Saturday, April 27
Shadow

नयाँ सरकार गठन हुन्छ संसद् ब्युँतन्छ: प्रचण्ड


  • -इ
  • इ+

काडमाडौं ८

ओलीलाई कारबाही गर्दै छुट्टै केन्द्रीय समिति गठन गरेर माधव नेपाललाई अध्यक्ष बनाएको समूहका तर्फबाट अध्यक्ष दाहाल संसदीय दलको नेता चयन भएका हुन् ।

। नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहालले संसदीय दलको नेता भएपछि आफूले चुनौतीपूर्ण जिम्मेवारी पाएको बताएका छन् ।

 

‘‘संसदीय दलको नेता सर्वसम्मत चयन भएको छु, पक्कै पनि यो ठूलो जिम्मेवारी हो र अत्यन्तै चुनौतीपूर्ण समयमा मैले यो जिम्मेवारी पाएको छु,’’ नेता चयन भएपछि दाहालले भने, ‘‘मेरो कोसिस नेपाली जनताले लामो समय देखि संघर्षबाट प्राप्त भएको संघीय लोकतान्त्रिक गणतन्त्र, समावेसी लोकतन्त्र र यो प्रतिनिधिसभालाई जिवन्त राख्नेमा हुने छ ।’’

संघीय लोकतान्त्रिक गणतन्त्र पक्षधर सबै राजनीतिक दलसँग सहकार्य गर्नु र सबैसँग इमान्दारितापूर्वक सहकार्य गर्दै त्यही एकताको बलमा प्रतिनिधिसभालाई जीवित बनाउन आफू लागि पर्ने बताए । “सबै दलसँग सहकार्य गर्दै विश्वास लिएर संसदलाई जीवित राखेर जनताको पक्षमा काम गर्छौं,” उनले भने, “नयाँ सरकार गठन गर्नेतिर ध्यान जान्छ ।”

उनले नेपाली जनताको विश्वास लिन सबै राजनीतिक दलसँग सहकार्य गर्दै सबै सांसदहरुको विश्वास लिएर राष्ट्रहितमा कामगर्ने प्रतिबद्धता व्यक्त गरे ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares