Thursday, April 25
Shadow

प्रतिनिधसभा विघटनविरुद्धको रिटको अर्को सुनुवाई पुस २९ गते हुने, कार्कीले गरे इजलासमा नबस्ने घोषणा


  • -इ
  • इ+

 

काठमाडौँ पुस २२ । प्रतिनिधसभा विघटनविरुद्ध परेका रिटको अर्को सुनुवाई अब पुस २९ गते बुधबार हुने भएको छ ।

सर्वोच्च अदालतको संबैधानिक इजलासमा आजको सुनुवाई न्यायाधिश हरिकृष्ण कार्कीले इजलासमा नबस्ने घोषणा गरेपछि अवरुद्ध भएको थियो ।

यस अघि रिट निवेदकका तर्फबाट बहसमा भाग लिदै वरिष्ठ अधिवक्ता रमण श्रेष्ठ, शम्भु थापालगायतले न्यायाधिश कार्की इजलासमा बस्न नहुने तर्क गरेका थिए । न्यायाधिश कार्की यस अघि केपी शर्मा ओली प्रधानमन्त्री हुदा महान्यायाधिवक्ता रहेको र अहिले ओलीकै कदमविरुद्धको मुद्धाको इजलासमा बस्दा स्वार्थ बाझिने तर्क गरेपछि न्यायाधिश कार्कीले इजलासमा नबस्ने घोषणा गरेका थिए ।

त्यस्तै बुधबार प्रतिनिधिसभा विघटनविरुद्ध रिट निवेदन दिएका निवेदकहरुले यस रिटको सुनुवाई बृहत पूर्ण इजलासमा गर्नुपर्ने माग गर्दै निवेदन दर्ता गरेका छन् ।

उनीहरुले यो विषय संबिधान र कानुनको गम्भीर ब्याख्याको विषय भएकाले यसको अन्तिम ब्याख्या बृहत पूर्ण इजलासले मात्र गर्नसक्ने उनीहरुको दाबि रहेको छ ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares