Friday, August 7
Shadow

Author: Interview Nepal

साउदी सरकारले स्थगित गर्‍यो अन्तरराष्ट्रिय हवाई उडान,कहिलेसम्म बन्द?

साउदी सरकारले स्थगित गर्‍यो अन्तरराष्ट्रिय हवाई उडान,कहिलेसम्म बन्द?

अन्तर्राष्ट्रिय, आर्थिक, समाज
काठमाण्डौँ, पुष १३। साउदी अरेबियाले व्यावसायिक यात्रुबाहक हवाई उडान कम्तीमा एक साताका लागि स्थगित गर्ने घोषणा गरेको छ । कोरोना भाइरस नयाँ स्वरुपमा देखा परेको भन्दै साउदी अरेबियाले अन्तरराष्ट्रिय उडान स्थगित गरेको हो । साउदी अरेबियाली गृह मन्त्रालयका एक अधिकारीले विशेष परिस्थितिमा मात्र हवाई उडानको अनुमति दिइने बताएका छन् । साउदीमा रहेका विदेशी नागरिकलाई देश छाड्न र कार्गो सामान ओसारपसारका लागि हवाई उडान खुला गरिएको साउदी सरकारको भनाइ छ । साउदी अरेबिया, कुवेत र ओमानले गत साता नै यात्रुबाहक हवाई उडान रोकेको घोषणा गरेका थिए । बेलायतमा नयाँ कोरोना भाइरसको संस्करण देखिएको भन्दै यी मुलुकले जमीन र समुद्री मार्ग पनि बन्द गरेका छन् । ओमान र कुवेतले आगामी डिसेम्बर २९ र जनवरी १ अर्थात २ दिन प्रतिबन्धहरु फुकुवा गर्ने बताएका छन् । यसै महीना साउदी अरेबियाले फाइजर–बायोएनटेकले विकास गरेको ख...
भारतमा  कोरोना भ्याक्सिनका लागि अनलाइन रजिस्ट्रेशन शुरु

भारतमा कोरोना भ्याक्सिनका लागि अनलाइन रजिस्ट्रेशन शुरु

अन्तर्राष्ट्रिय, स्वास्थ्य
काठमाण्डौँ, पुष १३ । कोरोना महामारीबाट बच्न भारतमा भ्याक्सिन वितरणको तयारी तिव्र रुपमा चलिरहेको छ । २०२१ को शुरुवातमै भ्याक्सिन वितरण हुने बताइएको छ । प्रशासनले पनि भ्याक्सिन वितरणका लागि सबै तयारी पूरा गरिसकेको छ । साथै भ्याक्सिन उपलब्ध गराउनका लागि अनलाइन रजिस्ट्रेशन शुरु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । रजिस्ट्रेशनका लागि आधारकार्डलाई मान्यता दिइएको छैन । अमहदावाद नगर निगमले घरदैलोमा आफ्नो टिम पठाएर ६० वर्ष भन्दा माथिका ज्येष्ठ नारिकको रजिस्ट्रेशन शुरु गरेको छ । साथै अनलाइनमार्फत पनि रजिस्ट्रेशन शुरु गरिएको छ । अहमदावाद निगमले कोरोना भ्याक्सिन सर्भेमा जो सहभागी हुँदैनन् उनीहरु अनलाइन रजिस्ट्रेशन गर्नसक्ने बताएको छ । यसका लागि कुनै पनि नागरिकले आफ्नो लाइसेन्स वा भोटरकार्ड र प्यानकार्डका साथै परिचयपत्र राखेर अनलाइनमा आफ्नो नाम दर्ता गर्न सक्नेछन् । यद्यपि...
मुलुकमा संसद् पुनर्स्थापना वा सत्यानाशको बाटोबाहेकको अर्को विकल्प छैन: नेता भुसाल

मुलुकमा संसद् पुनर्स्थापना वा सत्यानाशको बाटोबाहेकको अर्को विकल्प छैन: नेता भुसाल

मुख्य समाचार, राजनिती
काठमाण्डौँ, पुष १३ नेपाल कम्युनिस्ट पार्टी(नेकपा) नेपाल-दाहाल समुहका स्थायी समितिका सदस्य सदस्य घनश्याम भुसालले मुलुकमा संसद् पुनर्स्थापना वा सत्यानाशको बाटोबाहेकको अर्को विकल्प नभएको बताएका छन् । भुसालले गृहजिल्ला रूपन्देहीका अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दे  मुलुकमा संसद् पुनर्स्थापना वा सत्यानाशको बाटोबाहेकको अर्को विकल्प नभएको बताएका हुन। संसद् पुनर्स्थापनाबाहेक अन्य कुनै बाटोले मुलुकलाई अगाडि लैजान नसक्ने दाबी गरेका भुसालले जनताले अब संसद् पुनर्स्थापना रोज्ने कि मुलुक र विधिको शासनको बाटो रोज्ने बेला आएको समेत बताए। पार्टी बिभाजन पछी समान रहेका नेकपाका २ पार्टीले विभिन्न स्थानमा कार्यकता भेला गर्दै अाएका छन।...
 सोमबार फेरी बढ्याे सुनकाे भाउ, हेर्नुस कती पुग्याे?

 सोमबार फेरी बढ्याे सुनकाे भाउ, हेर्नुस कती पुग्याे?

आर्थिक
काठमाण्डौँ, पुष १३ सोमबार  छापावालतोलामा ७०० रुपैयाँ बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यसअघि तोलामा ९४ हजार २०० रुपैयाँ रहेको सुनको भाउ आज बढेर ९४ हजार ९०० रुपैयाँ पुगेको हो । सोही परिमाणको तेजावी सुनलाई भने आज प्रतितोला ९४ हजार ४०० रुपैयाँ पर्नेछ । यता, चाँदीको भाउ समेत बढेको छ । हिजो आइतबार तोलामा एक हजार २८० रुपैयाँमा कारोबार भएको चाँदी आज तोलामा एक हजार ३१५ रुपैयाँ रहेको महासंघले जनाएको छ ।...
सडकदेखी सदनसम्म छैन काेराेनाकाे त्रास: जनस्वास्थ्यविद् पाण्डे भन्छन, भयावह स्थिति कम भएकाे छैन

सडकदेखी सदनसम्म छैन काेराेनाकाे त्रास: जनस्वास्थ्यविद् पाण्डे भन्छन, भयावह स्थिति कम भएकाे छैन

ब्यानर समाचार 2, राजनिती, समाचार, समाज, स्वास्थ्य
काठमाण्डौँ, पुष १३ नेपालमा आन्दोल गर्नु,नारा जुलुसका साथ सडकमा उत्रनु नौलो बिषय होइन। करिब एकमहिना अगाडि देखि माइतिघर मण्डलमा न्यायको लागि धर्ना बसेका किसानले न्याय नपाउदै सिंहदरबार बाट निकालिएका उचस्तरिय दलका प्रमुख नेतासम्म माइतिघर मण्डलमा भिडभाडका साथ देखियो। केही समय अगाडि अगाडि प्रधानमन्त्रीले संसद विघटनको निर्णय गरेसँगै सिंहदरबार देखि गाउँगाउँका नेता,कार्यकर्ता सलबलाउन थालेका छ्न। पार्टी बिभाजन पश्चात् राजनीति घटनाक्रमले बाटो फेरेको छ। देशैभर आन्दोलन चलिरहेको छ। राजसंस्थाको माग राख्दै सडकमा प्रदर्शन गर्ने समूह पनि रोकिएको छैन। अर्कोतिर कोरोना भाइरस (कोभिड१९)ले अन्य मुलुकमा जस्तै नेपालमा पनि आफ्नो क्षेत्र साघुरो बनाएको छैन। आइतबार मात्रै ४८१ जनामा पुष्टि भएको कोरोना भाइरसले सोही समयमा ६ जनाको ज्यान लग्यो। कोरोना भाइरसले अन्य देशमा देखाएको नयाँ रुप र मुलुकभर भइरहेको यस्ता गत...
अक्षय कुमार बने महङ्गाे: कती ताेके पारिश्रमिक ?

अक्षय कुमार बने महङ्गाे: कती ताेके पारिश्रमिक ?

मनोरञ्जन
काठमाण्डौँ, पुष १३ बलिउडका सर्वाधिक कमाउने अभिनेता हुन्– अक्षय कुमार । यी अभिनेताले आफ्नो पारिश्रमिक बढाएका छन् । एउटा चलचित्रबाट ९९ करोड लिदै आएका अक्षयले आफ्नो पारिश्रमिक बढाएर १३५ करोड पु¥याएका छन् । लकडाउन अवधिमै १०८ करोड पारिश्रमिक बनाएका उनले पछिल्लो पटक अनुबन्धित भएको चलचित्रबाट ११७ करोड लिएका थिए । सन २०२१ मा काम गर्नका लागि प्रस्ताव आएका चलचित्रका लागि भने अक्षयले १३५ करोड माग गरेका हुन् । अक्षयले आफ्ना साथी निर्माता साजिद नाडिवालालाई भने २० प्रतिशत छुट दिएका छन् । उनका सूर्यवंशी, अतरंग र पृथ्वीराज, राम सेतु, मिसन लायन र रक्षा बन्धनलगायतका चलचित्र प्रदर्शनको तयारी छन् । अक्षय कुमार काममा निरन्तर खट्ने कलाकार हुन् । उनी कामको बेलामा कुनै विश्राम नलिइ काम गर्ने गर्छन् । कारण वर्षमै उनका ५÷६ वटा चलचित्र प्रदर्शन हुने गरेका छन् । हरेक निर्माताले अक्षयलाई खोजेपछि उनले आफ्नो...
वाग्मती प्रदेश लोकसेवा आयोगले माग्यो ११५२ जना कर्मचारी

वाग्मती प्रदेश लोकसेवा आयोगले माग्यो ११५२ जना कर्मचारी

आर्थिक, टिप्स, मुख्य समाचार, स्थानिय तह
काठमाण्डौँ, पुष १३ वाग्मती प्रदेशको प्रदेश लोकसेवा आयोगले एकैपटक एक हजार एक सय ५२ जना कर्मचारी मागेको छ । प्रदेश लोकसेवा कार्यालयले आज विज्ञापन गर्दै एकै पटकमा ठूलो संख्यामा कर्मचारी माग गरेको हो । वाग्मती प्रदेश लोकसेवा आयोगले यसअघि पनि चौथो तहका ४ सय ६९ जना कर्मचारी माग गरेर आवेदनसमेत लिएको छ । आज माग गरिएका कर्मचारीहरु वाग्मती प्रदेशका चार वटा मन्त्रालय र प्रदेशका ६२ वटा पालिकामा रिक्त रहेका पदका लागि रहेको प्रदेश लोकसेवा आयोगका अध्यक्ष सुरेश मान श्रेष्ठले जानकारी दिनुभयो । प्रदेश लोकसेवा आयोगले खुल्लातर्फ ५ सय ३८ जना, ज्येष्ठतातर्फ ४ सय ७ जना, कार्यक्षमतातर्फ एक सय ९६ जना, आन्तरिक प्रतियोगितातर्फ ९ जना, कार्यसम्पादनतर्फ २ जना माग गरेको छ । वाग्मती प्रदेश लोकसेवा आयोग गठन भएपछि कर्मचारी माग गरिएको यो दोस्रो पटक हो ।...
प्रचण्डसँग डेढ घण्टा भेटवार्ता गरेर निस्कियो चिनियाँ टोली

प्रचण्डसँग डेढ घण्टा भेटवार्ता गरेर निस्कियो चिनियाँ टोली

ब्यानर समाचार, राजनिती, समाचार
काठमाण्डौँ, पुष १३ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग चिनियाँ कम्युनिष्ट पार्टीको प्रतिनिधिमण्डलले करिब डेढ घण्टा भेटवार्ता गरेको छ। सोमबार बिहान ८ बजेर ५३ मिनेटमा प्रचण्ड निवास खुमलटार प्रवेश गरेको चिनियाँ टोली १० बजेर २० मिनेट जाँदा बाहिरिएको छ। करिब डेढ घण्टा लामो भेटवार्ताको सुरुमै अध्यक्ष प्रचण्डलाई चिनियाँ कम्युनिष्ट पार्टी अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ येचौले चिनियाँ राष्ट्रपति सी चिनफिङले पठाएको सन्देश सुनाएका थिए। प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेसँगै नेकपा विभाजित भएपछि आइतबार आकस्मिक रुपमा चिनियाँ टोली नेपाल आएको हो। सार्वजनिक कुनै जानकारी नदिइ राजनीतिक भेटघाट गरिरहेको टोलीले आइतबार साँझ नै राष्ट्रपति विद्यादेवी भण्डारी र राती प्रधानमन्त्री केपी ओलीसँग भेटवार्ता गरेको थियो। आज सोमबार नै चिनियाँ टोलीले नेकपाका अर्का अध्यक्ष माधवकुमा...
मर्मतका लागि एक साता केबुलकार बन्द हुने

मर्मतका लागि एक साता केबुलकार बन्द हुने

मनोरञ्जन, मुख्य समाचार, समाज
काठमाडौँ , पुस १३ मनकामना केबुलकार सेवा  बन्द हुने भएको  छ । नियमित मर्मतसम्भारका लागि सात दिन बन्द गरिने भएको  हो । यही पुस १४ गतेदेखि एक सातासम्म बन्द गरिने मनकामना दर्शन प्रालिका नायब महाप्रबन्धक उज्ज्वल शेरचनले जानकारी दिए । कोरोनाको महामारीसँगै ९ महिना बन्द रहेको केबुलकार गत मंसिर २८ गतेबाट पुनः सञ्चालनमा आएको थियो । सञ्चालनको पहिलो दिन नै एक हजारभन्दा बढी भक्तजनलाई सेवा दिन सफल मनकामना केबुलकारमा दिनानुदिन यात्रु एवं भक्तजनको भीड बढ्ने क्रम जारी नै रहेको नायब महाप्रबन्धक शेरचनको भनाई छ । The web is not It should also be guaranteed that your research paper does not include any spelling errors because these errors may be perceived by If you can't find a discount at a local paper business or wholesaler, you always have the option to visit online auction https://www.affordable-paper...
विश्वमा कोरोनाले १७ लाख  ५० हजारभन्दा बढीको मृत्यु

विश्वमा कोरोनाले १७ लाख ५० हजारभन्दा बढीको मृत्यु

अन्तर्राष्ट्रिय, समाचार, स्वास्थ्य
काठमाडौं, पुष १३ कोरोना संक्रमणका कारण विश्वमा मृत्यु हुनेको संख्या १७ लाख ५४ हजार ४९३ पुगेको स्वास्थ्य मन्त्रालयले बताएको छ ।  विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा विश्वमा ७ हजार ३९३ कोरोना संक्रमितको मृत्यु भएको छ । हालसम्म विश्वमा कोरोना संक्रमितको संख्या ७ करोड ९२ लाख ३२ हजार ५५५ पुगेको छ । पछिल्लो २४ घण्टामा ४ लाख ३४ हजार ७७९ जनामा कारोना संक्रमण पुष्टि भएको छ ।...