Thursday, April 25
Shadow

सेनाको गाडीले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु


  • -इ
  • इ+

काठमाडौं, पुस २२ । पूर्वपश्चिम लोकमार्गअन्तर्गत सप्तरीको रुपनी गाउँपालिकामा नेपाली सेनाको गाडीले ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार नेपाली सेनाको गाडीले ठक्कर दिँदा मोटरसाइकलमा सवार ६५ वर्षीय पुरुषको मृत्यु भएको हो ।

मृत्यु हुनेमा सप्तरीको अग्निसाइर–कृष्णसवरण गाउँपालिका २ का रामचन्द्रप्रसाद चौधरी छन् । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको स५प ५०७६ नम्बरको मोटरसाइकललाई सोही दिशाबाट जाँदै गरेको बा१ग १९८१ नम्बरको नेपाली सेनाको गाडीले ठक्कर दिएको थियो ।

घाइते थारूको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल लैजाँदै गर्दा बाटैमा मृत्यु भएको हो ।

सेनाको गाडी र चालक मनीष राई अहिले प्रहरीको नियन्त्रणमा छन् । मृतकको शव परीक्षणका लागि गजेन्द्रनारायण सिंह अस्पतालमा राखिएको छ ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares