काठमाडौं, पुस १४
नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वकाे नेपाल कम्युनिस्ट पार्टीले अन्य तीन कम्युनिस्ट पार्टीसँग मिलेर रणनीतिक संयुक्त मोर्चा निर्माण गर्ने बताएकाे छ ।
विप्लव समूहले ऋषिराम कट्टेल अध्यक्ष रहेको नेपाल कम्युनिस्ट पार्टी, नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) र वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीसँग मिलेर रणनीतिक संयुक्त मोर्चा निर्माण गर्ने बताएकाे हाे ।
प्रतिबन्धित नेत्रविक्रम चन्द समुह लगाएका अन्य तीन पार्टीले अाज एक विज्ञप्ति जारी गर्दै संयुक्त मोर्चा निर्माण गर्ने जानकारि दिएकााे छ।
प्रधानमन्त्री केपी शर्मा ओली सरकारको निरङ्कुशता, फासिवाद र दलाल तथा प्रतिक्रियावादी राज्यसत्ताकाविरुद्ध अग्रगामी राजनीतिक विकासको ऐतिहासिक पहल कदमीका निम्ति हामी ४ पार्टीका बीचमा रणनीतिक संयुक्त मोर्चा निर्माण गर्ने सहमति भएको र यसको अवधारणा, संरचना र अग्रगामी कार्यक्रम शीघ्र घोषणा गरिने उल्लेख विज्ञप्तिमा बताइएकाे छ।