Monday, August 10
Shadow

Author: Interview Nepal

संसद् विघटनविरुद्ध नागरिक समूहकाे माइतीघरमा  डम्फूसहितको सांस्कृतिक बिराेध

संसद् विघटनविरुद्ध नागरिक समूहकाे माइतीघरमा डम्फूसहितको सांस्कृतिक बिराेध

ब्यानर समाचार 2, राजनिती, समाज
  काठमाण्डौँ, पुष १३ संसद् विघटनविरुद्ध बृहत नागरिक समूहले‍ सोमबार माइतीघरमा सोमबार डम्फूसहितको प्रस्तुति गरेर कोणसभाको आयोजना गरेको छ। समूहको साताव्यापी विरोध कार्यक्रम स्वरुप सोमबार विभिन्न सचेत बौद्धिक, लेखक, कवि, कलाकार एवं नागरिकले डम्फूसहित प्रदर्शन गरेको हो। यसअघि बृहत् नागरिक आन्दोलनले समूहले संसद् विघटन गर्ने प्रधानमन्त्री केपी ओलीको कदमलाई प्रतिगामी र गैरसंवैधानिक भन्दै शनिबार माइतीघर मण्डलमा शंख फुकेर प्रदर्शन गरेको थियो।...
प्रधानमन्त्री केपी शर्मा ओलीकाे  पराजय  यात्रा सुरु भयाे: प्रचण्ड

प्रधानमन्त्री केपी शर्मा ओलीकाे  पराजय  यात्रा सुरु भयाे: प्रचण्ड

ब्यानर समाचार 2, राजनिती
काठमाण्डौँ, पुष १३। नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल  प्रचण्डले संसद विघटन गरेर प्रधानमन्त्री केपी शर्मा ओली पक्षकाे  पराजय  यात्रा सुरु भएकाे बताएका छन। जनसंस्कृतिक महासंघले सोमबार गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले ओली पक्षले पराजय र अाफ्नाे पक्षकाे विजय यात्रा सुरू गरेकाे दावी गरेका हुन। प्रधानमन्त्रीले कलंकको टीका लगाएको भन्दै ओलीकाे मपाइत्व धेरै नटिक्ने दाहालले बताए। सामन्ती शासक श्री ३ महाराजधिराज जंगेको बाटोमा हिँडेको समेत बताएका दाहालले प्रधानमन्त्री केपी शर्मा ओलीकाे पछाडि लागेर अाफु कमजाेर भएकाे बताए।...
पछिल्लो २४ घण्टामा ६५९ संक्रमित थपिए

पछिल्लो २४ घण्टामा ६५९ संक्रमित थपिए

ब्यानर समाचार 2, समाचार, स्वास्थ्य
काठमाण्डौँ, पुष १३ पछिल्लो २४ घण्टामा नेपालमा ६ सय ५९ जना कोरोना संक्रमित थपिएका छन्। यो सँगै कुल संक्रमितको संख्या २ लाख ५८ हजार ८ सय ४० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। गत २४ घण्टामा ५ हजार ५ सय ७८ जनाको पिसिआर परीक्षण गर्दा ६ सय ५९ जनामा कोरोना पुष्टि भएको छ। यो सँगै नेपालमा पिसिआर परीक्षण हुनेको संख्या १९ लाख १५ हजार २ सय ३२ पुगेको छ। सोमबार थप ७ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो सँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ८ सय ३२ पुगेको मन्त्रालयले जनाएको छ। हाल ३ सय ६९ जना क्वारेन्टाइनमा छन्। शनिबार मात्र ७ सय १८ जना उपचारपछि डिस्चार्ज भएका छन्। यो सँगै नेपालमा निको हुनेको संख्या २ लाख ५० हजार ५ सय ८१ पुगेको मन्त्रालयले जनाएको छ।...
चीनमा कोरोनाको समाचार लेख्ने पत्रकार लाई चार वर्ष जेल

चीनमा कोरोनाको समाचार लेख्ने पत्रकार लाई चार वर्ष जेल

अन्तर्राष्ट्रिय, मुख्य समाचार
काठमाण्डौँ, पुष १३। चीनको वुहानबाट फैलिएको कोरोना भाइरसबारे थुप्रै तथ्य सार्वजनिक गर्ने एकजना ‘सिटजन जर्नालिस्ट’लाई चिनियाँ सरकारले चार वर्ष जेल सजायँ सुनाएको छ। झाङ झान नामकी उनी पत्रकारका साथै वकिल पनि हुन्। उनलाई ‘झगडा गर्ने’ र ‘समस्या उक्साउने’ आरोप लगाइएको छ। यसअघि मे महिनामा उनलाई प्रहरीले हिरासतमा लिएको थियो, उनले यसविरुद्ध भोकहड्ताल गरेकी थिइन्। झाङका वकिलका अनुसार उनको स्वास्थ्यस्थिति खराब छ। झाङले कोरोना भाइरसबारे जब लेख्न थालिन् तब उनी संकटमा परेकी हुन्। चीनमा कोरोनाका विषयमा सरकारले लिएको नीतिमाथि प्रश्न गर्नेमाथि कारवाही हुँदै आएको छ। झाङ सोमबार आफ्नो वकिलसँगै सांघाई अदालत पुगेकी छन्। अभियोग अनुसार उनी फेब्रुअरीमा कोरोनाको स्वतन्त्र रिपार्ट गर्न वुहान पुगेकी थिइन्। उनले वुहानबाट थुप्रै भिडियो र रिपोर्ट सार्वजनिक गरेकी थिइन्। ती रिपोर्ट तथा भिडियोहरु सोसल मिडियाम...
काठे भाकामा आधारित रत्यौली गित “ ए है सुड्डी ” सार्वजनिक

काठे भाकामा आधारित रत्यौली गित “ ए है सुड्डी ” सार्वजनिक

भिडियाे, मनोरञ्जन, साहित्य/कला
महेन्द्र अधिकारी/ललितपुर, पुष १३ पछिल्लो समयको सांगितिक बजारमा नेपाली लोक गित संगित चर्चा परिचर्चामा रहेको छ । समस्त लोक दोहोरी गित सबै दर्शक स्रोताको नजरमा लोकप्रिय भन्दै गएका छन् । नेपाली गीत संगीतको क्षेत्रमा एकपछि अर्को गर्दै निकै उत्कृष्ट गीत संगीत बजारमा आइरहेका छन् । यसै सन्दर्भमा लोक दोहोरी गायक राजेन्द्र भण्डारी र गायिका गिता देबि को “ ए है सुड्डी ” बोलको गित बजारमा सार्वजनिक भएको छ। “ ए है सुड्डी ” बोलको गितमा राजेन्द्र भण्डारी र गिता देबि को स्वर रहेको छ । यो गीतमा शब्द संगीत गायक राजेन्द्र भण्डारी ले संकलन गरेका छन् भने यस गितलाई साउन्ड मिक्सिङ्ग तुलसी पुन ले गरेका छन् । “ ए है सुड्डी ” बोलको गीतमा सुरेश श्रेष्ठ ले सिनेमाटोग्राफर गरेका हुन् भने सम्पादन,कलर प्रकाश धमलाले गरेका छन् । यो काठे रत्यौली लोक दोहोरी भाकालाई म्युजिक बैंक रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको हो । ...
बढ्यो सुनको मुल्य

बढ्यो सुनको मुल्य

आर्थिक, मुख्य समाचार, समाचार
काठमाण्डौं, पुष १३ स्थानीय बजारमा सोमबार सुनको मूल्य प्रतितोला ७ सय रुपैयाँले बढेको छ । शुक्रबार र आइतबार  स्थिर रहेको सुनको धातुको मूल्यमा आज एकैपटक वृद्धि भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार ९४ हजार २ सय रुपैयाँ रहेको छापावाला सुनको मूल्य आज प्रतितोला ९४ हजार ९ सय रुपैयाँ पुगेको छ । यस्तै, आइतबार प्रतितोला ९३ हजार ७ सय रुपैयाँमा कारोबार भएको तेजाबी सुन आज ९४ हजार ४ सयमा कारोवार भएको छ ।  ...
महिला कर्मचारिलाई सेवाग्राहीले समेत फरक छुट्टाउछन: उपाध्यक्ष आचार्य

महिला कर्मचारिलाई सेवाग्राहीले समेत फरक छुट्टाउछन: उपाध्यक्ष आचार्य

ब्यानर समाचार, मुख्य समाचार, राजनिती, समाचार, स्थानिय तह
  काठमाण्डौँ, पुष १३। २०७२ सालमा जारी भएको संविधान अनुसार मुलुकभर महिलाको सहभागिता बढेको छ। संविधानले हरेक स्थानीय तहमा प्रमुख, उपप्रमुख मध्ये एक महिला अनिवार्य गरेको थियो। त्यसपछि महिला सहभागिता बढ्यो तर प्रमुख पदमा भन्दा उपप्रमुख पदमा नै महिलाको सहभागिता बढी देखियो। यद्यपि संविधानले ताकेता गरेअनुसार अधिकार पाउन नसकेको कतिपय महिला जनप्रतिनिधिको गुनासो आइरहेको बेलामा नुवाकोट दुप्चेश्वर गाँउपलिकाकी उपाध्यक्ष अन्जु आचार्य भने महिलाले पद पाइएन भन्ने गुनासो गर्नु भन्दा यसलाई आफ्नो क्षमता देखाउने अवसरको रुपमा प्रयोग गर्नु पर्ने बताउँछिन्। संविधानले महिला अनिवार्य नगरेको भए महिलाको सहभागिता तुलनात्मक हिसाबमा निकै कम हुने भन्दै उनले भनिन्, ‘संविधानले महिला अनिवार्य भन्नुभन्दा अगाडि महिला सहभागिता नगराउन त भनेको थिएन तर महिलाले अवसर पाउन कठिन थियो।’ उनले थपिन, ‘पद तल्लो माथ...
‘प्रतिनिधिसभा विघटनमा सिङ्गो नेकपा जिम्मेवार छ’ : गगन थापा

