Thursday, April 18
Shadow

ओलीले निरङ्कुश चरित्र देखाए : नेता नेपाल, दिए संबिधानलाई कुल्चिने गल्ति नगर्न चेतावनी


  • -इ
  • इ+

काठमाडौँ पुस २२ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड- नेपाल पक्षका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री ओलीले निरङ्कुश चरित्र देखाएको आरोप लगाएका छन् ।

पार्टीले आयोजना गरेको अन्तरक्रियामा बोल्दै अध्यक्ष नेपालले आफैले संसद विघटन गर्ने आफै फुलफ्लेज प्रधानमन्त्री रहेको दाबी गरेर निरङ्कुश चरित्र देखाएको आरोप लगाएका हुन् । अब निरङ्कुश व्यवस्था सम्भव नभएको भन्दै नेता नेपालले संबिधानलाई कुल्चिने गल्ति नगर्न चेतावनी दिए ।

सम्बोधन गर्दै अध्यक्ष नेपालले पार्टीभित्र काम गर्न दिइएन, हात खुट्टा बाधियो त्यसकारण अब देखाइदिन्छु भन्दै ओलीले न रहे बाँस न बजे बासुरी भने झै लोकतन्त्र र संविधान नै धरापमा पर्नेगरी प्रतिनिधिसभा बिघटन गरेको बताए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले संबिधानका प्रावधानलाई क्षतविक्षत पारेर, संबिधानलाई कु गरेर निरंकुश चरित्र देखाएको आरोप लगाएका थिए ।अहिले सिंगो मुलुक प्रधानमन्त्रीको कदमको विरुद्ध छ भन्दै ओली नेकपाको प्रधानमन्त्रीको रुपमा संबिधानमाथि मर्माहत प्रहार गरेकोमा दुख व्यक्त गरेका थिए ।

यो ओलीको स्वेच्छाचारी कदम भएको भन्दै उनको कदमको नेकपाले विरोध गरेको र उनलाई अनुशासनको कारवाही गरिएको नेपालले बताए ।  ओलीले सङ्कट्कालभन्दा अघि बढेर षड्यन्त्रको तानाबाना बुने पनि ती कुनै पनि सफल नहुने बताउदै सबै दल मिलेर संघर्ष गर्नुपर्नेमा जोड दिए ।

 

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares