Friday, April 19
Shadow

चीनमा कोरोनाको समाचार लेख्ने पत्रकार लाई चार वर्ष जेल


  • -इ
  • इ+

काठमाण्डौँ, पुष १३।

चीनको वुहानबाट फैलिएको कोरोना भाइरसबारे थुप्रै तथ्य सार्वजनिक गर्ने एकजना ‘सिटजन जर्नालिस्ट’लाई चिनियाँ सरकारले चार वर्ष जेल सजायँ सुनाएको छ। झाङ झान नामकी उनी पत्रकारका साथै वकिल पनि हुन्। उनलाई ‘झगडा गर्ने’ र ‘समस्या उक्साउने’ आरोप लगाइएको छ।

यसअघि मे महिनामा उनलाई प्रहरीले हिरासतमा लिएको थियो, उनले यसविरुद्ध भोकहड्ताल गरेकी थिइन्। झाङका वकिलका अनुसार उनको स्वास्थ्यस्थिति खराब छ।

झाङले कोरोना भाइरसबारे जब लेख्न थालिन् तब उनी संकटमा परेकी हुन्। चीनमा कोरोनाका विषयमा सरकारले लिएको नीतिमाथि प्रश्न गर्नेमाथि कारवाही हुँदै आएको छ।

झाङ सोमबार आफ्नो वकिलसँगै सांघाई अदालत पुगेकी छन्। अभियोग अनुसार उनी फेब्रुअरीमा कोरोनाको स्वतन्त्र रिपार्ट गर्न वुहान पुगेकी थिइन्।

उनले वुहानबाट थुप्रै भिडियो र रिपोर्ट सार्वजनिक गरेकी थिइन्। ती रिपोर्ट तथा भिडियोहरु सोसल मिडियामा निकै रुचाइएको र सेयर गरिएको थियो। सोही क्रियाकलापमा सरकारको नजर परेको र उनलाई दोषी करार गरिएको हो। मानवअधिकारसँग जोडिएको एक चिनियाँ एनजीओका अनुसार झाङले आफ्नो रिपोर्टमा स्वतन्त्र पत्रकारलाई हिरासतमा राख्ने र यातना दिने कुरा उल्लेख गरेकी थिइन्।

झाङ गत मे १४ तारिखदेखि बेपत्ता थिइन्। बेपत्ता भएको भोलिपल्ट उनलाई सांघाई प्रहरीले हिरासतमा लिएको थाहा भएको थियो। सांघाई वुहानबाट ६४० किलोमिटर टाढा पर्छ।

नोभेम्बर महिनामा झाङविरुद्ध औपचारिक रुपमै आरोप लगाइएको थियो। उनले विभिन्न मिडिया प्लेटफर्ममा टेक्स्ट, भिडियोका माध्यमबाट गलत सूचना फैलाएको आरोप लगाइएको छ।
९एनबीटी०

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares