Friday, April 26
Shadow

जनकपुर–जयनगर रेल माघदेखि संचालनमा ल्याउने तयारी


  • -इ
  • इ+

 


काठमाडौं, पुस २२ । जनकपुर–जयनगर रेल्वे सेवा माघदेखि संचालनमा ल्याउने तयारी गरिएको छ । झण्डै चार महिनादेखि धनुषाको इनर्वामा थन्काएर राखिएको दुई वटा रेल माघदेखि संचालन गर्ने तयारी रहेको नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक गुरुप्रसाद भट्टराईले बताए ।

रेल संचालनका लागि आवश्यक पर्ने जनशक्तिको व्यवस्थापनको विषय सुनिश्चित भइरहेको उनले बताए । रेल संचालनका लागि आवश्यक पर्ने २६ जना प्राविधिक कर्मचारीका लागि भारतीय पक्षसँग प्याकेजमा सहमति भइसकेको उनले बताए । त्यसलाई मुर्तरुप दिन उक्त प्याकेजसहितको प्रस्ताव मन्त्रिपरिषदमा पठाइसकेको पनि उनले जानकारी गराए ।

रेल ईन्जिनको सर्भिसिङग, रेल्वे लिकको मर्मत र रेल दुर्घटनाको जिम्मेवारी भारतीय पक्षले नै लिने तथा नेपालका प्राविधिक कर्मचारीलाई रेल्वे सम्बन्धि तालिम दिनेलगायतका विषय प्याकेजमा समावेश गरिएको उनले बताए ।

त्यसैगरि, नेपालको तर्फबाट ५० जना प्रशासनिक कर्मचारी सडक विभागसँग माग गरेको उनले बताए । त्यसका लागि सडक विभाग पनि सकरात्मक रहेको उनले बताए । त्यसैगरि, सामान्य प्रविधिक कर्मचारीको लागि विगतमा रेल्वेमा काम गरेका पुरना ईच्छुक करिव ४०÷५० जना कर्मचारीलाई ६ महिनाको लागि करारमा नियुक्त गरि तत्काल रेल संचालन गर्ने तयारी रहेको उनको भनाइ छ ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares