Monday, August 10
Shadow

Author: Interview Nepal

मंगलबार फेरि घट्यो सुनको भााउ,हेर्नुस कती छ मूल्य?

मंगलबार फेरि घट्यो सुनको भााउ,हेर्नुस कती छ मूल्य?

आर्थिक
  काठमाडौं, पुस १४ साेमबार ८ सय रूपयाँले बढेकाे सुनकाे सुनको मूल्य  मंगलबार तोलामा ८ सय रुपैयाँ घटेको छ । मंगलबार सुन तोलाको ९४ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रबारको मूल्यमा आइतबार स्थिर रहँदै सुन तोलाको ९४ हजार रुपैयाँमा कारोबार भएको थियो । चाँदीको मूल्य पनि मंगलबार तोलामा १५ रुपैयाँ घटेको छ । चाँदी तोलाको १३ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।...
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेट्दै चिनियाँ टाेली

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेट्दै चिनियाँ टाेली

ब्यानर समाचार, राजनिती
काठमाडौं, पुस १४ नेपाल भ्रमणमा रहेको चिनियाँ टाेलिले  नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग गर्दै छ। अाज देउवालाई भेट्न चिनियाँ टोली देउवा निवास बुढानिलकण्ठ पुगेको हुन। टोलीले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल एवं जनता समाजवादी पार्टी जसपाका संघीय परिषद् अध्यक्ष डाक्टर बाबुराम भट्टराईसँग भेट भेट गरिसकेकाे छ। चिनियाँ कम्युनिष्ट पार्टीको अन्तराष्ट्रिय विभागका उपमन्त्री गुओ येचौ नेतृत्वको टोलीले नेपालको पछिल्लो विकसित राजनीतिक घटनाक्रमबारे नेपाली कांग्रेसको धारणा बझ्न नेपाल अाएका हुन।...
नेपालमा नयाँ व्यवस्था आउन सक्ने स्टेपहरु यस्तो देखिन्छ : ए.पी शर्मा

नेपालमा नयाँ व्यवस्था आउन सक्ने स्टेपहरु यस्तो देखिन्छ : ए.पी शर्मा

राजनिती, विचार, समाचार
काठमाण्डौँ, पुष १४ काठमाण्डौँ, पुष १४ असंवैधानिक रुपमा प्रतिनिधि सभा भंग गर्ने मन्त्रिपरिषद्को सिफारिसलाई राष्ट्रपतिले समेत लालमोहर लगाएपछि त्यसको सर्वत्र विरोध भइरहेको छ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीकै सांसदहरू सरकारको यो कदमको बिरोधमा छन् भने सोमबार यस विषयमा नेकपाको छुट्टाछुट्टै गुट भेला सम्पन्न भयो । सोमबार नै प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले सर्वदलीय बैठकको आह्वान समेत गर्यो । असंवैधानिक रुपमा प्रतिनिधि सभा भंग गरे संगै प्रधानमन्त्रि के.पि. शर्माको विभिन्न पुत्ला दहन समेत गरिएको छ । यसै विषयलाई विरोध गर्दै आइतबार संसद विघटनको निर्णय विरूद्धमा सर्वोच्च अदालतमा १३ वटा रिट समेत दर्ता भएको छ । संसद विघटन गर्ने सरकारको कदमविरुद्ध बिज्ञहरुले आ आफनै किसिमले विश्लेषण समेत गर्दै आएका छन , यसै विचमा प्रधानमन्त्रिको कदम आफ्नै निमिक्त घातक भएको भन्दै राजनितिक विश्लेषक एपी श...
राष्ट्रिय प्रजातन्त्र पार्टी  (राप्रपा) ले पनी उपत्यकामा आन्दोलन गर्ने

राष्ट्रिय प्रजातन्त्र पार्टी  (राप्रपा) ले पनी उपत्यकामा आन्दोलन गर्ने

राजनिती
  काठमाडौं, पुस १४  राष्ट्रिय प्रजातन्त्र पार्टी  (राप्रपा) ले पुस १७ गते उपत्नयकामा प्रदर्शन गर्ने भएकाे  छ। देशमा बढ्दै गएको अनियमितता, अराजकता र भ्रष्टाचार तथा सर्वसत्तावादलाई परास्त गर्न आन्दोलनको अर्को विकल्प नभएको पार्टीका नेता मोहन श्रेष्ठले बताएका छन्। नेता मोहन श्रेष्ठले दिएको   हिन्दुराष्ट्र र राजसंस्थासहित लोकतन्त्र र संघीयताको विकल्पमा सुदृढ स्थानीय स्वायत्त शासन प्रणाली हुनुपर्ने माग राप्रपाले राख्दै आएको पनि बताए। हालै बसेको राप्रपा केन्द्रीय कार्यसम्पादन समिति बैठकले पार्टीले लिएका एजेन्डा लिएर आन्दोलन तथा प्रदर्शनमा जाने निर्णय गरेको उनको भनाइ छ।...
आजबाट खुला भयो सवारी चालक अनुमतिपत्रका लागि अनलाइन फारम

आजबाट खुला भयो सवारी चालक अनुमतिपत्रका लागि अनलाइन फारम

मुख्य समाचार, समाचार, समाज
काठमाडौं, पुस १४ । कारोना महामारी सुरु भएपछि बन्द गरिएको सवारी चालक अनुमतिपत्रका लागि अनलाइन फारम आजबाट खुला भएको छ । सरकारले गत चैतदेखि सवारी चालक अनुमति पत्र वितरण प्रक्रिया रोकेको थियो । स्वास्थ्य सुरक्षाका सबै मापदण्ड पूरा गरेर आजदेखि सातै प्रदेशमा सवारीचालक अनुमतिपत्रका लागि अनलाइन फाराम खुला गरिएको यातायात विभागका निर्देशक डा।लोकनाथ भुसालले जानकारी दिनुभयो । लकडाउन अगाडि लिखित परिक्षा दिएर पनि ट्रायल दिन नपाएका परीक्षार्थीको चाँडै ट्रायल परीक्षा लिने विभागले जनाएको छ । यसको लागि विभागले आन्तरिक तयारी गरीरहेको र कानुनी जटिलता समाधान भएसँगै ट्रायल लिने विभागले जनाएको छ । उपत्यकामा चारसहित देशभर विभागका १७ कार्यालयबाट अनुमतिपत्र वितरण, नवीकरण गरिँदै आएको छ । हाल मोटरसाइकलमा दैनिक १ सय, स्कुटर र चारपाङग्रे सवारीमा ५०र५० गरी कुल २ सयले अनलाइन आवेदन दिन पाउने व्यवस्था गरिएको छ । य...
साउदी अरबकी महिला अधिकारकर्मीलाई जेल सजायको फैसला

साउदी अरबकी महिला अधिकारकर्मीलाई जेल सजायको फैसला

अन्तर्राष्ट्रिय, मुख्य समाचार
काठमाडौं, पुस १४ । साउदी अरबकी एक प्रख्यात महिला अधिकारवादी लुजैना अल-हथलुललाई जेल सजाय सुनाइएको छ। उनले महिलाहरूले सवारी हाँक्न पाउने अधिकारको वकालत समेत गरेकी थिइन। ३१ वर्षकी हथलुलले हालसम्म साढे दुई वर्षभन्दा बढी जेल जीवन बिताइसकेकी छन्। उनीसहित केही अधिकारवादीहरूलाई साउदी अरबविरुद्ध रहेको ठानिएका संस्थाहरूसँग सम्पर्क गरेको आरोपमा सन् २०१८ मा पक्राउ गरिएको थियो। अन्तर्राष्ट्रिय मानवअधिकारवादी संस्थाहरूले पटक(पटक उनलाई रिहा गर्न माग गर्दै आएका छन्। तर सोमवार आतङ्कवादविरुद्धको अदालतले राष्ट्रिय सुरक्षामा क्षति पुर्‍याउन खोजेको र देशमा विदेशी मुद्दाहरूलाई अघि बढाएको आरोपमा उनलाई दोषी ठहर गरेको छ। उनलाई पाँच वर्ष आठ महिनाको जेल सजाय सुनाइएको हो। दुई वर्ष १० महिनाको सजाय भने रद्द गरिएको बताइएको छ। हथलुल र उनको परिवारले भने सबै अभियोग अस्वीकार गरेका छन्। उनलाई जेलमा यातना दिइए...
पीएम कपमा आज समूह ‘बी’का दुई खेल हुँदै

पीएम कपमा आज समूह ‘बी’का दुई खेल हुँदै

खेलकुद
काठमाडौं, पुस १४ । प्रधानमन्त्री कप महिला राष्ट्रिय टि–ट्वान्टी क्रिकेट अन्तर्गत आज (मंगलबार) दुई खेलहरु हुँदैछन् । दाङको लमही स्थित देउखुरी क्रिकेट मैदानमा आज हुने पहिलो खेलमा सुदूरपश्चिम प्रदेशले गण्डकी प्रदेशसँग प्रतिस्पर्धा गर्नेछ । खेल बिहान ९ बजेबाट सुरु हुनेछ । आजको खेलमा दुबै टोली जित निकाल्दै प्रतियोगितामा आफूलाई बलियो बनाउने योजनामा हुनेछन् । तुलनात्मक रुपमा सुदूरपश्चिम गण्डकी प्रदेशभन्दा बलियो टोली हो । त्यसैले आजको खेल रोमाञ्चक हुने छ । आज नै हुने दोस्रो प्रदेश १ र वागमती प्रदेशबीच प्रतिस्पर्धा हुनेछ । दुई टोलीबीचको खेल नेपाली समयअनुसार दिउँसो २ बजे सुरु हुनेछ । आजको खेलमा दुबै टोली जित निकाल्दै २ अंक आफ्नो पक्षमा पार्ने योजनामा हुनेछन् । नेपाली राष्ट्रिय टोलीकी कप्तान रुविना क्षेत्रीको कप्तानीमा रहेको प्रदेश १ उपाधि दावेदारको रुपमा हेरिएको छ ।...
दाङमा जीपको ठक्करबाट पैदल यात्रीको मृत्यु

दाङमा जीपको ठक्करबाट पैदल यात्रीको मृत्यु

मुख्य समाचार, समाचार, समाज, स्थानिय तह
काठमाडौं, पुस १४ । दाङको देउखुरीमा जीपले ठक्करबाट एक पैदल यात्रीको मृत्यु भएको छ । लमही नगरपालिका ५ नर्तीमा लु२च ५६६४ नम्बरको जीपले सोमबार बेलुकी ठक्कर दिँदा पैदल यात्री प्युठानको मल्लरानी गाउँपालिका ५ का ३७ वर्षीय गोकर्ण बुढाथोकीको ज्यान गएको हो । जिल्ला प्रहरी कार्यालय दाङका अनुसार जीपको ठक्करबाट गम्भीर घाइते बुढाथोकीको उपचारका क्रममा लमही अस्पतालमा सोमबार राति ज्यान गएको हो ।...
सभामुख सापकोटा र चिनियाँ प्रतिनिधिमण्डलबीच भेटवार्ता

सभामुख सापकोटा र चिनियाँ प्रतिनिधिमण्डलबीच भेटवार्ता

मुख्य समाचार, राजनिती
काठमाडौं , पुस १४। प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटा र नेपाल भ्रमणमा रहेको चिनियाँ कम्युनिष्ट पार्टीको अन्तराष्ट्रिय विभागका उपमन्त्री क्वो ये चौसहितको प्रतिनिधिमण्डलबीच भेटवार्ता गरेको छ । सभामुखको निवास लैनचौरमा भएको भेटमा नेपाल र चीनको द्विपक्षीय हित र चासोका विविध आयामका बारेमा छलफल भएको सभामुख सापकोटाका प्रेसविज्ञ श्रीधर न्यौपानेले जानकारी दिनुभयो । सभामुख सापकोटालाई उपमन्त्री क्वो ये चौले चिनियाँ नेशनल कांग्रेसका प्रमुखले पठाउनुभएको सन्देश हस्तान्तरण गर्नुहुँदै आगामी दिनमा दुई देशको संसद्बीचको सम्बन्धलाई थप प्रगाढ बनाउने बताउनुभएको थियो । सभामुख सापकोटाले दुई देशबीचको जनस्तरकोे सम्बन्धलाई बढावा दिन जनप्रतिनिधिमूलक संस्थाको भूमिका महत्वपूर्ण हुने भन्दै त्यसका लागि आफ्नोतर्फबाट सदैव तयार रहेको बताउनुभएको थियो । कोरोनाको प्रभाव कम हुने बित्तिकै एक अर्का देशमा भ्र...
संसदविघटनविरुद्ध आज प्रचण्ड-माधव समूहकोे देशभर जनप्रदर्शन, यस्तो छ जुलुसको रुट

संसदविघटनविरुद्ध आज प्रचण्ड-माधव समूहकोे देशभर जनप्रदर्शन, यस्तो छ जुलुसको रुट

ब्यानर समाचार 2, मुख्य समाचार, राजनिती
काठमाडौं , पुस १४ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड-माधव नेपाल समूहले संसद विघटनको विरोधमा आज देशभर विरोध प्रदर्शन गर्दैछ । उक्त समूहले राजधानी काठमाडौंसहित देशभर प्रदर्शन गर्ने जनाएको छ । बिहान ११ बजेदेखि काठमाडौं उपत्यकाका विभिन्न क्षेत्रबाट जुलुस सुरु हुने प्रचण्ड(नेपाल समूहले जनाएको छ । काठमाडौंमा उक्त समूहको जुलुस टेकु, कुपन्डोल, नयाँबानेश्वर, लैनचौर, नक्शाल, रत्नपार्कबाट मजदुर, त्रिचन्द्र क्याम्पस अगाडिबाट विद्यार्थी र प्रदर्शनीमार्गबाट युवाहरूको जुलुस निस्किने छ । सबै जुलुस भृकुटीमण्डपमा जम्मा हुने र शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । प्रदर्शनीमार्गमा हुने विरोधसभालाई पार्टीका अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल लगायत शीर्षस्थ नेताहरुले सम्बोधन गर्नुहुनेछ । जुलुसमा तोकिएका नारा मात्रै लगाउन र अनुशासित र मर्यादित हुन नेकपाले अपिल...