Thursday, April 25
Shadow

संसद बिघटन : राष्ट्रको संबिधानलाई आघात पुग्ने काम


  • -इ
  • इ+


लक्ष्मी तिवारी,काठमाण्डौँ, पुष ७
संसद बिघटनले संबिधानको मर्म माथि प्रहार भएको प्रति पुर्ब राष्ट्रपति डा.रामवरण यादवले चिन्ता व्यक्त गरेका छन् । यो संबैधानिक तथा राजनैतिक हिसाबले पनि नमिलेको र त्यसप्रति आफु एकदमै दुःखी भएको पुर्ब राष्ट्रपति यादवको भनाई छ ।

राष्ट्रको संबिधानलाई आघात पुग्ने गरी पटकपटक जारी भएर फेरी उहाले नै फिर्ता गरे पछि त्यही आध्यादेशलाई प्रयोग गरेर छोटो समयमा दुइ पटक बिघटन गर्ने प्रयास गर्नुभएको छ र त्यही कारणले राष्ट्रपतिको संस्था चुकेको हो । हालको संबिधानले कुनै अधिकार नदिएको र अन्तिम बिकल्पको रुपमा संसद बिघटन हुने कुरा पनि उहाले बताउनुभएको छ । संबिधानमा ब्यबस्था नभएको कुरा आफ्नो स्वच्छाले कसैले पनि गर्न नपाउने पनि उहाले बताउनुभयो ।

चुनाव भएको ३ बर्ष पुरा नहुदैँ अहिलेको समयमा चुनाब गर्नुको कुनै औचित्य नरहेको खुलासा गर्नुृभएको छ । राष्ट्रले पिडा भोगेको बेला चुनाबको कुनै आबश्यक नभएको र कानुनले पनि उक्त कार्यको लागि स्विकृति नदिएको बताउनुभयो ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares