Wednesday, August 5
Shadow

Author: Interview Nepal

पाथीभरा मन्दिरलाई आगलागीबाट जोगाउन हेलिकप्टरबाट पानी खसालियो

पाथीभरा मन्दिरलाई आगलागीबाट जोगाउन हेलिकप्टरबाट पानी खसालियो

मुख्य समाचार, समाचार, समाज, स्थानिय तह
काठमाडौं, पुस १४ । ताप्लेजुङस्थित पाथीभरा मन्दिर क्षेत्रको जङ्गलमा पाँच दिनदेखि लागेको डढेलो मन्दिर परिसरमा नै पुगेपछि आगो नियन्त्रण गर्न हेलिकप्टरको प्रयोग गरिएको छ । बिहीबारदेखि लागेको डढेलो सोमबार बिहान मन्दिर परिसरमा नै पुगेको थियो । स्थानीयवासीसहित नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले हरसम्भव प्रयास गर्दासमेत आगो नियन्त्रणमा नआएको र मन्दिर नै जोखिममा परेपछि सिम्रिक एयरको हेलिकप्टर झिकाइएको थियो । हेलिकप्टरले जोरपोखरीबाट पानी लगेर मन्दिर परिसरको आगो निभाएको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक मनमणि काफ्लेले जानकारी दिए । उनका अनुसार विषेश प्रविधिको बकेटमा पानी ल्याएर हेलिकप्टरले आकाशबाटै आगलागी क्षेत्रमा पानी खन्याएको थियो । उक्त हेलिकप्टरले पाँच पटक पानी खन्याएपछि आगलागीबाट मन्दिरसहित त्यहाँका संरचना बचेका छन् । अब मन्दिर आगलागीको जोखिमबाट मुक्त र...
काठमाडौंमा यो वर्षकै चिसो, तापक्रम १. १ डिग्रीमा झर्‍यो

काठमाडौंमा यो वर्षकै चिसो, तापक्रम १. १ डिग्रीमा झर्‍यो

ब्यानर समाचार 2, मुख्य समाचार, मौसम, समाचार, समाज
काठमाडौं , पुस १४ । काठमाडौंमा यो वर्षकै धेरै चिसो महशुस गरिएको छ । आज काठमाडौंको बिहानको तापक्रम १ दशमलव १ डिग्री सेल्सियसमा झरेको छ । यो तापक्रम यस वर्षकै कम भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसअघि शनिबार बिहान १ दशमलव ३ डिग्री सेल्सियस मापन गरिएको थियो । महाशाखाकी मौसमविद् सजिना शाक्यका अनुसार राति आकाश खुलेकाले बिहानको तापक्रम घटेको हो । सोमबार बिहान २ दशमलव ८ डिग्री सेल्सियस मापन गरिएको थियो । काठमाडौंको मंगलबार दिउँसोको तापक्रम १७ देखि १९ डिग्री सेल्सियससम्म पुग्ने अनुमान गरिएको छ । यसैबीच जुम्लामा सोमबार बिहानको तापक्रम माइनस ८ दशमलव ५ डिग्री सेल्सियसमा झरेको छ ।  ...
चिनियाँ प्रतिनिधिमण्डलको प्रश्नैप्रश्न :  ‘नेकपा किन फुट्यो ?  ‘फेरि मिल्ने बिन्दु छ कि छैन ? ’

चिनियाँ प्रतिनिधिमण्डलको प्रश्नैप्रश्न : ‘नेकपा किन फुट्यो ? ‘फेरि मिल्ने बिन्दु छ कि छैन ? ’

पत्रपत्रिका, ब्यानर समाचार, समाचार, समाज
  काठमाडौं, पुस १४ । नेकपा दुई चिरा भएको अवस्थामा नेपाल आएको उत्तरी छिमेकी चीनको विशेष टोलीले राजनीतिक भेटघाटलाई तीव्रता दिएको छ। नेपालमा कम्युनिस्ट शक्ति फुटेका चिन्ता लागेको आफ्ना राष्ट्रपति सी चिनफिङको सन्देश टोलीले हरेक भेटमा सुनाइरहेको छ। राष्ट्रपतिदेखि नेकपाका नेतासामु टोलीको नम्र जिज्ञासा छ, ‘नेकपा किन फुट्यो ?  यसको फेरि मिल्ने विन्दु छ कि छैन ? प्रतिनिधिसभा विघटन अब के हुन्छ ? ’ टोलीले आइतबार र सोमबारसम्म विभाजित दलका प्रमुख नेतागणसँग भेटघाट भ्याइसकेको छ। चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को अन्तर्राष्ट्रिय विभागका उपमन्त्री कुओ येचौ नेतृत्वको विशेष टोलीले आइतबार पहिलो भेट राष्ट्रपति विद्यादेवी भण्डारीबाट सुरु गरेको थियो। राष्ट्रपति भण्डारीसामु येचौले माथिका ३ जिज्ञासा राखेका थिए। राष्ट्रपति भण्डारीले नेपाल लोकतान्त्रिक बाटोबाट अगाडि बढिरहेको र त्यही बाटोबाटै सब...
नेकपा विभाजनः आधिकारिकता विवाद निरुपण हुुन अझै दुुई महिना लाग्न सक्ने

नेकपा विभाजनः आधिकारिकता विवाद निरुपण हुुन अझै दुुई महिना लाग्न सक्ने

ब्यानर समाचार, राजनिती
काठमाडौ , पुस १४ । नेपाल कम्युुनिष्ट पार्टी नेकपाको आधिकारिकता र चुुनाव चिह्नसम्बन्धी विवाद निरुपण हुुन अझै कम्तीमा दुुई महिना लाग्ने सङ्केत देखिएको छ । विवाद निरुपणका लागि अपनाउनुपर्ने विधि, प्रक्रिया र समयका आधारमा नेकपाभित्रको हालको विवाद छिनोफानो गर्न उक्त समयावधि लाग्ने अनुुमान गरिएको हो । केन्द्रीय समितिको निर्णयको आधिकारिता दाबी गर्ने पक्षले दलको केन्द्रीय समितिको ४० प्रतिशत सदस्यको हस्ताक्षरसहित विवाद प्रारम्भ भएको मितिले ३० दिनभित्र आयोगसमक्ष आधार तथा प्रमाण पेश गर्नुुपर्ने ऐनमा व्यवस्था छ । नेकपा दाहाल–नेपाल समूूहले उक्त ऐनमा व्यवस्था भएअनुुरुप केन्द्रीय सदस्य बहुुमत रहेको भनी आयोगसमक्ष आधिकारिता र चुुनाव चिह्नको माग दाबी गरिसकेको छ । एउटै दलका दुुई वा सोभन्दा बढी पक्षबीच दलको नाम, छाप, विधान, झण्डा वा चिह्न, पदाधिकारी, केन्द्रीय समिति वा केन्द्रीय समितिको निर्णयका विषयमा ...
काम चलाउ सरकारले के–के गर्न पाउँदैन ? कानुनविद्हरुको तर्क यस्तो छ

काम चलाउ सरकारले के–के गर्न पाउँदैन ? कानुनविद्हरुको तर्क यस्तो छ

पत्रपत्रिका, ब्यानर समाचार, राजनिती
‘काठमाडौं, पुस १४ । प्रतिनिधिसभा र प्रदेशसभा चुनाव लागेपछि सरकार स्वतः काम चलाउन हुन्छ, काम चलाउ सरकारले संविधानविपरीत र बजेटमा नभएको कुरा लागू गर्न सक्दै,’ तत्कालीन एमाले अध्यक्ष केपी शर्मा ओलीले २०७४ माघ १५ गते पार्टी कार्यालय धुम्बाराहीमा चेम्बर अफ कमर्सको कार्यक्रममा भनेका थिए, ‘संविधानविपरीत निर्णय गरेर यो सरकारले बर्बाद पार्यो ।’ अहिले यो सरकार पनि काम चलाउ नै भएको निष्कर्ष निस्किएपछि अब प्रश्न उठ्छ, काम चलाउन सरकारले गर्न पाउने र नपाउने काम के–के हुन् ? काम चलाउन भइसकेपछि नै मन्त्रिपरिषद् पुनर्गठन र मन्त्रीहरुको जिम्मेवारी हेरफेर गरेर संविधानको मर्म मिचिसकेपछि यो प्रश्न थप वाञ्छनीय भएको कानुनविद्हरुको तर्क छ । कानुनविद्हरु संविधानअनुसार नै कार्यकारिणी अधिकार नभएको प्रधानमन्त्री स्वतः काम चलाउ हुने र त्यस्तो सरकारले दैनिक प्रशासनिक कामबाहेक अरु काम गर्न नपाउने बताउँछन् । ‘य...
कुन ठाउँको मौसम कस्तो ?  यस्तो छ तीन दिनको पूर्वानुमान

कुन ठाउँको मौसम कस्तो ? यस्तो छ तीन दिनको पूर्वानुमान

ब्यानर समाचार, मुख्य समाचार, मौसम
काठमाडौं , पुस १४ । अहिले देशको पहाडी भू(भागमा मौसम सामान्यतया सफा रहेको छ र तराई भू‍-भागमा हुसु्कु हिरो लागेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुको प्रभाव रहेकोले मौसम बदली भएको हो । यस्तो छ तीन दिनको पूर्वानुमान पौष १४ गते (मंगलबार) दिउँसो : प्रदेश नं १ को पहाडी भु-भागमा आंशिक बदली रहि बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । राती : सुदुरपश्चिम प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । पौष १५ गते (बुधबार) दिउँसो : सुदुरपश्चिम, कर्णाली र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । राती : गण्डकी प्रदेश र प्रदेश नं १ को पहाडी भु-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । पौष १६ गते (बिहीबार) दिउँसो : सुदुरपश्चिम, कर्...
जाडोमा सुन्तला खानुका फाइदा यस्ता छन्

जाडोमा सुन्तला खानुका फाइदा यस्ता छन्

जिवनसैली, टिप्स
काठमाडौँ, पुस १३ । चिसो मौसम र चिसो ठाउँमै फल्ने सुन्तलाको महत्व धेरै छ । सुन्तला स्वादका लागि मात्र नभई स्वास्थ्यका लागि पनि अत्यन्तै लाभदायक छ । सुन्तलामा भिटामिन सी प्रशस्त पाइन्छ । सुन्तला भिटामिन ‘सी’ को प्रमुख स्रोत पनि हो । भिटामिन चक्कीको सट्टा सुन्तला खानु स्वास्थ्य र सौन्दर्य दुवै हिसाबले फाइदाजनक हुन्छ । बढी तौल भएका व्यक्तिका लागि पनि पर्याप्त मात्रामा सुन्तलाको प्रयोग उत्तम मानिन्छ । -सुन्तलामा साइट्रस लिमोनोइड्स प्रशस्त मात्रामा पाइन्छ । यसले छाला, फोक्सो, स्तन, पेट र मलासयमा क्यान्सर लाग्ने जोखिम घटाउँछ । -सुन्तला खाइरहनुले मिर्गौलासम्बन्धी रोग लाग्ने सम्भावना कम हुन जान्छ र पत्थरीको समस्यामा न्यूनता आउँछ ।सुन्तलामा क्यारोटेनोइड्स नामक तत्व पाइन्छ, जसले कलेजोको क्यान्सर हुनबाट जोगाउँछ । -सुन्तलामा फाइबर प्रशस्त मात्रामा पाइन्छ । यसको नियमित प्रयोग गर्दा शरीरमा क...
कार र मोटरसाइकल ठोक्किँदा २ को मृत्यु

कार र मोटरसाइकल ठोक्किँदा २ को मृत्यु

मुख्य समाचार
काठमाडौं, पुस १३ । मोरङको पथरी शनिश्चरे नगरपालिका–२ मा आज सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता लोकदर्शन थापाका अनुसार पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको को १ च ९९४५ नम्बरको स्कारपियो र विपरीत दिशाबाट जाँदै गरेको मोटरसाइकल एकापसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको हो । दुर्घटनामा मोटरसाइकलमा सवार मोरङ मिक्लाजुङ गाउँपालिका–४ बस्ने ३५ वर्षीय सन्तोष लिम्बु र सोही स्थानका २६ वर्षीय सुनिल धमलाको मृत्यु भएको उनले जानकारी दिए । दुर्घटनामा घाइते भएका दुईमध्ये लिम्बुको उपचारको लागि मङ्गलबारे अस्पताल र धमलाको विराटनगरस्थित न्यूरो अस्पताल पठाउँदै गर्दा बाटोमा मृत्यु भएको प्रहरीले जनाएको छ । स्कारपियो तथा त्यसका चालक झापाको दमक नगरपालिका–२ बस्ने वर्ष ३७ को लक्ष्मीकुमार धिमाललाई आवश्यक अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय पथरीले नियन्त्रणमा लिए...
आफन्त नहुदा दलित युवकको तिन दिन पछि उठ्यो सब

आफन्त नहुदा दलित युवकको तिन दिन पछि उठ्यो सब

समाचार, समाज, स्थानिय तह
खगेन्द्र अबस्थि , कैलाली , पुस १३ । कैलालीमा आफन्त नहुदा एक दलित युवकको तिन दिन  पछि सब उठेको छ । जिल्लाको घोडाघोडि नगरपालिका ४ माघिमा रहेको एक दलित परिवारको युवाको सब तिन दिन पछि आज उठेको हो ।आफन्त नहुदा सब उठन् सकेको थिएन । मृतककि श्रीमति भने अपाङ्ग हुनुहुन्छ घरको अबस्था समेत एक दम नाजुक रहेको स्थानीयको भनाई रहेको छ । लगाउनलाई एक जोड कपडा नभयको हामिले देखेका नै छौ पुस महिनाको जाडोमा घरमा ओढ्ने ओछ्याउने नभयको र जाडोले कठङ्ग्रियर उहाको मृत्यु भएको मृतककि श्रीमतिले बताउनु भयो । साथै उहाँहरूको दनिय अबस्था देखेर दलित जनजागरण मञ्च र घोडाघोडि उधोग बाणिज्य संघ तथा बिभिन्न ब्यक्ति मिलेर न्यानो कपडा र आर्थिक सहयोग समेत गरेको छन । दलित जनजागरण मञ्च घोडाघोडिका अध्यक्षले गरिब विपन्न परिवार भएकाले केहि स्वार्थ नबोकि स्थलगत बुझ्दा मन रोएपछि आफुबाट र बिभिन्न संघसंस्थाको प्रतिनिधिद्वारा सहय...
कञ्चटमा पेस्तोल र खुकुरी देखाएर लुटपाट

कञ्चटमा पेस्तोल र खुकुरी देखाएर लुटपाट

अपराध, मुख्य समाचार, समाचार, समाज
काठमाडौं, पुस १३ । धनगढीमा एक व्यापारीलाई पेस्तोल र खुकुरी देखाएर लुटपाट गरिएको छ । धनगढी–अत्तरिया ६ लेन सडकको बोराडाँडीमा रहेको न्यू विशाल भण्डार किराना पसलमा प्रहरीको ज्याकेट जस्तो देखिने कपडा लगाएर मोटरसाइकलमा आएका युवकहरुले सोमबार लुटपाट गरेका हुन् । यादव प्रसाद भट्टले आफ्नै घरमा सञ्चालन गरेको किराना पसलको गल्लामा भएको ५२ हजार नगदसहित रिचार्ज कार्डहरु पेस्तोल र खुकुरी देखाएर लुटिएको बताएका छन् । यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।...