Friday, March 29
Shadow

काठे भाकामा आधारित रत्यौली गित “ ए है सुड्डी ” सार्वजनिक


  • -इ
  • इ+


महेन्द्र अधिकारी/ललितपुर, पुष १३
पछिल्लो समयको सांगितिक बजारमा नेपाली लोक गित संगित चर्चा परिचर्चामा रहेको छ । समस्त लोक दोहोरी गित सबै दर्शक स्रोताको नजरमा लोकप्रिय भन्दै गएका छन् ।

नेपाली गीत संगीतको क्षेत्रमा एकपछि अर्को गर्दै निकै उत्कृष्ट गीत संगीत बजारमा आइरहेका छन् । यसै सन्दर्भमा लोक दोहोरी गायक राजेन्द्र भण्डारी र गायिका गिता देबि को “ ए है सुड्डी ” बोलको गित बजारमा सार्वजनिक भएको छ। “ ए है सुड्डी ” बोलको गितमा राजेन्द्र भण्डारी र गिता देबि को स्वर रहेको छ ।

यो गीतमा शब्द संगीत गायक राजेन्द्र भण्डारी ले संकलन गरेका छन् भने यस गितलाई साउन्ड मिक्सिङ्ग तुलसी पुन ले गरेका छन् । “ ए है सुड्डी ” बोलको गीतमा सुरेश श्रेष्ठ ले सिनेमाटोग्राफर गरेका हुन् भने सम्पादन,कलर प्रकाश धमलाले गरेका छन् । यो काठे रत्यौली लोक दोहोरी भाकालाई म्युजिक बैंक रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको हो ।

गायक राजेन्द्र भण्डारी ले निर्देशन गरेको भिडियोमा कुमार गजुरेल,मेनुका भण्डारी खनाल, राजाराम कोइराला ,गिता चौलागाई,अनिशा पाठक र मेलिना पाठक को उत्कृष्ट अभिनय देख्न सकिन्छ। सो गीतको भिडियोलाई मेनुका डिजिटल अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।

सोही गितको म्युजिक भिडियो हेर्नको लागि तल क्लिक गर्नुहोस् ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares