Wednesday, May 15
Shadow

Author: Interview Nepal

अमेरिकी राष्ट्रपति जो बाइडेनले लगाए कोरोना खोप

अमेरिकी राष्ट्रपति जो बाइडेनले लगाए कोरोना खोप

अन्तर्राष्ट्रिय, मुख्य समाचार
काठमाण्डौ, पुस ७ । अमेरिकामा अहिलेसम्म पाँच लाखभन्दा धेरै अमेरिकीले खोप लगाइसकेका बीबीसीमा उल्लेख छ । कोरोना भाइरसको महामारीका कारण सबैभन्दा प्रभावित भएको अमेरिकामा सङ्क्रमितको संख्या एक करोड ८४ लाखभन्दा बढी छ । यस्तै अहिलेसम्म तीन लाख २६ हजारको ज्यान गएको छ । यसैबीच अमेरिकाको राष्ट्रपतिमा नवनिर्वाचित जो बाइडेनले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् । बाइडेनले फाइजर–बायोएनटेकले बनाएको खोप लगाएका हुन् । खोप लगाउनु सुरक्षित रहेको भन्ने सन्देश सर्वसाधारणमा प्रवाह गर्नका लागि आफूले सार्वजनिक रुपमा खोप लगाएको बाइडेनको प्रतिक्रिया छ । डेलवरको नेवार्कमा खोप लगाएका बाइडेनले खोपलाई लिएर चिन्ता गर्नु नपर्ने बताएका छन् । बाइडेनकी श्रीमती डा जिल बाइडेनले पनि खोपको लगाएकी छन् । उपराष्ट्रपतिमा निर्वाचित कमला ह्यारिस र उनका श्रीमान डग एमहोफले पनि आउँदो हप्ता खोपको पहिलो डोज लिने तयारी छ ।साथै राष्ट...
कमल थापा भन्छन् -दलहरूको गठबन्धन ‘घोडा व्यापार’ हो, ताजा जनादेशमा जाऔं

कमल थापा भन्छन् -दलहरूको गठबन्धन ‘घोडा व्यापार’ हो, ताजा जनादेशमा जाऔं

मुख्य समाचार, राजनिती
काठमाडौं , पुस ७ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले ताजा जनादेशमा जानुपर्ने धारणा राखेका छन् । मंगलबार बिहानै सामाजिक सञ्जालमा लेख्दै उनले भ्रष्ट नेतृत्वको मुक्तिका लागि ताजा जनादेशमा जानु उत्तम विकल्प र अवसर भएको धारणाा राखेका हुन् । सामाजिक सञ्जालमार्फत आफ्ना धारणा राखेका उनले केपी ओली कदमविरुद्ध राजनीतिक दलहरुले गरिरहेका छलफल र बनाइरहेका गठबन्धनलाई घोडा व्यापारको संज्ञा दिए । थापाले भने, ‘संसद विघटनको वैधानिकताको परीक्षणरनिरुपणरव्याख्या सर्वोच्च अदालतले गर्ने नै छ तर घोडा व्यापार र फोहरी गठवन्धन बनाएर ब्रह्मलुट र कुशासनको दोस्रो श्रृङ्खला सुरूगर्नुभन्दा विगतको गलत अवधारणा र मार्गचित्र सच्याउन र भ्रष्ट नेतृत्वबाट मुक्तिकोलागि ताजा जनादेशमा जानु उत्तम विकल्प र अवसर हो ।...
कोरोना कहरः विश्वभर थपिए ५ लाख ११ हजार संक्रमित, मृत्यु कति ?

कोरोना कहरः विश्वभर थपिए ५ लाख ११ हजार संक्रमित, मृत्यु कति ?

अन्तर्राष्ट्रिय, मुख्य समाचार, समाचार
काठमाडौं , पुस ७ । पछिल्लो २४ घण्टामा विश्वभर ५ लाख ११ हजार संक्रमित थपिएका छन् । यस्तै सोही अवधिमा ४ लाख ६९ हजारले कोरोना जितेका छन् । योसँगै हालसम्म कोरोना निको हुनेको संख्या ५ करोड ४५ लाख ६१ हजार पुगेको छ । त्यस्तै, हालसम्म विश्वभर कोरोना संक्रमण पुष्टि हुनेको संख्या ७ करोड ७६ लाख ८४ हजार नाघेको छ । हाल विश्वभर २ करोड १४ लाख १४ हजार सक्रिय संक्रमित रहेका छन् भने एक लाख ६ हजारबढीको अवस्था गम्भीर रहेको वर्ल्डो मिटरले जनाएको छ । कोरोना भाइरसको संक्रमणबाट विश्वभर मृत्यु हुनेको संख्या १७ लाख नाघेको छ । वर्ल्डो मिटरको आँकडा अनुसार पछिल्लो २४ घण्टामा थप ८ हजार ७१८ को मृत्यु भएसँगै मृतकको संख्या १७ लाख ८ हजार २२९ जना पुगेको हो ।...
निर्वाचन आयोगलाई मध्यावधि निर्वाचनको तयारी गर्न सरकारको पत्र

निर्वाचन आयोगलाई मध्यावधि निर्वाचनको तयारी गर्न सरकारको पत्र

ब्यानर समाचार, मुख्य समाचार, राजनिती, समाचार
काठमाडौं , पुस ७ । सरकारले आउँदो वैशाख १७ र २७ गतेका लागि तय भएको मध्यावधि निर्वाचनको तयारी गर्न निर्वाचन आयोगलाई पत्रचार गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि आइतबार आयोगका प्रमुख आयुक्तसहित अन्य अधिकारीहरुसँग छलफल गरेका थिए ।छलफल लगत्तै निर्वाचन आयोगलाई निर्वाचनको तयारी अघि बढाउन पत्र दिइएकोमा आयोगले आन्तरिक तयारी समेत थालिसकेको छ । प्रधानमन्त्रीसँगको छलफल पछि सोमबार आयोगले सबै जिल्ला निर्वाचन कार्यालयलाई गोप्य परिपत्र गरेको छ । निर्वाचनका लागि अर्बौ रकम खर्च हुने आयोगको अनुमान छ । निर्वाचन आयोगले मध्यावधी निर्वाचनका लागि कम्तीमा १२ अर्ब रुपियाँ खर्च लाग्ने अनुमान गरेको छ । २०७४ मंसिर १० र २१ मा भएको प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा भएको खर्चलाई आधार लिँदै आयोगले सो रकमको अनुमान गरेको हो । यसअघिको निर्वाचनमा आयोगले मात्रै ८ अर्ब २० करोड २१ लाख...
प्रिमियर लिग:  वेस्टह्‍याममाथि चेल्सीको सहज जीत

प्रिमियर लिग: वेस्टह्‍याममाथि चेल्सीको सहज जीत

खेलकुद
काठमाडौं, पुस ७ । इंग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत गएराति सम्पन्‍न खेलमा चेल्सीले सहज जीत हात पारेको छ । घरेलु मैदानमा भएको खेलमा चेल्सीले वेस्टह्‍याम युनाइटेडलाई ३-० ले हराएको हो । चेल्सीको जीतमा टामी अब्राहमले दुई तथा थियागो सिल्भाले एक गोल गरे । पहिलो हाफमा एक तथा दोस्रो हाफमा दुई गोल भएका थिए । खेलको १०औं मिनेटमा थियागो सिल्भाले गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए । चेल्सीका डिफेन्डर बेन चिलवेल १०औं मिनेटमा नै चोट बोक्दै मैदानबाट बाहिरिएपछि उनको स्थानमा एमरसन प्रवेश गरेका थिए । गोल फर्काउन प्रयासरत वेस्टह्‍यामले केही अवसरहरु पाएपनि कुनैमा चेल्सीका गोलरक्षक र डिफेन्डर बाधक बनेका थिए भने केही प्रहारले पोस्टको दिशा लिन सकेन । दोस्रो हाफको ७८औं र ८०औं मिनेटमा टामी अब्राहमले दुई गोल गरेपछि चेल्सी ३-० ले अघि बढ्यो । वेस्टह्‍याम खेलमा फर्कन नसक्दा अन्तिम नतिजा त्यही हुन पुग्य...
३४ अर्बले बढ्यो रेमिट्यान्स

३४ अर्बले बढ्यो रेमिट्यान्स

आर्थिक, मुख्य समाचार, समाचार
काठमाडौं, पुस ७ । चालू आवको कात्तिकसम्म नेपालमा ३ खर्ब ३७ अर्ब रेमिट्यान्स भित्रिएको छ । यो गत आवको सोही अवधिको तुलनामा ११ प्रतिशतले बढी हो । गत आवको कात्तिकसम्म ३ खर्ब ३ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको राष्ट्र बैंकको तथ्यांक छ । राष्ट्र बैंकको मासिक प्रतिवेदनअनुसार यो अवधिमा डलरमा भित्रिने रेमिट्यान्सको ६ प्रतिशतले वृद्धि भएको छ । चालू आवको चार महिनामा रेमिट्यान्समा भएको वृद्धि तथा आयात १० प्रतिशतले घटेपछि मुलुकको विदेशी मुद्रा सञ्चिति थप वृद्धि भएर १५ खर्ब ६ अर्ब पुगेको छ । विदेशी मुद्राको सञ्चितिले मुलुकको १४ महिनाको वस्तु तथा सेवा आयात धान्न सक्ने अवस्थामा पुगेको छ । आयात १० प्रतिशतले घटेर ४ खर्ब २ अर्बमा सीमित भएको छ । चार महिनामा महँगी दर मौद्रिक नीतिले लक्षित गरेको भन्दा निकै तल छ । मौद्रिक नीतिले वार्षिक मूल्यवृद्धि ७ प्रतिशतमा सीमित पार्ने लक्ष्य लिएको छ । कात्तिकमा यो दर...
कस्तो रहला आजको मौसम ?  यस्तो छ पूर्वानुमान

कस्तो रहला आजको मौसम ? यस्तो छ पूर्वानुमान

ब्यानर समाचार 2, मौसम, समाचार
काठमाडौं , पुस ७ । अहिले देशका अधिकांश भू-भागहरूमा आंशिक बदली रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुको प्रभाव रहेकोले बदली भएको हो । यस्तो छ तीन दिनको पूर्वानुमान पौष ७ गते (मंगलबार) दिउँसो : प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशका भू-भागहरूमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । राती : बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, र कर्णाली प्रदेशका भू-भागहरूमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । पौष ८ गते (बुधबार) दिउँसो : प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका अधिकांश भू-भागमा आँशिक देखि सामान्य बदली रहि बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। राती : बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशम...
सर्वोच्चमा प्रतिनिधिसभा विघटनविरुद्ध निवेदनको चाङ :  पुस ८ र १० गते सुनुवाई हुने

सर्वोच्चमा प्रतिनिधिसभा विघटनविरुद्ध निवेदनको चाङ : पुस ८ र १० गते सुनुवाई हुने

ब्यानर समाचार, समाचार
काठमाडौ , पुस ७ । सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनविरुद्ध १२ रिट निवेदन परेका छन् । अदालतका सहप्रवक्ता देवेन्द्र ढकालका अनुसार प्रतिनिधिसभा विघटनविरुद्ध संवैधानिक इजलासमा एउटा र साधारणतर्फ ११ निवेदन दायर भएका छन् । उनले साधारणतर्फको निवेदनको प्रारम्भिक सुनुवाइ यही पुस ८ गते र संवैधानिक इजलासमा परेको निवेदनको प्रारम्भिक सुनुवाइ पुस १० गते तोकिएको जानकारी दिए । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र प्रधानमन्त्री केपी शर्मा ओलीलाई विपक्षी बनाई निवेदन दायर गरिएको उनले जानकारी दिए । राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार सरकारका सिफारिसमा नेपालको संविधानको धारा ७६ को उपधारा ९१० र ९७० तथा धारा ८५ बमोजिम प्रतिनिधिसभा विघटन गरेका थिए ।    ...
नेकपा विभाजनः धरापमा प्रदेश सरकार, गणितीय खेल सुरु, अन्ततः फुटतर्फ नेकपा

नेकपा विभाजनः धरापमा प्रदेश सरकार, गणितीय खेल सुरु, अन्ततः फुटतर्फ नेकपा

ब्यानर समाचार
काठमाडौं , पुस ७ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्को प्रतिनिधिसभा विघटन गरी नयाँ निर्वाचन मिति घोषणा गरेपछि त्यसको असर प्रदेशको सत्ता राजनीतिसम्म परेको छ । प्रदेश–प्रदेशमा शक्ति समीकरण फेरबदल हुन सक्ने विषयमा चर्चा हुन थालेको छ ।यसले गर्दा नेकपाको स्पष्ट बहुमत रहेका प्रदेश सरकरा धरापमा पर्ने सम्भावना देखिएको छ । प्रदेश २ बाहेक बाँकी छ वटा प्रदेशमा नेकपाको सरकार छ । नेकपा फुटको संघारमा पुगेपछि प्रदेश १ मा सत्ता समीकरणबारे गणितीय खेल सुरु भएको छ । नेकपा फुटे कुन पक्षका कति सांसद कता हुने भन्ने गणना नेताहरुले गर्न थालेका छन् । मुख्यमन्त्री शेरधन राईको पक्षमा बहुमत पुग्ने सम्भावना कम छ, पार्टी फुटे उनी स्वतः अल्पमतमा पर्ने देखिन्छ । केन्द्रीय राजनीतिको परकम्प प्रदेश २ को राजनीतिमा पनि परेको छ भने बागमती प्रदेशमा पनि सत्ता समीकराण फेरबद...
नेपाली बजारमा सार्वजनिक भयो पोको एक्स ३ एनएफसी, ३० मिनेटमै ६२ प्रतिशत चार्ज

नेपाली बजारमा सार्वजनिक भयो पोको एक्स ३ एनएफसी, ३० मिनेटमै ६२ प्रतिशत चार्ज

आर्थिक, टिप्स, समाचार, सुचना प्रविधि
काठमाणडौँ, पुष ६ पोको स्मार्टफोन ब्राण्डले ‘पोको एक्स ३ एनएफसी’ नेपालमा सार्वजनिक गरेको छ । यो फोन युवा टेक र गेमका पारखिहरुका लागि फिनिश लाइन डिजाईनमा उपलब्ध रहेको छ । साओमी नेपालका कन्ट्री जनरल म्यानेजर सौरभ कोठारीले नयाँ पोको एक्स३ लाई नेपालमा सार्वजनिक गर्न पाउँदा निकै खुसी लागेको बताए । फोनमा क्वालकमको सबैभन्दा नयाँ र सबैभन्दा शक्तिशाली ७०० सिरिजको फोरजी प्रोसेसर स्न्यापड्रयाग्न ७३२ जी राखिएको छ । एक चार्जमा दुई दिनसम्म टिक्ने र यसको लागि ह्यान्डसेटको ठूलो ५१६० एमएएच ब्याट्रीको कमाल भएको कोठारीले बताए । फोन क्रायो ४७० अक्टा कोर सीपीयू र एड्रेनो ६१८ सर्वोत्कृष्ट गेमिङ्ग सिरिज जीपीयूमा आधारित भएको कम्पनीले बताएको छ । फोनमा ६.६७ इन्च एफएचडी प्लस डट डिस्प्ले राखीएको छ । फोनमा क्वाड क्यामेरा सेटअप रहेको छ । जसमा ६४ मेगापिक्सेल मुख्य क्यामेरा, १३ मेगापिक्सेल अल्ट्रा—वाइड एंगल...