Friday, March 5
Shadow

छाउपडी प्रथा : कानुनका पाना फेरिए तर प्रथाले गाडेको जरो अझैँ फेरिएन


  • -इ
  • इ+


काठमाण्डौँ, पुष ८
सरकारले छाउपडी प्रथा अन्त्यको लागी विभिन्न कार्यक्रम समय समयमा ल्याउने गरेको छ । तर वास्तविक पिडित समक्ष ती कार्यक्रम पुग्न नसकेको स्पस्ट देखिन्छ । पछिल्लो समय छाउपडी जस्ता कुप्रथा मुलुकभर अन्त्य भएको भन्ने भनाइ कतिपय सरकारवाला बाट सुनिन्छ । छाउपडी प्रथा अन्त्यको लागी नाराबाजि र भाषण दिदै आएता पनी सुदुरपश्चिम र मध्यपश्चिमका विभिन्न जिल्लामा यो प्रथाले गाडेको जरो हटेको छैन ।

महिनावारी हुँदा घरमा बसे देवता लाग्छ भन्ने अन्धविस्वास शिक्षित वर्गले पनी छोड्न सकेका छैनन । उपत्यकामा बसेर मास्टर तह पढ्दै गरेका कैलाली लम्किका सरोज बजगाई(नाम परिवर्तन) छाउपडी कुप्रथा हो भन्ने थाहा भएर पनी छोड्न नसकेकाे बताउछन, ‘कुप्रथा त हो तर अस्वीकार गर्न सकिएको छैन ।’ उनले भने ‘हिन्दुहरुले मन्दिरमा पुजा गर्नूपर्छ भनिए जस्तै छाउपडीमा गोठ बस्नुपर्छ भन्ने चलन हामिमा दबिएको छ, चाहाना छ तर छोड्न सकिदैन।’

सरकारी तथा गैरसरकारी संस्थाले छाउपडी प्रथा हटाउनको लागी चेतनामुलक कार्यक्रम गर्दै आएको छ । तर यसको कार्यन्वयन हुन भने सकिएको देखिदैन । कंचरपुर मौरीफाटाकी ६२ बर्षिया रन्नदेवी भट्टराई अर्काको भनाइमा लागेर आफ्नो धर्म नछोड्ने तर्क राख्छिन । ‘छाउ भएको समयमा छाउ गोठमा बस्न हुदैन भन्दै आउछँन बेलाबेलमा कस्ले मान्नु,हामीले मान्दै आएको देवतालाई एकदिन आएकाले भने भन्दैमा कसरी छोडे्न सकिन्छ ।’

मुखमा रामराम बगलीमा छुरा भन्ने समाजमा प्रचलित भनाई,भनाइमात्र नभएर व्यवहारमा पनी लागु हुने गरेको छ । महिला अधिकार र छाउपडीको विरुद्ध आवाज उठाउने कतिपय महिलाले महिनावारीको समयमा आफुलाई अछुत नै मान्ने गरेको सुदुरपश्चिमका स्थानिबासि बताउछन । ‘छाउपडी नमेटिने ज्वरो हो भनेर सहजै बुझौ, बाहिर न्यायका कुरा गर्दै हिडेका महिलाले पनी चारपाँच दिन आफुलाई अछुत नै मान्छन र गाईको गहँुतले नुहाएर मात्र शुद्ध हुने गरेका छन ।’ डडेलधुराका स्थानिय चन्द« ठकुरीले भने ।

छाउपडीका कारण कतिपयले अकालको मृत्यु व्यहोर्नु परेको छ । छाउगोठ घरबाट टाढा रहने भएकाले छाउगोठमा नै बलत्कृत भएका समाचार बाहिरिन छोडेका छैनन । यस्ता घटना दिनानुदिन बढ्दै गए पनी छाउपडीलाई पन्छाइएको छैन । सरकारी तह देखी गैरसरकारी तहले समेत बर्षेनी छाउगोठ भत्काएको सुनिन्छ तर नागरिकको मनमा गडेर बसेको छाउपडी प्रतीको नकरात्मक बुझाइलाई भत्काउन लागी परेको देखिदैन। समाजमा ज्वरो गाडेको यस्ता कुप्रथा समाजमा रहिरहेने हो भने देशले विकासको फड्को मार्न सक्दैन । तसर्थ महिला वर्गले भोग्नु परेको कहाली लाग्दोे यस्ता कुरितिलाई जलाउन नसक्नुमा कुन पक्षको कमजोरी हो समयमा नै ध्यान जाओस ।

"Interview Nepal!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : interviewnepal123@gmail.com]

     

प्रतिक्रिया दिनुहोस्