Saturday, April 20
Shadow

अस्ट्रेलियाविरुद्ध खेल्ने भारतीय क्रिकेट टिमको घोषणा


  • -इ
  • इ+

काठमाडौँ पुस २२ । अस्ट्रेलियाविरुद्धको तेस्रो टेस्ट खेलका लागि भारतीय क्रिकेट टिमको घोषणा गरिएको छ । तेस्रो टेस्टमा भारतीय टिममा रोहित शर्मा र नवदीप सैनीलाई समावेश गरिएको छ ।

रोहितले यस अघि दुई खेल खेलेका मयंक अग्रवाललाई रिप्लेस गरेका छन् । रोहितले विहिबार बिहानदेखि शुरु हुने तेस्रो टेस्टमा शुभमन गीलसँग ओपनिंग गर्ने छन् । रोहित सन २०१९ को नोभेम्बरपछि पहिलो पल्ट टेस्ट क्रिकेट खेल्न लागेका हुन् ।

त्यस्तै भारतका लागि युवा तिब्रगतिका बलर नवदीप सैनीले टेस्ट क्रिकेटमा डेभ्यु गर्ने भएका छन् । तिब्रगतिका बलर उमेश यादव र मोहमद सामी घाइते भएपछि सैनीले टेस्ट खेल्ने अवसर पाएका हुन् ।

अस्ट्रेलियाविरुद्ध खेल्ने भारतीय टिम स् आजिख्य रहाने (कप्तान), रोहित शर्मा (उपकप्तान), शुभमन गील, चैतेश्वोर पुजारा, हनुमा विहारी, ऋषव पन्त, रविन्द्र जडेजा, आर आश्विन, जसप्रित बुमराह, नवदीप सैनी र मोहमद सिराज ।

अस्ट्रेलिया र भारतबीचको जारी सिरिजमा दुवैले यस अघि खेलिएका दुई टेस्टमा १-१ जितेर बराबरमा रहेका छन् ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares