Tuesday, March 19
Shadow

बालुवाटारमा प्रधानमन्त्री र बादलबीच भेटघाट


  • -इ
  • इ+


काठमाण्डौँ, पुष ७
गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले बालुवाटारमा प्रधानमन्त्री केपी ओलीसँग भेटाघाट गरेका छन्। उनीहरुबीच करिब १ घन्टा छलफल भएको बालुवाटार स्रोतले जनाएको छ।

पूर्वमाओवादी समूहका बादलले नेकपा विभाजनपछि आफू कुन समूहमा जानेबारे अहिलेसम्म निर्णय गर्न सकेका छैनन्। सोही विषयमा निर्णय गर्न बादलले प्रधानमन्त्रीलाई भेटेको हुनसक्ने स्रोतको दावी छ।

यसअघि नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पुल्चोकमा पुगेर बादललाई आफ्नो समूहमा आउन आग्रह गरेका थिए। भेटपछि प्रचण्डले बादल आफ्नो पक्षमा आउने दावी गरेका थिए।

तर मंगलबार भएको प्रचण्ड नेपाल समूहको स्थायी कमिटी र केन्द्रीय समिति बैठकमा भने सहभागी भएनन्। मंगलबार बादल र उपाध्यक्ष वामदेवबीच छलफल भएको थियो। गौतमसँग छलफल गर्न बादल भैंसेपाटी गएका थिए।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares