Thursday, April 25
Shadow

चालक अनुमतिपत्रका लागि ट्रायल खुलाउँदै विभाग


  • -इ
  • इ+

काठमाण्डौँ, पुष ७

कोरोना महामारीले नौ महीनादेखि रोकिएको सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को परीक्षा अब भने खुला हुने भएको छ । सम्बन्धित प्रदेश कार्यालयले एकैपटक लाइसेन्सको परीक्षा खुला गर्ने गरी आवश्यक तयारी गरिरहेकोले विभागका निर्देशक लोकनाथ भुसालले जानकारी दिए ।

कोरोना महामारीका कारण ११ चैत २०७६ पछि बन्द भएको सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को परीक्षा अब एक सातापछि खुल्ने भएको छ । सवारी चालक अनुमतिपत्रको परीक्षा र अनलाइन फाराम दर्ता सम्बन्धित प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय र त्यस अन्तर्गततका यातायात कार्यायलबाट हुने भएकोले सोही अनुसारको आवश्यक व्यवस्था मिलाउने तयारी भइरहेको छ।

सवारी चालक अनुमति पत्र दुवै प्रकारको सवारी साधन (चारपाङ्ग्रे र दुईपाङ्ग्रे)को परीक्षा खुल्ने गरी तयारी भइरहेको पनि भुसालले बताए। लाइसेन्सको परीक्षा र प्रयोगात्मक परीक्षा (ट्रायल) लिने विषयमा आवश्यक तयारी भएको र औपचारिक निर्णय मात्रै हुन बाँकी रहेको यातायात व्यवस्था विभागका सूचना अधिकारी लोकनाथ भुसालले बताए । ‘हामीले खुल्ला गर्ने तयारीम केही छलफल पश्चात् खुल्ला गर्ने हो,’ भुसालले भने ।

प्रदेश सरकारको तिब्र दबाबपछि सरकारले चालक अनुमतिपत्रका लागि ट्रायल खुल्ला गर्ने भएको छ । यातयात व्यवस्था विभागले पुसको अन्तिमसम्ममा ट्रायल खुल्ला गर्ने तयारी रहेको जनाएको छ । यस अघि विभाग र प्रदेशबीचको कुरा नमिल्दा अहिलेसम्म रोकिएको थियो । प्रदेशबाट विभागलाई खोल्नका लागि तारन्तार दबाब दिएपछि खोल्ने तयारीमा विभाग जुटेको हो । नभए विभागले जाडो महिनाभरी कोरोना भाइरसको जोखिम रहेको भन्दै अझै तीन महिना खुल्ला नगर्ने तयारीमा बसेको थियो ।

विभागका अनुसार एकैपटक सातवटै प्रदेशमा लिखित र मौखिक परीक्षा खुल्ला गर्ने अनलाइन प्रणालीबाट परीक्षा लिने गरी आवेदन खुला गर्ने भएपनि परीक्षा लिने र ट्रायल गरान सक्ने आधारमा दैनिक परीक्षाको कोटा भने सम्बन्धित यातायात कार्यालयले नै तोक्ने छन्।

चालक अनुमति पत्रको लिनका लागि सवारी धनीहरु ट्रायलको पर्खाइमा रहेका छन् ।यातयात व्यवस्था कार्यलयका अनुसार अहिले हजारौं सवारी धनीहरु प्रभावित बनेका छन् । विभागले भने लाइसेन्स छपाईको सकेको छ । नयाँ लाइसेन्सको लागि ट्रायल नखुल्दा नयाँ लाइसेन्स छपाईको काम नरहेको विभागले जनाएको छ । पुरानो स्टक रहेका लाइसेन्स समेत छापिसकेको विभागको भनाई छ । तर, पनि विभागले नयाँ सेवाग्राहीहरुलाई ट्रायल नलिएर किन खोल्न मानिरहेका छैन । उल्टै विभागले प्रदेशलाई दोष देखाउदै आफू पन्छिदै आइरहेको छ ।

 

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares