Thursday, April 18
Shadow

थप उर्जाका साथ अघि बढ्न व्यवसायीलाई सञ्चारमन्त्रीको आग्रह


  • -इ
  • इ+

 

काठमाडौँ पुस २२ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले पछिल्लो राजनीतिक परिवर्तनबाट व्यवसायलाई असर नपर्ने भएकाले ढुक्क भएर अघि बढ्न व्यवसायीलाई आग्रह गरेका छन । नेपाल हर्ब्स तथा हर्बल उत्पादक सङ्घको अधिवेशनमा उनले कतिपय व्यवसायीमा कतै सङ्कटकाल लाग्ने हो कि अरु केही भइहाल्छ कि भन्न आशङ्का गरे पनि त्यस्तो केही नहुने स्पष्ट पारे ।

उनका अनुसार देश अब नयाँ जनादेशबाट अघि बढ्नेछ । उनले भने, “व्यवसायी पनि नयाँ ऊर्जाका साथ अघि बढ्नुहोस ।” सङ्घका पूर्वअध्यक्षसमेत रहेका मन्त्री गुरुङले हर्बल व्यवसायले युवा वर्गलाई आफ्नो गाउँ फर्काउन सक्ने उल्लेख गरे । यस क्षेत्रले रोजगारीको सिर्जना गरेर समृद्धिमा सहयोग पुर्‍याउने उनको भनाइ थियो ।

उनले व्यवसायीलाई उत्पादन बढाउन र निर्यात प्रवद्र्धन गर्नुपर्ने आवश्यकता रहेको औँल्याए । सञ्चार मन्त्रालयका तर्फबाट मन्त्रालयको कार्यक्षेत्रमा पर्ने कुरामा सहयोग पुर्‍याउने उनले बताए ।

 

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares