Wednesday, August 12
Shadow

Author: Interview Nepal

अस्ट्रेलियाविरुद्ध खेल्ने भारतीय क्रिकेट टिमको घोषणा

अस्ट्रेलियाविरुद्ध खेल्ने भारतीय क्रिकेट टिमको घोषणा

खेलकुद
काठमाडौँ पुस २२ । अस्ट्रेलियाविरुद्धको तेस्रो टेस्ट खेलका लागि भारतीय क्रिकेट टिमको घोषणा गरिएको छ । तेस्रो टेस्टमा भारतीय टिममा रोहित शर्मा र नवदीप सैनीलाई समावेश गरिएको छ । रोहितले यस अघि दुई खेल खेलेका मयंक अग्रवाललाई रिप्लेस गरेका छन् । रोहितले विहिबार बिहानदेखि शुरु हुने तेस्रो टेस्टमा शुभमन गीलसँग ओपनिंग गर्ने छन् । रोहित सन २०१९ को नोभेम्बरपछि पहिलो पल्ट टेस्ट क्रिकेट खेल्न लागेका हुन् । त्यस्तै भारतका लागि युवा तिब्रगतिका बलर नवदीप सैनीले टेस्ट क्रिकेटमा डेभ्यु गर्ने भएका छन् । तिब्रगतिका बलर उमेश यादव र मोहमद सामी घाइते भएपछि सैनीले टेस्ट खेल्ने अवसर पाएका हुन् । अस्ट्रेलियाविरुद्ध खेल्ने भारतीय टिम स् आजिख्य रहाने (कप्तान), रोहित शर्मा (उपकप्तान), शुभमन गील, चैतेश्वोर पुजारा, हनुमा विहारी, ऋषव पन्त, रविन्द्र जडेजा, आर आश्विन, जसप्रित बुमराह, नवदीप सैनी र मोहमद सिराज ...
थप उर्जाका साथ अघि बढ्न व्यवसायीलाई सञ्चारमन्त्रीको आग्रह

थप उर्जाका साथ अघि बढ्न व्यवसायीलाई सञ्चारमन्त्रीको आग्रह

मुख्य समाचार, समाचार, समाज
  काठमाडौँ पुस २२ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले पछिल्लो राजनीतिक परिवर्तनबाट व्यवसायलाई असर नपर्ने भएकाले ढुक्क भएर अघि बढ्न व्यवसायीलाई आग्रह गरेका छन । नेपाल हर्ब्स तथा हर्बल उत्पादक सङ्घको अधिवेशनमा उनले कतिपय व्यवसायीमा कतै सङ्कटकाल लाग्ने हो कि अरु केही भइहाल्छ कि भन्न आशङ्का गरे पनि त्यस्तो केही नहुने स्पष्ट पारे । उनका अनुसार देश अब नयाँ जनादेशबाट अघि बढ्नेछ । उनले भने, “व्यवसायी पनि नयाँ ऊर्जाका साथ अघि बढ्नुहोस ।” सङ्घका पूर्वअध्यक्षसमेत रहेका मन्त्री गुरुङले हर्बल व्यवसायले युवा वर्गलाई आफ्नो गाउँ फर्काउन सक्ने उल्लेख गरे । यस क्षेत्रले रोजगारीको सिर्जना गरेर समृद्धिमा सहयोग पुर्‍याउने उनको भनाइ थियो । उनले व्यवसायीलाई उत्पादन बढाउन र निर्यात प्रवद्र्धन गर्नुपर्ने आवश्यकता रहेको औँल्याए । सञ्चार मन्त्रालयका तर्फबाट मन्त्रालयको कार्यक्षेत्रमा प...
कोरोना संक्रमणबाट विश्वभर ६०२ पत्रकारको मृत्यु, नेपालमा कति ?

कोरोना संक्रमणबाट विश्वभर ६०२ पत्रकारको मृत्यु, नेपालमा कति ?

ब्यानर समाचार, समाचार, समाज
काठमाडौ, पुस २२ । कोरोना संक्रमणबाट विश्वभर ६०२ पत्रकारको मृत्यु भएको छ । प्रेस एम्ब्लेम क्याम्पेन (पिइसी) ले विश्वभरि कोरोनाका कारण ६०२ पत्रकारको मृत्यु भएको विवरण सार्वजनिक गरेको छ । उसले सन् २०२० को मार्चदेखि डिसेम्बर अन्त्यसम्ममा उनीहरुको मृत्यु भएको उल्लेख गरेको हो । पिइसीले स्विट्जरल्यान्डको जेनेभाबाट प्रकाशित गरेको प्रतिवेदनमा मृतकमध्ये आधाभन्दा बढी अर्थात् ३०३ जना ल्याटिन अमेरिकी मुलुकका परेको जनाएको छ ।त्यसैगरी एसियाका १४५ जना रहेका छन् भने युरोपका ९४ जना, उत्तर अमेरिकाका ३२ जना र अफ्रिकाका २८ जना रहेको पनि प्रतिवेदनमा उल्लेख छ । संस्थाले प्रतिवेदन सार्वजनिक गर्ने क्रममा पत्रकारहरु समाचार संकलन तथा प्रसारणका लागि अग्रपङ्क्तिमा रहनुपर्ने भएकाले उनीहरुलाई कोरोनाविरुद्धको खोपमा प्राथमिकता दिन आग्रह समेत गरेको छ । पीईसीका महासचिव ब्लैस लेम्पेनद्वारा जारी वक्तव्यमा फोटो तथ...
जनकपुर–जयनगर रेल माघदेखि संचालनमा ल्याउने तयारी

जनकपुर–जयनगर रेल माघदेखि संचालनमा ल्याउने तयारी

मुख्य समाचार, समाचार, समाज
  काठमाडौं, पुस २२ । जनकपुर–जयनगर रेल्वे सेवा माघदेखि संचालनमा ल्याउने तयारी गरिएको छ । झण्डै चार महिनादेखि धनुषाको इनर्वामा थन्काएर राखिएको दुई वटा रेल माघदेखि संचालन गर्ने तयारी रहेको नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक गुरुप्रसाद भट्टराईले बताए । रेल संचालनका लागि आवश्यक पर्ने जनशक्तिको व्यवस्थापनको विषय सुनिश्चित भइरहेको उनले बताए । रेल संचालनका लागि आवश्यक पर्ने २६ जना प्राविधिक कर्मचारीका लागि भारतीय पक्षसँग प्याकेजमा सहमति भइसकेको उनले बताए । त्यसलाई मुर्तरुप दिन उक्त प्याकेजसहितको प्रस्ताव मन्त्रिपरिषदमा पठाइसकेको पनि उनले जानकारी गराए । रेल ईन्जिनको सर्भिसिङग, रेल्वे लिकको मर्मत र रेल दुर्घटनाको जिम्मेवारी भारतीय पक्षले नै लिने तथा नेपालका प्राविधिक कर्मचारीलाई रेल्वे सम्बन्धि तालिम दिनेलगायतका विषय प्याकेजमा समावेश गरिएको उनले बताए । त्यसैगरि, नेपालको तर्फबाट ५० ...
ओलीले निरङ्कुश चरित्र देखाए :  नेता नेपाल, दिए  संबिधानलाई कुल्चिने गल्ति नगर्न चेतावनी

ओलीले निरङ्कुश चरित्र देखाए : नेता नेपाल, दिए संबिधानलाई कुल्चिने गल्ति नगर्न चेतावनी

ब्यानर समाचार, राजनिती
काठमाडौँ पुस २२ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड- नेपाल पक्षका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री ओलीले निरङ्कुश चरित्र देखाएको आरोप लगाएका छन् । पार्टीले आयोजना गरेको अन्तरक्रियामा बोल्दै अध्यक्ष नेपालले आफैले संसद विघटन गर्ने आफै फुलफ्लेज प्रधानमन्त्री रहेको दाबी गरेर निरङ्कुश चरित्र देखाएको आरोप लगाएका हुन् । अब निरङ्कुश व्यवस्था सम्भव नभएको भन्दै नेता नेपालले संबिधानलाई कुल्चिने गल्ति नगर्न चेतावनी दिए । सम्बोधन गर्दै अध्यक्ष नेपालले पार्टीभित्र काम गर्न दिइएन, हात खुट्टा बाधियो त्यसकारण अब देखाइदिन्छु भन्दै ओलीले न रहे बाँस न बजे बासुरी भने झै लोकतन्त्र र संविधान नै धरापमा पर्नेगरी प्रतिनिधिसभा बिघटन गरेको बताए । प्रधानमन्त्री केपी शर्मा ओलीले संबिधानका प्रावधानलाई क्षतविक्षत पारेर, संबिधानलाई कु गरेर निरंकुश चरित्र देखाएको आरोप लगाएका थिए ।अहिले सिंगो मुलुक...
प्रतिनिधसभा विघटनविरुद्धको रिटको अर्को सुनुवाई पुस २९ गते हुने, कार्कीले गरे इजलासमा नबस्ने घोषणा

प्रतिनिधसभा विघटनविरुद्धको रिटको अर्को सुनुवाई पुस २९ गते हुने, कार्कीले गरे इजलासमा नबस्ने घोषणा

ब्यानर समाचार, समाचार, समाज
  काठमाडौँ पुस २२ । प्रतिनिधसभा विघटनविरुद्ध परेका रिटको अर्को सुनुवाई अब पुस २९ गते बुधबार हुने भएको छ । सर्वोच्च अदालतको संबैधानिक इजलासमा आजको सुनुवाई न्यायाधिश हरिकृष्ण कार्कीले इजलासमा नबस्ने घोषणा गरेपछि अवरुद्ध भएको थियो । यस अघि रिट निवेदकका तर्फबाट बहसमा भाग लिदै वरिष्ठ अधिवक्ता रमण श्रेष्ठ, शम्भु थापालगायतले न्यायाधिश कार्की इजलासमा बस्न नहुने तर्क गरेका थिए । न्यायाधिश कार्की यस अघि केपी शर्मा ओली प्रधानमन्त्री हुदा महान्यायाधिवक्ता रहेको र अहिले ओलीकै कदमविरुद्धको मुद्धाको इजलासमा बस्दा स्वार्थ बाझिने तर्क गरेपछि न्यायाधिश कार्कीले इजलासमा नबस्ने घोषणा गरेका थिए । त्यस्तै बुधबार प्रतिनिधिसभा विघटनविरुद्ध रिट निवेदन दिएका निवेदकहरुले यस रिटको सुनुवाई बृहत पूर्ण इजलासमा गर्नुपर्ने माग गर्दै निवेदन दर्ता गरेका छन् । उनीहरुले यो विषय संबिधान र कानुनको गम्भीर...
पुनर्निर्माण प्राधिकरणका सव-इन्जिनियर डेढ लाख घुससहित पक्राउ

पुनर्निर्माण प्राधिकरणका सव-इन्जिनियर डेढ लाख घुससहित पक्राउ

ब्यानर समाचार 2, समाचार, समाज
  काठमाडौँ पुस २२ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाई (शिक्षा) अन्तर्गत कार्यरत सव-इन्जिनियर सुरेन्द्र अधिकारीलाई घुस रकमसहित पक्राउ गरेको छ । अख्तियारले तनहुँको भानु नगरपालिका कार्यक्षेत्र भई प्राधिकरणको जिल्ला आयोजना कार्यान्वयन इकाई (शिक्षा) अन्तर्गत कार्यरत सव(इन्जिनियर अधिकारीलाई आफ्नो कार्यक्षेत्र भित्रको विद्यालयको भौतिक संरचना निर्माणमा निकासा दिलाइ दिए वापत लिएको एक लाख ५० हजार रकमसहित पक्राउ गरेको जनाएको छ । गुस मागिरहेको सूचनाको आधारमा अख्तियारको पोखराको टोलिले अधिकारिलाई भानु नगरपालिका वडा नं।(२, बाट नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको जनाएको छ ।...
कपडा तथा सिलाइ व्यवसायी महासंघको देशव्यापी फेसन डिजाइन सिलाइ कटिङ्ग सप्ताह तालिम सुरु

कपडा तथा सिलाइ व्यवसायी महासंघको देशव्यापी फेसन डिजाइन सिलाइ कटिङ्ग सप्ताह तालिम सुरु

आर्थिक, समाचार, समाज, स्थानिय तह
काठमाण्डौँ, पुष २२ नेपाल कपडा तथा सिलाइ व्यवसायी महासंघको देशव्यापी फेसन डिजाइन सिलाइ कटिङ्ग सप्ताह तालिम सुरु भएको छ । मंगलबार झापा जिल्ला बाट देशव्यापी तालिमको सुरुवात गरिएको छ । नेपाल कपडा तथा सिलाइ व्यवसायी संघ झापाद्वारा अर्जुनधारा नगरपालिकामा फेसन डिजाइन सिलाइ कटिङ्ग सप्ताह तालिम को उद्घाटन गरेको छ । भोला परियारको अध्यक्षता भएको उक्त कार्यक्रममा अर्जुनधारा नगरपालिका मेयर हरि कुमार रानाको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा वडा अध्यक्ष नवीन ढुंगाना , कार्यपालिका सदस्य रमेश तिखत्री लगाएतले शुभकामना मन्तब्य राख्नु भएको थियो । तालिम लिन को लागि ५० भन्दा बढी व्यवसायीहरु को सहभागिता रहेको कार्यक्रममा नेपाल कपडा तथा सिलाइ व्यवसायी महासंघ केन्द्रीय सदस्य हरि नेपालीले कार्यक्रम संचालन गर्नु भएको थियो । महासंघका केन्द्रीय अध्यक्ष रामकृष्ण श्रेष्ठले हामि संगको कुराकानीमा, झापाबाट सुर...
पूर्ण सावधानी अपनाउदै परीक्षा संचालन

पूर्ण सावधानी अपनाउदै परीक्षा संचालन

शिक्षा, समाचार, स्थानिय तह
कृष्णनगर/कपिलवस्तु , पुस २२ कपिलवस्तुको कृष्णनगरमा रहेको जामिया सिराजुलवलुम अलसल्फिया झण्डानगरमा पुस २२ गते मंगलवार देखि विद्यार्थी हरुको अर्धवार्षिक परीक्षा शुरु गरेका छन। यो परिक्षामा लगभग ८०० विद्यार्थी हरु को सहभागिता रहेको छ परिक्षा दुई चरणमा भइ रहेको छ बिहाना ८:३०बजे देखि १०:३०बजे सम्म पहिलो चरण र १:३०बजे देखि ३:३०बजे सम्मा दोस्रो चरणको परिक्षा हुदै छ र परिक्षा संचालन गर्दा कोभिड १९ (कोरोना भाइरस) बाट विद्यार्थी,शिक्षकहरु लाई बचाउनको निम्ति पूर्ण सावधानी अपनाउदै समाजिक दूरी कायम गरि अनिवार्य रुपमा माक्स, सेनिटाइजर को प्रयोग गरि मात्रै परिक्षा हालमा आउन दिएका कुरा जामिया सिराजुलवलुम अलसल्फिया झण्डानगरका प्रवक्ता मौलाना मसहूद खां नेपाली ले बताएका छन। जामिया सिराजुलवलुम अलसल्फिया का अध्यक्ष समिम अहमद नदवीको भनाईनुसार कोभिड–१९ महामारीबाट बिद्यार्थी, अभिभावक, कलेजका प्राध्यापक तथा क...
पछिल्लो २४ घण्टामा ४०९ संक्रमित थपिए

पछिल्लो २४ घण्टामा ४०९ संक्रमित थपिए

ब्यानर समाचार 2, समाचार, स्वास्थ्य
काठमाण्डौं, पुष २२ पछिल्लो २४ घण्टामा नेपालमा ४ सय ९ जना कोरोना संक्रमित थपिएका छन्। यो सँगै कुल संक्रमितको संख्या २ लाख ६३ हजार १ सय ९३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। जसमध्ये ५ हजार १ सय ३३ जना सक्रिय संक्रमित छन्। गत २४ घण्टामा ६ हजार ७ सय ६ जनाको पिसिआर परीक्षण गर्दा ४ सय ९ जनामा कोरोना पुष्टि भएको छ। यो सँगै नेपालमा पिसिआर परीक्षण हुनेको संख्या १९ लाख ६४ हजार १ सय ६० पुगेको छ। बुधबार थप ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो सँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ८ सय ९९ पुगेको मन्त्रालयले जनाएको छ। हाल ३ सय ४२ जना क्वारेन्टाइनमा छन्। गत २४ घण्टामा ४ सय ९५ जना उपचारपछि डिस्चार्ज भएका छन्। यो सँगै नेपालमा निको हुनेको संख्या २ लाख ५६ हजार १ सय ६१ पुगेको मन्त्रालयले जनाएको छ।...