Tuesday, May 12
Shadow

Author: Interview Nepal

प्रहरीका ६९ डीएसपीको सरुवा को–कहाँ भए ?  (सूचीसहित)

प्रहरीका ६९ डीएसपीको सरुवा को–कहाँ भए ? (सूचीसहित)

ब्यानर समाचार, समाचार
काठमाडौं , पुस २१ । नेपाल प्रहरीका प्रहरी नायव उपरिक्षक (डीएसपी)हरुको सरुवा गरिएको छ । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले मंगलबार ६९ जना डिएसपीलाई सरुवा गरेका हुन् । जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुमा कबित कटुवाललाई सरुवा गरिएको छ । ओखलढुंगामा गोबिन्दराज काफ्ले, ईलाका प्रहरी कार्यालय बैदाममा चिनीमाया तामाङ्ग, रसुवामा देवेन्द्र पाण्डे, रामेछापमा नवराज ढुंगाना र दोलखामा भेषराज रिजाललाई पठाइएको छ । महानगरीय प्रहरी वृत्त बालाजुमा निर्मल बुढाथोकीलाई सरुवा गरिएको छ । मनाङमा सुवास खड्कालाई पठाइएको छ । इलाका प्रहरी कार्यालय कोहलपुर, बाँकेमा रविन्द्र खनाललाई सरुवा गरिएको छ भने त्यहाँका डीएसपी कुलदीप चन्दलाई रानीपोखरी सरुवा गरिएको छ ।प्रहरी प्रधान कार्यालयका अनुसार माघ महिनादेखिको तलब, भत्ता हाल सरुवा भएको दरबन्दीबाट खान पाउने गरी उनीहरुको सरुवा गरिएको हो । ...
उपत्यकामा हालसम्मकै उच्च वायु प्रदुषणः सतर्कता अपनाउन र घर बाहिर ननिस्कन सरकारको आग्रह

उपत्यकामा हालसम्मकै उच्च वायु प्रदुषणः सतर्कता अपनाउन र घर बाहिर ननिस्कन सरकारको आग्रह

मुख्य समाचार, समाचार, समाज
काठमाडौं, पुस २१ । काठमाडौं उपत्यकामा हालसम्मकै उच्च वायु प्रदुषण देखिएको छ । योसँगै सकेसम्म घर बाहिर ननिस्कन नागरिकलाई सरकारले आग्रह गरेको छ । बुधबार एक विज्ञप्ती जारी गर्दै नेपाल सरकारको वातावरण विभागले काठमाडौं उपत्यकामा वायु प्रदुषणको स्तर अत्यधिक बढेको जनाएको हो । मंगलवार काठमाडौं उपत्यकाको वायुमा प्रदुषणको मात्रा विश्वका ५० सहरमध्ये सबैभन्दा धेरै मापन गरिएको छ । वातावरण विभागको वायु गुणस्तर मापन केन्द्रका अनुसार मंगलबार १ बजेको अद्यावधिक विवरण अनुसार एअर क्वालिटी इन्डेक्स ४०२ छ । ३०१ देखि ५०० सम्मको एक्यूआई सूचकलाई खतरनाकको सूचीमा राखिएको छ । मौसम परिवर्तनका कारण काठमाडौंमा वायु प्रदुषण बढेको वातावरण विभागका महानिर्देशक मुकुन्द प्रसाद निरौलाले बताउनुभयो । वातावरण विभागले बिहान र बेलुकाको समयमा वायु प्रदूषण अत्याधिक बढेको जनाएको छ । विभागले बालबालिका, वृद्धवृद्धा, दीर्घ र...
निर्वाचन आयोगद्वारा मतदानस्थल र मतदान केन्द्र निर्धारण कार्यविधि स्वीकृत

निर्वाचन आयोगद्वारा मतदानस्थल र मतदान केन्द्र निर्धारण कार्यविधि स्वीकृत

ब्यानर समाचार, समाचार, समाज
  काठमाडौं, पुस २१ । निर्वाचन आयोगले आगामी प्रतिनिधिसभा निर्वाचनका सन्दर्भमा ‘मतदानस्थल तथा मतदान केन्द्र निर्धारण कार्यविधि, २०७७’ र ‘मतदानस्थल तथा मतदान केन्द्र पुनरावलोकनसम्बन्धी कार्यक्रम, २०७७’ स्वीकृत गरेको छ । मतदाता नामावली तयारीसँगै मतदानस्थल तथा मतदान केन्द्र निर्धारणको काम पनि गर्नुपर्ने भएकाले अन्तिम मतदाता नामावली प्रकाशन गर्नु अगावै मतदानस्थल तथा मतदान केन्द्र पुनरावलोकन कार्यक्रम स्वीकृत गरिएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए । सरकारले २०७८ साल वैशाख १७ र २७ गते सोमबार दुई चरणमा प्रतिनिधिसभा सदस्य निर्वाचनको घोषणा गरिसकेको छ । आयोगबाट उक्त निर्वाचनका लागि अन्तिम मतदाता नामावली तयारीको प्रक्रिया शुरु भइसकेको छ । स्वीकृत कार्यक्रमअनुसार यही पुस २३ गतेदेखि जिल्लास्तरमा मतदानस्थल तथा मतदान केन्द्र निर्धारणसम्बन्धी कार्य प्रारम्भ हुनेछ । आयोगका...
सडक बत्ती मर्मत गर्ने क्रममा करेन्ट लागेर भक्तपुरमा एकजनाको मृत्यु

सडक बत्ती मर्मत गर्ने क्रममा करेन्ट लागेर भक्तपुरमा एकजनाको मृत्यु

मुख्य समाचार, समाचार, समाज
  काठमाडौं पुस २१ । भक्तपुरमा सडक बत्ती मर्मत गर्ने क्रममा करेन्ट लाग्दा एकजनाको मृत्यु भएको छ । अन्य एकजना घाइते भएका छन् । मृत्यु हुनेमा भक्तपुर नगरपालिका-२ ब्यासी बस्ने दोलखाको मेलुङ गाउँपालिका-५ घर भएका २३ वर्षीय राजकुमार बुढाथोकी रहेका छन् । उनी भक्तपूर नगरपालिकाको तर्फबाट सडकबत्ती निर्माण कार्यमा खटिएका थिए । भक्तपुर नगरपालिका-२ ब्यासी इतापामा बिजुलीको पोलमा चढेर बत्ती मर्मत गर्ने क्रममा मंगलबार दिउँसो करेन्ट लाग्दा उनी गम्भीर घाइते भएका थिए । उपचारका लागि भक्तपुर अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । करेन्ट लागेर घाइते भएका सिन्धुली कमलामाई नगरपालिका-११ घर भई हाल काठमाडौं बल्खु बस्ने २७ वर्षीय विक्रम मोक्तानको सोही अस्पतालमा उपचार भइरहेको छ ।  ...
प्रचण्ड र माधव सरकार विरोधी गतिविधिमा लागे: उपप्रधानमन्त्री पोखरेल

प्रचण्ड र माधव सरकार विरोधी गतिविधिमा लागे: उपप्रधानमन्त्री पोखरेल

ब्यानर समाचार 2, राजनिती
काठमाडौं, पुस २१ । उपप्रधानमन्त्री ईश्वर पोखरेलले पार्टी एकता नै अहिलेको आवश्यकता रहेको बताएका छन् । मंगलबार जनकपुरमा नेकपा ओली समूहद्वारा आयोजित बृहत कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् । ओली समूहका स्थायी समिति सदस्य समेत रहेका उपप्रधानमन्त्री पोखरेलले पार्टी एकता विरुद्ध जानेहरुको अन्त्य सुनिश्चित रहेको बताए । उनले पार्टी एकता भएको ३ वर्ष नवित्दै आफ्नै अध्यक्षविरुद्ध पार्टी भित्रैबाट एकता विरोधी गतिविधि भएको गुनासो गरे । उनले अझै पार्टी एकता जोगाउन सकिने औंल्याए । साथै उपप्रधानमन्त्री पोखरेलले प्रचण्ड र माधव नेपाल सरकार र पार्टी विरोधी गतिविधिमा लागेको आरोप लगाए । कार्यक्रममा पूर्वमन्त्री तथा सो समूहका स्थायी समिति सदस्य रघुवीर महासेठले जनकपुरको तत्कालिन नेकपा एमालेको पार्टी कार्यालय कब्जा गर्न खोज्नेको भन्दै कडा आलोचना गरे ।...
प्रतिनिधिसभा विघटन : रिटको सुनुवाइ बृहत् पूर्ण इजलासमा हुनुपर्ने माग, १२ जनाले गरे निवेदन पेश

प्रतिनिधिसभा विघटन : रिटको सुनुवाइ बृहत् पूर्ण इजलासमा हुनुपर्ने माग, १२ जनाले गरे निवेदन पेश

ब्यानर समाचार, समाचार, समाज
काठमाडौं, पुस २१ ।  प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिटको सुनुवाइ सर्वोच्च अदालतको बृहत् पूर्ण इजलासबाट हुनुपर्ने मागसहित १२ जनाले निवेदन पेश गरेका छन् । अधिवक्ता कञ्चनकृष्ण न्यौपाने, नेकपा प्रचण्ड(माधव नेपाल समूहबाट रिट दायर गरेका देव गुरुङ, वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीलगायत १२ जनाले आफूहरुले दिएको रिटको सुनुवाइ बृहत् पूर्ण इजलासबाट हुनुपर्ने मागसहित निवेदन दिएका हुन् । संविधानको धारा १२८ अनुसार सुनुवाइ होस् भनेर निवेदन दिएको उनीहरले बताएका छन् । धारा १२८ को उपधारा ९२० मा ‘सर्वोच्च अदालत अभिलेख अदालत हुनेछ । यस संविधानमा अन्यथा व्यवस्था भएकोमा बाहेक सबै अदालत र न्यायिक निकायहरू सर्वोच्च अदालत मातहत रहनेछन् । संविधान र कानूनको व्याख्या गर्ने अन्तिम अधिकार सर्वोच्च अदालतलाई हुनेछ’ उल्लेख छ । सर्वोच्चको संवैधानिक इजलासमा ती रिटहरूमाथि बुधबारदेखि सुनुवाइ हुँदैछ ।गत पुस ५ गते...
खप्तड घुम्न हेलिकप्टरको व्यवस्था, कति पर्छ टिकट ?

खप्तड घुम्न हेलिकप्टरको व्यवस्था, कति पर्छ टिकट ?

मनोरञ्जन, समाज
काठमाण्डौं, पुष २१ सुदूरपश्चिमप्रदेशको प्रमुख पर्यटकीयस्थल खप्तड घुम्नका लागि हेलिकोप्टर प्याकेजको व्यवस्था गरिएको छ । डोटीको पूर्वीचौकी गाउँपालिकास्थित झिङ्ग्रानामा निर्माण गरिएको खप्तड घरवासले माउन्टेन एयरसँग सहकार्य गर्दै खप्तड घुम्नका लागि प्याकेजको व्यवस्था गरेको हो। सुदूरपश्चिम प्रदेशकै सुन्दर तथा मनोमोहक खप्तड क्षेत्रमा घुम्न आउने पर्यटकको सहजताका लागि उक्त व्यवस्था गरिएको खप्तड घरवासका सञ्चालक दीपकबहादुर खड्काले बताए । यहाँका पहाडी जिल्ला बझाङ, बाजुरा, अछाम तथा डोटीको सङ्गमस्थलका रूपमा समेत रहेको खप्तड क्षेत्र प्राकृतिक सौन्दर्यको खानीका रूपमा चिनिँदै आएको र उक्त क्षेत्रमा पर्यटक ल्याई सहजरूपमा भित्र्याउन हेलिकोप्टर प्याकेजको व्यवस्था गरिएको सञ्चालक खड्काले बताए। उनले भने, “कोरोनाका कारण हामीले पर्यटक भित्र्याउन सकेनौँ, अहिले केही सहज भएकाले हामीले बढीभन्दा बढी पर्यटक भित्...
भारतमा सवारी दुर्घटनामा परी कञ्चनपुरका युवकको मृत्यु

भारतमा सवारी दुर्घटनामा परी कञ्चनपुरका युवकको मृत्यु

दुर्घटना, मुख्य समाचार
काठमाडौ,पुस २१ भारतमा सवारी दुर्घटनामा परि कञ्चनपुरका एक युवको मृत्यु भएको छ। दिल्लीमा एक कम्पनीमा कार्यरत बेलडाँडी गाँउपालिका–४ वैवाहका ३२ वर्षीय बीरबहादुर डगौरा(चौधरी)को मुत्यु भएको हो। आफन्तका अनुसार चौधरीलाई कम्पनीले देहरादुन पठाएको थियो।
अहिलेको लडाइँ क्रान्ति र प्रतिक्रान्तिबीच

अहिलेको लडाइँ क्रान्ति र प्रतिक्रान्तिबीच

राजनिती, समाचार, समाज
काठमाण्डौ, पुष २१ नेकपा प्रचण्ड–नेपाल समूहका नेता योगेश भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओली प्रतिगमनको प्रतिनिधि भएको टिप्पणी गरेका छन् । उनले अहिलेको लडाइँ क्रान्ति र प्रतिक्रान्तिबीच भएको पनि बताए । मंगलबार नेकपा बिटमा रिर्पोटिङ गर्ने सञ्चारकर्मीसँगको छलफलमा उनले भने, ‘यो लडाइँ अग्रगमन र प्रतिगमन बीको हो ।उनले ओलिीले जनयुद्धका मुद्दाका कुरा उठाउन थालेको भन्दै उनले यस्तो भए पुरानै अवस्थामा फर्कनु पर्ने पनि बताए । जनयुद्धका सबै मुद्दा सत्यनिरुपरन तथा मेलमिलाप आयोगले हेर्ने निर्णय भएको पनि उनले स्मरण गराए । भट्टराईले अहिलेको उपलब्धी जनयुद्ध र जनआन्दोलनकै कारणले भएको पनि उनले बताए।...
सडक निर्माणका क्रममा ढुङ्गाले लागेर रसुवामा एक मजदुरको मृत्यु

सडक निर्माणका क्रममा ढुङ्गाले लागेर रसुवामा एक मजदुरको मृत्यु

दुर्घटना, मुख्य समाचार, स्थानिय तह
काठमाण्डौँ, पुष २० रसुवामा सडक निर्माणका क्रममा ढुङ्गाले लागेर एक मजदुरकाे ज्यान गएको छ । ज्यान गुमाउनेमा नौकुण्ड गाउँपालिका १ यार्साका ४५ वर्षीय धनबहादुर तामाङ रहेका छन् । मङ्गलबार बिहान पाैने १० बजे धुन्चे–खाेदल सडक खण्डकाे केबुमा एक्स्काभेटरले सडक खन्ने क्रममा सडककाे तल नाली निर्माण गरिरहेका तामाङकाे ढुङ्गाले लागेर ज्यान गएकाे प्रहरीले जनाएकाे छ । एक्स्काभेटरले नाली निर्माण गर्ने ठाउँभन्दा झण्डै ५० मिटरमाथि काम गरिरहेको थियो । प्रहरीले सिन्धुपाल्चोकको जुगल गाउँपालिका ९ का २७ वर्षीय चालक रविन तामाङलाई एक्स्काभेटरसहित नियन्त्रणमा लिइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।...