Friday, April 26
Shadow

कांग्रेस जिल्ला कार्यसमिति काठमाडौंले पुस २५ देखि सरकारविरुद्ध प्रदर्शन गर्ने


  • -इ
  • इ+

काठमाडौं , पुस २२ । नेपाली कांग्रेस जिल्ला कार्य समिति काठमाडौंले प्रतिनिधिसभा विघटनविरुद्ध विरोध प्रदर्शन गर्ने निर्णय गरेको छ ।
काठमाडौं जिल्ला सभापति सबुज बानियाँको नेतृत्वमा गणेशमान स्मृति भवन ज्ञानेश्वरमा बसेको जिल्ला कार्यसमिति बैठकले प्रधानमन्त्रीको असंवैधानिक कदमविरुद्ध सशक्त विरोध प्रदर्शन गर्ने निर्णय गरेको हो ।

प्रधानमन्त्रीले असंवैधानिक ढंगले प्रतिनिधिसभा विघटन गरेको भन्दै सो कदमविरुद्ध यहि पुस २५ गते प्रदेशसभा निर्वाचन क्षेत्रमा, माघ ३ गते गाउँपालिका तथा नगरपालिकामा र माघ ८ गते वडास्तरमा विरोधका कार्यक्रम गर्ने निर्णय गरेको छ । बैठकले पुस २५ गते दिउँसो १ बजे काठमाडौं जिल्लाका २० वटै निर्वाचन क्षेत्रमा एकैसाथ विरोध प्रदर्शन गर्न जिल्लाभित्रका सम्पूर्ण पार्टी सदस्यलाई निर्देशन दिएको सभापति बानियाँले जानकारी दिए ।

गत पुस १९ गते बसेको कांग्रेस केन्द्रीय समिति बैठकले प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गएको पुस ५ गते गरेको प्रतिनिधिसभा विघटनको विरोधमा २२ पुस, काठमाडौं । नेपाली काङ्ग्रेस जिल्ला कार्य समिति काठमाडौंले प्रतिनिधिसभा विघटनविरुद्ध सशक्त विरोध प्रदर्शन गर्ने निर्णय गरेको छ ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares