Tuesday, May 12
Shadow

Author: Interview Nepal

निर्वाचन आयोगद्वारा निर्वाचन घोषणापछि विवाद निरुपण गर्न सकिने प्रावधान राखी नियमावली संशोधन

निर्वाचन आयोगद्वारा निर्वाचन घोषणापछि विवाद निरुपण गर्न सकिने प्रावधान राखी नियमावली संशोधन

ब्यानर समाचार, समाचार, समाज
  काठमाडौं , पुस २२ । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)मा देखिएको विवादपछि उत्पन्न राजनीतिक अवस्थालाई हेरी निर्वाचन आयोगले निर्वाचन घोषणापछि पनि सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलभित्रको विवाद निरुपण गर्न सक्ने गरी दलसम्बन्धी नियमावली संशोधन गरेको छ । यसअघि राजनीतिक दलसम्बन्धी नियमावलीमा निर्वाचनको अवधिभर दलहरुबीचको विवाद निरुपण गरिने छैन भन्ने व्यवस्था थियो । नियमावलीमा रहेको उक्त प्रावधान संशोधन नगरी नेकपाभित्रको विवाद निरुपण नहुने र निर्वाचनमा जान सक्ने अवस्था नदेखेपछि आयोगले नियमावली संशोधन गरेको हो । निर्वाचनको मिति घोषणापछि अलमलको अवस्था नहोस्, राजनीतिक स्थायित्व होस्, दलहरु चुनाव प्रचारप्रसारमा जुटून र निर्वाचनको वातावरण बनोस् भन्ने हेतुले विगतमा नियमावलीमा यो अवधिमा विवाद निरुपण नगर्ने प्रावधान राखिएको थियो । नेकपाभित्रको विवादसँगै उक्त प्रावधान हटाइएको छ ...
संसद विघटनविरुद्धको रिटको सुनुवाई आज हुँदै, कहिले लाग्छ मुद्दाको टुंगो  ?

संसद विघटनविरुद्धको रिटको सुनुवाई आज हुँदै, कहिले लाग्छ मुद्दाको टुंगो ?

ब्यानर समाचार, समाचार, समाज
काठमाडौं , पुस २२ । आजदेखि सर्वोच्च अदालतको संबैधानिक इजला मा प्रतिनिधिसभा बिघटनविरुद्ध परेको रिटमाथि सुनुवाई हुदै छ । यसअघि पुस १० गतेको अदालतको आदेशानुसार यही पुस १९ गते राष्ट्रपति र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय एवं प्रतिनिधिसभाका सभामुखबाट लिखित जवाफ अदालतमा दर्ता भइसकेको छ । त्यस्तै इजलासले एमिकस क्युरी गठन गर्ने निर्णय अनुसार नेपाल बार एसोसियसनबाट ३ जना वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्की, सतिशकृष्ण खरेल र विजयकान्त मैनालीको नाम सिफारिश गरिसकेको छ । त्यस्तौ सर्वोच्च बारले बहालवाला अध्यक्ष वरिष्ठ अधिवक्ता खगेन्द्रप्रसाद अधिकारी र हालै निर्वाचित अध्यक्ष वरिष्ठ अधिवक्ता पूर्णमान शाक्यको नाम सिफारिस गरेको थियो । तर बारका अध्यक्ष अधिकारी कोरोना सङ्क्रमण भई आइसोलेशनमा रहेकाले उनको ठाउमा वरिष्ठ अधिवक्ता गीता पाठकको नाम सिफारिश गरेको छ । संबैधानिक इजलास र बृहत पूर्ण ...
आजदेखि मौसममा सुधार , प्रदुषण घट्दै, जोखिम भने कायमै

आजदेखि मौसममा सुधार , प्रदुषण घट्दै, जोखिम भने कायमै

ब्यानर समाचार, मौसम, समाचार, समाज
  काठमाण्डौ , पुस २२ । आजदेखि मौसममा सुधार भएको छ । आइतबार बेलुकीदेखि बदली भएको मौसम आजदेखि सुधार भएको हो । प्रदेश १, कर्णाली र सुदूरपश्चिमका केही ठाउँबाहेक देशका सबै ठाउँमा आज घाम लाग्ने र मौसम सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । काठमाण्डौको आकाश अहिले धुम्म भए पनि दिउँसोपछि घाम लाग्ने मौसमविदले बताएका छन् । महाशाखाका मौसमविद बरुण पौडेलका अनुसार बाँकी ठाउँमा पनि बेलुकीदेखि आकाश खुल्नेछ । आज सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका थोरै ठाउँमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । साथै देशका उच्च पहाडी तथा हिमाली भेगका केही ठाउँमा हल्का हिमपातको सम्भावना रहेको छ । प्रदुषण घट्दै, तर जोखिम कायमै बादल हटेर आकाश केही खुलेसँगै काठमाण्डौमा प्रदुषण घट्न थालेको छ । हिजो र अस्तिको तुलनामा प्रदुषण कम भएको हो । घाम लाग्न र हावा चल्न थालेपछि प्रदुषण घट्दै जाने ...
प्रेमिकालाई मध्यरातमा भेट्न गएका यी युवकको भयो यस्तो दुर्दशा !

प्रेमिकालाई मध्यरातमा भेट्न गएका यी युवकको भयो यस्तो दुर्दशा !

अचम्मका कुरा, समाचार, समाज
काठमाडौं , पुस २१ । एक प्रेमी आफ्नी प्रेमीकालाई भेट्न मध्यराती उनको घर पुगेका छन् । तर त्यहाँ जानु नै उनका लागि अभिशाप बनेको छ । युवतीका परिवारले यसको बारेमा थाहा पाएपछि उनीहरुले युवकको कपाल सबै खौरिदिएर बेइजती गरिदिए । यो घटना भारतको मुजफ्फपुरको हो । मदार गाउँकी एक युवतीसँग प्रेम गरेका उक्त युवक प्रेमीकालाई भेट्न साथीहरुसँग मध्यराती गाउँ गएका थिए । तर युवतीको परिवारले उक्त कुरा थाहा पाएपछि उनको कपाल खौरिएर बेइज्जती गरिदिएका हुन् । साथै उक्त युवकलाई पिटेका पनि छन् । उनको कपाल भने आधा मात्रै खौरिएको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् । एजेन्सीको सहयोगमा...
विज्ञापन बोर्डमा प्रभावकारी ढङ्गले काम गर्न सञ्चारमन्त्रीको निर्देशन

विज्ञापन बोर्डमा प्रभावकारी ढङ्गले काम गर्न सञ्चारमन्त्रीको निर्देशन

मुख्य समाचार, समाचार, समाज
काठमाडौँ , पुस २१ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले विज्ञापन बोर्डमा प्रभावकारी ढङ्गले काम गर्न निर्देशन दिएका छन् । सरकारका प्रवक्ता समेत रहेका मन्त्री गुरुङले विज्ञापन सम्बन्धी अर्बौंको बजेट सदुपयोग हुने गरी काम गर्न बोर्डका पदाधिकारीलाई निर्देशन दिएका हुन् । सिंहदरबारमा आज आयोजित बोर्डको चौथो पूर्ण बैठकमा मन्त्री गुरुङले बोर्डको कामलाई प्रभावकारी बनाउन विज्ञसँग आवश्यक छलफल गरी रणनीतिक योजना बनाउनका लागि ढिलाइ गर्न सचेत गराए । “विज्ञापन बोर्डलाई प्रभावकारी बनाउन सरोकारवालासँग थप सुझाव लिन ढिलाइ गर्नुहुन्न”, मन्त्री गुरुङले भने, “त्यसैले विज्ञसँग, सरोकारवाला निकायसँग परामर्श गरेर बोर्डको रणनीतिक योजना तत्काल बनाऔँ ।” मन्त्री गुरुङले पुस मसान्तभित्र कार्ययोजना बनाएर आफ्नो कामलाई गति दिन आग्रह गरे । बोर्ड बैठकले विज्ञापन सम्बन्धी राष्ट्रिय नीति बनाउने निर्णय गरेको छ...
काठमाडौंमा मर्निङवाक नगर्न स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाडौंमा मर्निङवाक नगर्न स्वास्थ्य मन्त्रालयको आग्रह

Uncategorized
काठमाडौं , पुस २१ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मर्निङवाक नगर्न आग्रह गरेको छ । अत्यधिक वायु प्रदुषणले जनस्वास्थ्यमा असर पर्न सक्ने भन्दै मंगलबार मन्त्रालयले यस्तो आग्रह गरेको हो । ‘मर्निङवाकमा जाने वा घर बाहिर गएर शारीरिक व्यायाम गर्ने गरिएको छ भने केही दिनका लागि रोकौं’, मन्त्रालयका सहप्रवक्ता डा।समिरकुमार अधिकारीद्वारा जारी विज्ञप्तिमा भनिएको छ । मन्त्रालयले फोहोर नचलाउन र अत्यावश्यक नभई सवारी साधनहरू नचलाउन भनेको छ । सोमबार र मंगलबार वायुको गुणस्तर ४०० एक्युआई भन्दामाथि पुगेको थियो । ...
कोरोना भाइरस : सुदूरपश्चिम प्रदेशमा नमूना सङ्कलन सुस्त

कोरोना भाइरस : सुदूरपश्चिम प्रदेशमा नमूना सङ्कलन सुस्त

Uncategorized
  काठमाडौं, पुस २१ । सुदूरपश्चिम प्रदेशमा पछिल्ला दिनमा कोरोना भाइरसका शङ्कास्पद व्यक्तिको नमूना सङ्कलन र परीक्षण सुस्त भएको छ । सामाजिक विकास मन्त्रालयको तथ्याङ्क विश्लेषण गर्दा पछिल्लो हप्तामा कोभिड—१९ का शङ्कास्पद एक हजार ९२१ जनाको नमूना सङ्कलन भएको छ । सङ्कलित नमूनामध्ये यो अवधिमा दुई हजार ७४ जनाको नमूना परीक्षण हुँदा २७६ जनामा सङ्क्रमणको पुष्टि भएको छ । एक महिनाअघि सम्म शङ्कास्पदको नमूना सङ्कलन गर्ने र परीक्षण हुने दर योभन्दा बढी थियो । दुई हजार ४९५ जना सक्रिय सङ्क्रमित पुगेकामा एक हप्तामा यो सङ्ख्या बढेर दुई हजार ६०१ पुगेको छ । विगतको तुलनामा निको हुने दर बढ्न सकेको छैन । सङ्क्रमण भई उपचार व्यवस्थापनमा रहेका मध्ये पछिल्लो हप्तामा १०६ जना मात्र उपचार व्यवस्थापनपछि घर फर्किएका छन् । मन्त्रालयको स्वास्थ्य महाशाखाका प्रमुख नरेन्द्रसिंह कार्कीले लक्षण देखिएका व्यक्ति र स...
परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली भारत भ्रमणमा जादै

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली भारत भ्रमणमा जादै

मुख्य समाचार, राजनिती
  काठमाडौँ , पुस २१ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली आगामी जनवरी १४ मा भारत भ्रमणमा जाने भएका छन् । नेपाल(भारत संयुक्त आयोगको छैठौँ बैठकमा भाग लिन मन्त्री ज्ञवाली नयाँदिल्ली जान लागेका हुन् । नेपालमा संसद विघटनपछि राजनीतिक रुपमा अस्थिरता उत्पन्न भएका बेला परराष्ट्रमन्त्री ज्ञवालीको भारत भ्रमणलाई अर्थपूर्ण रुपमा हेरिएको छ । यसअघि नै भारतीय विदेशसचिव हर्षवर्द्धन श्रींगलाले नेपाल भ्रमणका बेला नेपालका परराष्ट्रमन्त्री ज्ञवालीलाई भारत भ्रमणको निम्तो दिएका थिए । जनवरी १४ मा नयाँदिल्लीस्थित हुने मन्त्रीस्तरीय बैठकमा भारतको वार्ता टोलीको नेतृत्व भारतीय परराष्ट्रमन्त्री एस जयशंकरले नेतृत्व गर्ने बताइएको छ । नेपालले कालापानी, लिपुलेक र लिम्पियाधुरा समावेश गरेर नयाँ नक्शा जारी गरेपछि रहेको संवादहिनताको अवस्थालाई चिर्दै भारतबाट यसबीचमा यस बीचमा विदेशसचिव श्रींगलासहित भारत...
अध्यादेशबाट सङ्घीय शिक्षा ऐन ल्याउन माग

अध्यादेशबाट सङ्घीय शिक्षा ऐन ल्याउन माग

मुख्य समाचार, समाचार, समाज
  काठमाडौँ , पुस २१ । नेपाल शिक्षक महासङ्घसहित विभिन्न शिक्षक सङ्गठनले प्रतिनिधिसभामा विघटन भएको स्थितिमा अध्यादेशबाट सङ्घीय शिक्षा ऐन ल्याउन माग गरेका छन् । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठसँग आज सिंहदरबारमा शिक्षक नेताहरुको प्रतिनिधि मण्डलले भेटी नयाँ संविधान अनुसार सङ्घीय ऐन ल्याउन ढिला भएकाले अध्यादेश ल्याउन माग गरेको हो । टोलीले बालविकास केन्द्रका सहजकर्ताहरुको सुविधा बढाउन, कक्षा ११ को नयाँ पाठ्यक्रम कार्यान्वयन गर्न, द्वन्द्व पीडित शिक्षकहरुको पुनः बहाली गर्न लगायत विषयमा पनि मन्त्रीसमक्ष ध्यानाकर्षण गराइएको र मागप्रति नवनियुक्त मन्त्री श्रेष्ठ सकारात्मक रहेको महासङ्घका अध्यक्ष बाबुराम थापाले जानकारी दिए । उनले शिक्षाका व्यापारी र दलालीकर्ताहरुसँग सतर्क रहेर काम गर्न पनि आफूहरुले सुझाव दिएको बताए ।...
नुवाकोट विदुर ३ मा १ दिने बाख्रा तालिम सम्पन !

नुवाकोट विदुर ३ मा १ दिने बाख्रा तालिम सम्पन !

मुख्य समाचार, समाचार, समाज
काठमाडौं, पुस २१ । नुवाकोट विदुर ३ मा १ दिने बाख्रा तालिम सम्पन भएको छ । तारेकेश्वर भेटफर्माको आयोजनामा तथा बुधसीङ्गघाट कृषि सहकारीको संयोजनमा १ दिने बाख्रा प्रशिक्षण तथा परामर्श तालिम सम्पन भएको हो । कार्यक्रममा बाख्रा सम्बन्धि नश्वल, बिउ, बस्ने खोर सुधार, कुन के कसरी बनाउने, रोगहरुको जानकारी रोकाथाम, घाँस व्यवस्थापन, बिमा किन कसरी सुरक्षित रहने, कृत्रीम गर्भाधारणको महत्व लगाएका बारेमा जानकारी गराएको थियो । साथै मासु र पाठा पाठी सुधार गरि आयमुलक गरि आर्थिक टेवामा बाख्राले सयोग गर्ने सहकारीका अध्यक्ष हरि प्रसाद वस्तिले बताए । कार्यक्रममा भेटफर्माका दीपक अधिकारि तथा चतुरमान तामाङ्गले सहजीकरण गर्नुभएको त्यहाँबाट दीपक ठकुरीले जानकारी दिनु भएको छ ।...