Friday, April 26
Shadow

महिला कर्मचारिलाई सेवाग्राहीले समेत फरक छुट्टाउछन: उपाध्यक्ष आचार्य


  • -इ
  • इ+

 

काठमाण्डौँ, पुष १३।

२०७२ सालमा जारी भएको संविधान अनुसार मुलुकभर महिलाको सहभागिता बढेको छ। संविधानले हरेक स्थानीय तहमा प्रमुख, उपप्रमुख मध्ये एक महिला अनिवार्य गरेको थियो। त्यसपछि महिला सहभागिता बढ्यो तर प्रमुख पदमा भन्दा उपप्रमुख पदमा नै महिलाको सहभागिता बढी देखियो।

यद्यपि संविधानले ताकेता गरेअनुसार अधिकार पाउन नसकेको कतिपय महिला जनप्रतिनिधिको गुनासो आइरहेको बेलामा नुवाकोट दुप्चेश्वर गाँउपलिकाकी उपाध्यक्ष अन्जु आचार्य भने महिलाले पद पाइएन भन्ने गुनासो गर्नु भन्दा यसलाई आफ्नो क्षमता देखाउने अवसरको रुपमा प्रयोग गर्नु पर्ने बताउँछिन्।

संविधानले महिला अनिवार्य नगरेको भए महिलाको सहभागिता तुलनात्मक हिसाबमा निकै कम हुने भन्दै उनले भनिन्, ‘संविधानले महिला अनिवार्य भन्नुभन्दा अगाडि महिला सहभागिता नगराउन त भनेको थिएन तर महिलाले अवसर पाउन कठिन थियो।’

उनले थपिन, ‘पद तल्लो माथिल्लो भन्ने भन्दा पनि यो देखाउने अवसर हो, यसैपनि काम गर्नेको लागि पद आवस्यक हुँदैन।’ कतिपय महिला जनप्रतिनिधिले चाहेर पनि पार्टीले प्रमुख पदको लागि बन्चित गराएको गुनासो गर्दै आएको छन्।

उपाध्यक्ष आचार्य प्रमुखको भन्दा उपप्रमुखकै कामकारपवाही बढी रहेको बताउछिँन्। ‘अनुगमन गर्ने हो भने उपप्रमुखको काम धेरै बढी थपिरहेको छ, कमजोर कसरी हुन्छन महिलारु जिम्मेवारी पाएकै छैन भने कसरी सम्हाल्न सक्दैनन् भन्नेरु’ उनले थपिन्, ‘पार्टीले विश्वास गरेन भनेपनि अहिले गरिरहेको कामबाट आफ्नो बाटो पहिल्याउन सक्यौं भने भोलि जनताले महिलालाई नै पो चुन्छन कि?

जनताले मत दिएर जिम्मेवारी दिए पनि महिला जनप्रतिनिधिलाई काम गर्न त्यती सहज नभएको गुनासो आउने गरेका छन्। कार्यालय भित्र आफ्नै सहकर्मी साथीभाइदेखि सेवाग्राहीले समेत होच्चाउने, अटेरी गर्ने गरेको महिला जनप्रतिनिधिको अनुभव छ। ‘काम गर्न कठिन छ, महिलाले अर्काले दिएकै काम गर्नुपर्ने चलन भएको छ। तर महिलाले आफ्नो कमजोरी र अधिकारलाई बुझेर अगाडि बढ्नुपर्छ।’ आचार्यले भनिन्, ‘सेवाग्राहीले समेत फरक छुट्टाउछन्, हामी महिला कार्यालयमा छौं भने हामीलाई आदार गर्दैनन् तर सँगै उभिएको कार्यालय सहयोगी पुरुषलाई नै गन्नेमान्ने ठान्नुहुन्छ, यसको मतलब हामीलाई मानेनन् भन्ने होइन, पछाडि छोड्ने प्रवृत्ति बाँकि छ।’

समाजमा महिला जनप्रतिनिधि जोडिए सँगै महिला वर्गको लागि गरिने कामकारवाही काँचुली फेरेको पाइन्छ। महिला जनप्रतिनिधि भएकै कारण आफूलाई सेवा प्राप्त गर्न, समस्या बताउन सहज भएको महिला वर्गले बताउने गरेका छन्। दुप्चेश्वर गाँउपालिकाले पनि महिलाको क्षमता विकास, सुशासनका लागि विविध कार्य गर्दै आएको उपाध्क्ष आचार्य बताउँछिन।

‘दुप्चेश्वर गाँपालिकाले महिलालाई मध्यनजर गरेर लैङ्गिक समानता सामाजिक समावेशिकरण तयार पारेको छ, जसमा टेकेर काम गर्दा महिला, पिछडिएकोको वर्ग र आर्थिक रुपमा कमजोर भएकालाई ध्यान दिने गरेको छ,’ उपाध्यक्ष आचार्यले भनिन्। दुप्चेश्वर गाँउपालिकाले नुवाकोटमा पहिलो संस्थागत सुत्केरी अभियान सुरु गरेको कार्यलाइ महिलाको लागि गरिएको उदाहरणीय काम मान्छिन् उनी।

‘गर्भवती महिलाको घरमा झण्डा र हातमा अण्डा लिएर हामीले अभियान सुरु गरेबाट उच्च स्तरमा दुप्चेश्वर गाँउपालिका रहेको छ, दाश्रो वर्षमा संस्थागत सुत्केरी हुने २८ प्रतिशत रहेको थियो भने यो बर्ष बढेर ५४ प्रतिशत पुगेको छ,’ उनले भनिन्, ‘यस्ता कामलाई नै हामीले उपलब्धि मान्ने गरेका छौं।’ चझ

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares