Monday, April 29
Shadow

Author: Interview Nepal

आज ५८८ जना कोरोना संक्रमित थपिए

आज ५८८ जना कोरोना संक्रमित थपिए

मुख्य समाचार, स्वास्थ्य
काठमाण्डौँ, पुष ५ नेपालमा कोरोना भाइरसका आज ५ सय ८८ जना संक्रमित थपिएका छन् । यो संगै कुल संक्रमितको सख्या २ लाख ५३ हजार ७ सय ७२ पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । आज १ हजार ९७ जना संक्रमणमुक्त भएका छन् । आजसम्म २ लाख ४३ हजार ६ सय ६४ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।...
रक्सौल-काठमाण्डौ रेल मार्गको अझैँ टुङ्गो लागेन

रक्सौल-काठमाण्डौ रेल मार्गको अझैँ टुङ्गो लागेन

आर्थिक, मुख्य समाचार
ललित संज्याल-काठमाण्डौँ, पुष ५ भारतको रक्सौल देखि काठमाण्डौ सम्म बन्न लागेको रेल मार्गको सम्झौता २ बर्ष अगाडि भएको थियो । त्यसको प्रतिबेदन डि पि आर अझै तयार हुन सकेको छैन । भारतले डि पि आर बनाउन प्रस्ताप गरेको ४ महिना पछि उक्त पत्रमा यो महिना भित्र हस्ताक्षर गरिने भनिएता पनि कुन प्रविधि अपनाउने भन्ने टुङ्गो लाग्न सकेको छैन । भारतले आफ्नै लगानिमा बनाउन लागेको उक्त रेलमार्गको लम्बाई १३६ किलो मिटर रहेको छ । त्यसमा पनि ४२ किलोमिटर शुरुङ मार्ग बनाइने भनिएको छ । रेलमार्गको अध्यान भने अहिले सम्म गरिएको छैन । भौतिक, पूर्वाधार तथा यातायत मन्त्रालयका अनुसार, भारतले रोडगेज प्रविधि अनुसार बनाउने चाहाना गरेको छ । भारतको आफ्नै प्रविधि भएकाले उस्को चाहना अनुरुप चल्नु पर्ने भएको छ । स्टयान्डरगेजको जस्तो गतिमा रेललाई गुडाउन भने मिल्दैन । किन भने रोडगेज रेलको लिगको लम्बाई ५ ५ फिटको दुरीमा हुन्छ । स...
संसद विघटन, प्रतिनिधिसभाको चुनाव वैशाख १७ र २७ गते घोषणा

संसद विघटन, प्रतिनिधिसभाको चुनाव वैशाख १७ र २७ गते घोषणा

ब्यानर समाचार, राजनिती, समाचार
काठमाण्डौँ, पुष ५ राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटनको घोषणा गरेकी छिन् । सरकारको सिफारिसमा राष्ट्रपतिले संसद विघटनको घोषणा गरेकी हुन् । राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ७६ को उपधारा (१) र (७) तथा धारा ८५ एवं संसदीय प्रणालीको आधारभूत मर्म एवं मूल्य मान्यता तथा नेपालको आफ्नै र संसदीय प्रणाली भएका विभिन्न मुलुकहरूको अभ्यास बमोजिम संघीय संसदको वर्तमान प्रतिनिधि सभा विघटन गरेको राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । विज्ञप्तिमा ताजा जनादेशका लागि २०७८ साल वैशाख १७ गते शुक्रबार पहिलो चरणमा र २०७८ साल वैशाख २७ गते सोमबार दोस्रो चरणमा प्रतिनिधि सभाको निर्वाचन समेत तय भएको छ । ‘मन्त्रिपरिषद्को बैठकबाट निर्णय भई सोही बमोजिम सम्माननीय प्रधानमन्त्रीबाट सिफारिस भएकोले उक्त सिफारिस बमोजिम संघीय संसदको वर्तमान प्रतिनिधि सभा विघटन गरी मिति २०७८ साल बैशाख १७...
अब कार्डबिनै एटीएमबाट रकम झिक्न मिल्ने, लक्ष्मी बैंकले ल्यायो यस्तो व्यवस्था

अब कार्डबिनै एटीएमबाट रकम झिक्न मिल्ने, लक्ष्मी बैंकले ल्यायो यस्तो व्यवस्था

आर्थिक, टिप्स, ब्यानर समाचार 2, समाचार, सुचना प्रविधि
काठमाण्डौँ, पुष ५ डिजिटल बैंकिङ प्रविधि विस्तार गर्ने अभियानको क्रममा एटीएम कार्डको विकल्पका रुपमा नयाँ प्रविधि भित्र्याएको छ । अब बैंकका ग्राहकले बैंकका एटीएमबाट पैसा झिक्न कार्ड नचाहिने भएको हो । लक्ष्मी बैंकले वालेटलाई पूर्ण डिजिटल बनाउने तयारी गरिरहेको दाबी गरेको छ । कार्डबिनै एटीएमबाट पैसा झिक्न मिल्ने व्यवस्था नेपालमा लक्ष्मी बैंकले पहिलो पटक गरेको हो । बैंकको 'मोबाईल मनि' नामको एप प्रयोगकर्ताले एटीएमबाट कार्डबिनै पैसा झिक्न छक्छन् । कार्डबिनै कसरी झिक्ने ? यो सुविधा प्रयोग गर्न खासै गाह्रो छैन । बैंकका अनुसार मोबाइल मनिमा लगइन गर्ने बितिकै 'कार्डलेस विथड्र' भन्ने अप्सन देखिन्छ र त्यसमा क्लिक गरेर चाहेजतिको रकम इन्टर गर्नुपर्छ । त्यसपछि 'कन्फर्म' गर्नका लागि पिन वा फिंगरप्रिन्ट स्क्यान गर्नुर्छ । यति गरिसकेपछि फोनमा ओटीपी कोड प्राप्त हुन्छ । एटीएम बुथमा 'कार्डरहित' भन्ने...
बैशाख २३ गते आम चुनाव गर्ने प्रधानमन्त्री ओलीको तयारी

बैशाख २३ गते आम चुनाव गर्ने प्रधानमन्त्री ओलीको तयारी

ब्यानर समाचार, राजनिती, समाचार
काठमाण्डौँ, पुष ५ प्रधानमन्त्री केपी शर्मा ओलीले २३ वैशाखमा आम चुनाव गर्ने प्रस्ताव गरेका छन् । संसद विघटनको सिफारिस लिएर राष्ट्रपति कार्यालय शीतल निवास पुगेका उनले २३ वैशाखमा चुनाव प्रस्ताव राखेका छन् । २९ वैशाखको विकल्पमा पनि छलफल भइरहेको स्रोतले जनाएको छ । यद्यपि राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन र चुनाव घोषणाको सिफारिस अनुमोदन गर्न बाँकी छ।...
संसद् विघटन सिफारिस असंवैधानिक,अलोकतान्त्रिक र निरंकुश तन्त्रको अभ्यास : सांसद तामाङ

संसद् विघटन सिफारिस असंवैधानिक,अलोकतान्त्रिक र निरंकुश तन्त्रको अभ्यास : सांसद तामाङ

ब्यानर समाचार, राजनिती, समाचार
काठमाण्डौँ, पुष ५ ताजा जनादेशक‍ो नाममा सरकारले सार्वभौमसत्ता सम्पन्न संसद्को विघटन गर्न सिफारिस गर्नु असंवैधानिक अलोकतान्त्रिक र निरंकुश तन्त्रको अभ्यास भएको नेकपा केन्द्रिय सदस्य एवम् नुवाकोट प्रतिनिधिसभा १ का सांसद हित बहादुर तामाङले बताए । आइतबार बिहानको आकस्मिक मन्त्रिपरिषद बैठक राखेर प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेका छन्। सो पश्चात नेकपा तथा प्रतिपक्ष दल नेपाली कांग्रेस र अन्य दलका सांसदहरुले त्यसको विरोध जनाएका छन् । सरकारको त्यस्तो प्रवृत्तिले नेपाली जनताको घोर अपमान गरेको छ र मुलकुलाई अस्थिरता तर्फ धकलेको छ। सरकारको यस प्रकारको गैरसंवैधानिक कार्यको सर्वत्र भत्सर्ना गरौं, भनि सामाजिक संजाल फेसबुक मार्फत सांसद तामाङले आफ्नो धारण व्यक्त गरेका छन् । ...
नेकपा विवाद : प्रधानमन्त्री ओलीले गरे संसद विघटनको सिफारिस

नेकपा विवाद : प्रधानमन्त्री ओलीले गरे संसद विघटनको सिफारिस

ब्यानर समाचार, राजनिती, समाचार
काठमाण्डौँ, पुष ५ प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेका छन्। आइतबार बिहानको आकस्मिक मन्त्रिपरिषद बैठक राखेर प्रधानमन्त्रीले संसद विघटनको सिफारिस गरेको सरकारका प्रवक्ता, सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले बताए। सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा चुलिएको संकटबीच प्रधानमन्त्रीले यस्तो कदम चालेका हुन्। यसको असर र प्रभाव के हुन्छ भन्ने प्रष्ट छैन। नेकपाको स्थायी कमिटी बैठक आइतबार नै बस्दैछ। सरकारले ल्याएको संवैधानिक परिषदसम्बन्धी अध्यादेशले नेकपामा पछिल्लो समय बढेको तनाव झन चुलिएको थियो। १ पुसमा बसेको नेकपा स्थायी कमिटी बैठकले अध्यादेश फिर्ता लिने निर्णय गरेको थियो। पार्टीको निर्णयअनुसार अध्यादेश फिर्तासम्बन्धी निर्णय गर्न आलटाल गरेका प्रधानमन्त्री ओलीले शनिबार दौडधुप तीब्र पारेका थिए। उनले खुमलटारस्थित निवा...
लैंगिक हिंसा विरुद्ध, धार्मिक अगुवा बिच अन्तरक्रिया कार्यक्रम सम्पन्न

लैंगिक हिंसा विरुद्ध, धार्मिक अगुवा बिच अन्तरक्रिया कार्यक्रम सम्पन्न

समाचार, समाज, स्थानिय तह
कृष्णनगर, मंसिर ४ कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं १ शिवानगरको विद्यालयमा लैंगिक हिंसा विरुद्ध, धार्मिक अगुवा बिच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। शैख अब्दुल रसिद मदनीको अध्यक्षता र UKAID को आर्थिक सहयोग VSO र International Alert को सहकार्य र माहुरी होम द्वारा संचालित सहज परियोजना अन्तर्गत कोभिड-१९ तथा लैंगिक हिंसा बिरूद्ध धर्मगुरु हरू संग छलफल कार्यक्रम भएको छ । कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेश मदरसा बोर्ड उपाध्यक्ष मौलाना मसहूद खां नेपाली र रामजी पाठक रहनु भयो। विशिष्ट अतिथिमा राष्ट्रीय मदरसा संघ नेपालका राष्ट्रीय अध्यक्ष डा. अब्दुल गनि अल्कुफी रहनुभयो। कार्यक्रममा बोल्दै मौलाना मसहूद खां नेपालीले मुस्लिम धर्मको धार्मिक ग्रन्थ कुरान सरीफमा महिला लाई धेरै अधिकार दिएको बताउदै त्यस्को एउटा अध्यायमा (सूरह निसा ) महिला अधिकारको ब्याख्या गरेको जिक्र गर्दै आमाको खुट...
बालाजु १६ वसन्तनगरमा मोनास्ष्ट्री फुटसल संचालन

बालाजु १६ वसन्तनगरमा मोनास्ष्ट्री फुटसल संचालन

खेलकुद, ब्यानर समाचार, समाचार
काठमाण्डौँ, पुष ४ बालाजु १६ वसन्तनगरमा मोनास्ष्ट्री फुटसल संचालन आएको छ । शनिवार एक कार्यक्रमको बिच उद्घाटन गरिएको हो । उक्त फुटसल युवा दिपेन्द्र कुमार क्षेत्रीले संचालनमा ल्याएका हुन् । पछिल्लो समय खेलाडि तथा युवाहरुको रोजाईमा पर्न थालेको छ फुटसल । सोहि कुरालाई मध्येनजर गर्दै फुटसल संचालनमा ल्याएको संचालक क्षेत्रीले बताए । कार्यक्रमका प्रमुख अतिथि तारकेश्वर नगरपालिकाका मेयर रामेश्वर बोहोराले पछिल्लो समय युवाहरु अन्य आय मुलक व्यवसाय गरिरहदाँ फुटसल संचालनमा ल्याउनु राम्रो कार्य भएको उनले बताए । साथै कार्यक्रमका विशेष अतिथिहरु काठमाण्डौँ महानगरपालिका वडा नं १६ का वडा अध्यक्ष मुकुन्द रिजाल, फुटबल प्रशिक्षक राजु शाक्य, अतिथिहरु अधिवक्ता ईन्द्र अर्याल, जापान सितेरियो करातेका अध्यक्ष माधव राज थापाले युवा वर्गको लागि सकारात्मक कार्य भएको भन्दै सफलताको शुभकामना व्यक्त गरे ।...
२४ घण्टामा ७१० कोरोना संक्रमित थपिए, १२ जनाको मृत्यु

२४ घण्टामा ७१० कोरोना संक्रमित थपिए, १२ जनाको मृत्यु

ब्यानर समाचार 2, समाचार, स्वास्थ्य
काठमाण्डौँ, पुष ४ पछिल्लो २४ घण्टामा ७१० कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधीमा १ हजार १७५ संक्रमित निको भएका छन् । हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ५३ हजार १८४ पुगेको छ । सक्रिय संक्रमितको संख्या ८ हजार ८४० छ । पछिल्लो २४ घण्टामा १२ कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । कोरोनाका कारण मृत्यु हुनेको संख्या १ हजार ७७७ पुगेको छ । मन्त्रालयका अनुसार ८ हजार ८४० जना आइसोलेसनमा छन् । स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार हालसम्म २ लाख ४२ हजार ५६७ संक्रमित निको भइसकेका छन् । तथ्यांक अनुसार कुल १८ लाख ६६ हजार २१० पीसीआर परीक्षण गरिएको छ ।...