‘प्रतिनिधिसभा विघटनमा सिङ्गो नेकपा जिम्मेवार छ’ : गगन थापा

ब्यानर समाचार, राजनिती, समाचार
काठमाण्डौँ, पुष १३ नेपाली कांग्रेसका युवा नेता गगन थापाले प्रतिनिधिसभा विघटनको मुख्य दोषी सत्तारुढ दल नेकपा नै भएको बताएका छन् । गत पुष ५ गते प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गरे पछि देशव्यापी विरोध भइरहेका बेला नेता थापाले यस्तो बताएका हुन् । नेता थापाले राष्ट्रपति र प्रधानमन्त्री मिलेर प्रतिनिधिसभा विघटन गर्दै राजनीतिक अपराध गरेको समेत आरोप लगाएका छन् । उनले आफ्नो घरझगडा मिलाउन नसक्ने प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गरेर प्रतिगमनकारी कार्य गरेको र यो देश र जनताको मर्म विपरित भएको समेत बताएका छन् । प्रतिनिधिसभा विघटनविरुद्ध आज नेपाली कांग्रेसले देशभर प्रदर्शन गरिरहेको छ । प्रतिनिधिसभा विघटन भएपछि नेपाली कांग्रेसले यसको विरोध गर्दै आएको छ । यसैक्रममा आज देशभर प्रदर्शन गरिरहेको हो । नेता थापाले आज नेपालगंजको विरोध कार्यक्रममा सम्बोधन गरिरहेका छन् ।...
धनी बन्ने भन्दै ११ वर्षका बालकलाई दिए बलि

धनी बन्ने भन्दै ११ वर्षका बालकलाई दिए बलि

Uncategorized, समाज
  काठमाण्डौँ, पुष १३। भारतको अलवरस्थित नावली गाउँमा अन्धविश्वासका कारण ११ वर्षका बालकलाई बलि दिइएको छ । बालकको शव आईतवार विभत्सरुपमा फेला परेको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् । उनको नाक, कान काटिएको अवस्थामा शव भेटिएको थियो । आँखामा काजल लगाइएको थियो । पिता रघुवीर बैरवाले पुलिससँग गाउँमा ढोंगी बाबा कालू बैरवासमेत अन्य मानिसविरुद्ध केस दर्ता गराएका छन् । बालक शनिवार घरबाट बेपत्ता भएका थिए । भोलिपल्ट बालकको शव क्षतविक्ष्८ात अवस्थामा भेटिएको थियो । अहिले घटनाको बारेमा अनुसन्धान भइरहेको बताइएको छ ।...
संसद् विघटनको विरुद्ध नुवाकोट कांग्रेसको विरोध प्रदर्शन

संसद् विघटनको विरुद्ध नुवाकोट कांग्रेसको विरोध प्रदर्शन

ब्यानर समाचार, राजनिती, समाचार, स्थानिय तह
काठमाण्डौँ, पुष १३ संसद् विघटनको विरुद्धमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले देशभर विरोध प्रदर्शन गरेको छ । संसद् विघटन गरेर मध्यावधि निर्वाचन गर्ने प्रधानमन्त्री केपी शर्माओलीको कदमलाई असंवैधानिक भनेको कांग्रेसले आज देशभरका १६५ वटै निर्वाचन क्षेत्रमा प्रदर्शन गरेको हो । सोहि क्रममा नुवाकोटमा पनि नेपाली कांग्रेसले विरोध प्रदर्शन गरेको छ । सोमवार नेपाली कांग्रेसका केन्द्रिय सदस्य अर्जुननरसिंह केसीको उपस्थीतिमा विरोध सभा सम्पन्न भएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै नेता केसीले, प्रधानमन्त्री ओलीको एकल निर्णय आफैँमा असंवैधानिक र अमान्य भएको बताए । कार्यक्रममा नेपाली कांग्रेस केन्द्रिय सदस्य बहादुर सिंह लामा, जिल्ला सभापति जगदिश्वरनरसिंह केसी लगाएतका नेताहरुले प्रधानमन्त्री ओलीको निर्णयको विरोध जनाएका छन् । ...