाग सानेपाले नियन्त्रणमा लिएको छ। तस्वीर : गुगोल बाट साभार...
शरीर कमाउने जाडोमा किम कर्दाशियाको बोल्ड अवतार

शरीर कमाउने जाडोमा किम कर्दाशियाको बोल्ड अवतार

अन्तर्राष्ट्रिय, जिवनसैली, ब्लोअप, मनोरञ्जन
एजेन्सी हलिउडकी टपलेस मोडलमा एक हुन किम कर्दाशिया । हालै सामाजिक सञ्जालमा आएका उनका केही बोल्ड तस्वीरले पूरै सामाजिक सञ्जालको माहोल नै तताएको छ । उनी सँधै आफ्नो हट बोल्ड शरीरका कारण चर्चामा रहँदै आएकी छन् । केही दिनयता उनका नयाँ तस्वीर सार्वजनिक भएका छन् । जसमा किमको तस्वीरलाई देखेर जो कोही आकर्षित हुन्छन् । कर्दाशिया सँधै सामाजिक सञ्जालमा एक्टीभ रहन्छिन् । सायदै कुनै दिन यस्तो छैन, जब किम कर्दाशिया आफ्नो तस्वीर इन्टरनेटमा शेयर नगरेकी हुन् । हालै उनले आफ्नो बोल्ड अवतार सार्वजनिक गरेकी छन् । अलि फरक तरिकाले किम कर्दाशिया जकुनीमा आनन्द लिँदै विकिनमा निकै बोल्ड अवतारमा देखिएकी छन् । उनको यस्तो रुप देख्नका लागि जो कोही लालायीत हुन्छन् । हालै आएका तस्वीरले तहल्का मच्चाएका छन् । शरीर नै कमाउने चिसोमा उनले लगाएको पोशाक र उनको अदाले सबैलाई मोहित पारेको छ । हेर्नुहोस् किम कर्दाश...
ओली समूहले आज सातै प्रदेशमा कार्यकर्ता भेला गर्दै

ओली समूहले आज सातै प्रदेशमा कार्यकर्ता भेला गर्दै

मुख्य समाचार, समाचार, समाज
काठमाडौं, पुस ८ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहले आज सातै प्रदेशमा कार्यकर्ता भेला गर्ने भएको छ । भेलामा पछिल्लो राजनीतिक घटनाक्रमबारे प्रदेशगत प्रशिक्षण र छलफल हुने ओली समूहले जनाएको छ ।भेला दुईदिन भित्र सम्पन्न गरिने बताइएको छ । प्रदेशगत प्रशिक्षण कार्यक्रमका लागि मुख्य वक्ताका रुपमा बागमती प्रदेशमा पार्टीका नेता तथा उपप्रधानमन्त्री ईश्वर पोखरेल, सुदूरपश्चिममा लेखराज भट्ट, कर्णाली प्रदेशमा शंकर पोखरेल, लुम्बिनीमा टोपबहादुर रायमाझी, गण्डकीमा पृथ्वीसुब्बा गुरुङ र टोपबहादुर रायमाझी तथा प्रदेश २ मा शंकर पोखरेल र सत्यनारायण मण्डललगायत नेताले जिम्मेवारी पाएका छन् । प्रदेश १ मा भने अझै तोकिएको छैन् । प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बसेको केन्द्रीय कमिटीको बैठकले बुधबार सातै प्रदेशमा भेला गर्ने निर्णय गरेको थियो ।  ...