Thursday, August 20
Shadow

Author: Interview Nepal

कक्षा १२ को परीक्षाफल प्रकाशित

कक्षा १२ को परीक्षाफल प्रकाशित

शिक्षा, समाचार
काठमाण्डौँ, माघ १९ राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ। बोडर्ले सोमबार बिहान नतिजा सार्वजनिक गरेको हो । आइतबार बसेको बोर्ड बैठकले सोमबार बिहान नतिजा प्रकाशित गर्ने निर्णय गरेको थियो। प्रकाशित नतिजा अनुसार १ जनाको परीक्षाफल रद्द भएको छ भने ११ हजार ४ सय ९० जनाको स्थगित भएको छ। कुल ४ लाख ३३ हजार २ सय ७१ मध्ये बाँकी परिक्षार्थी पास भएको बोर्डले जनाएको छ। बोर्डले कुल पूर्णाङ्कमध्ये ४० प्रतिशतको संक्षिप्त परीक्षा सञ्चालन गरेको थियो । कार्यविधिले ४० प्रतिशत पूर्णाङ्कको संक्षिप्त परीक्षा, ४० प्रतिशत पूर्णाङ्कको कक्षा ११ को प्राप्तांक र २० प्रतिशत पूर्णाङ्कको विद्यार्थीको आन्तरिक मूल्यांकनका आधारमा कक्षा १२ को मूल्यांकन गर्ने निर्णय गरेको हो। परीक्षाफल हेर्नको लागि एनटीसी सिमबाट १६०० मा डायल गरेर नतिजा हेर्न सकिने छ।...
म्यानमारमा सैनिक ‘कु’ , एक वर्षको लागि सङ्कटकाल घोषणा

म्यानमारमा सैनिक ‘कु’ , एक वर्षको लागि सङ्कटकाल घोषणा

अन्तर्राष्ट्रिय, ब्यानर समाचार
काठमाडौं, माघ १९ । सत्तारुढ दलका नेताहरुको गिरफ्तारीपश्चात म्यानमारको सेनाले सत्ता हत्याउँदै एक वर्षका लागि संकटकाल घोषणा गरेको छ । म्यानमारको सेना समर्थित टेलिभिजनबाट एक भिडिओ सन्देश जारी गर्दै सेनाले एक वर्षका लागि संकटकाल घोषणा गरेको बीबीसीले जनाएको छ । यसअघि सेनाले आज बिहानै सत्तारुढ दल नेशनल लिग फर डेमोक्रेसी (एनएलडी)की नेतृ एवम् स्टेट काउन्सिलर आन साङ सुकी, राष्ट्रपति विन मिन्ट र प्रदेशका मुख्यमन्त्रीहरूलाई गिरफ्तार गरेको थियो । अहिले राजधानी नेपिदअ र रंगुन शहरका सडकमा सैनिकहरूले गस्ती गरिरहेका छन् भने नेपिदअको सञ्चार सम्पर्क बिच्छेद गरिएको छ । सोमबार म्यानमारको नयाँ संसदको बैठक बस्ने तय भएको थियो । तर सेनाले भने यो बैठक नराख्न आग्रह गरिरहेको थियो । गत नोभेम्बरमा भएको निर्वाचनमा एनएलडीले सरकार गठनका लागि संसद्‌मा पर्याप्त सिट जिते पछि सेनाले निर्वाचनमा धाँधली भएको दाबी गर्दै...
सुदूरपश्चिममा बिहानै भूकम्पको धक्का महसुस

सुदूरपश्चिममा बिहानै भूकम्पको धक्का महसुस

मुख्य समाचार, समाचार, समाज, स्थानिय तह
काठमाडौं, माघ १९ । सुदूरपश्चिम प्रदेशमा भूकम्पको धक्का महसुस गरिएको छ । आज बिहान २ बजेर ३४ मिनेटमा बझाङको गडराय आसपास केन्द्र भएर भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतका टेक्निकल असिस्टेन्ट तीर्थराज दाहालले जानकारी दिए । उक्त भूकम्प ३ दशमलव ७ रेक्टर स्केलको रहेको जनाइएको छ । यसैगरी आइतबार राति १२ बजेर ४६ मिनेटमा नेपाल–भारत सीमा खलङ्गाको उत्तर पश्चिम १८ किलोमिटर टाढा आसपास केन्द्र भएर भूकम्प गएको उहाँले जानकारी दिए । उक्त भूकम्प ३ दशमलव ६ रेक्टर स्केलको रहेको केन्द्रले जनाएको छ ।...
निडर बक्ता शम्भु नेपालको शब्द तथा उद्धब घिमिरेको लयमा “आहा माया ” सार्वजनिक

निडर बक्ता शम्भु नेपालको शब्द तथा उद्धब घिमिरेको लयमा “आहा माया ” सार्वजनिक

मनोरञ्जन
महेन्द्र अधिकारी, ललितपुर,माघ १९ । गित सगित बजारमा आउने क्रममा लय तथा सर्जक सम्भु नेपालको आहा माया बोलको गित सार्वजानिक भएको छ । पछिल्लो समयमा सर्जक सम्भु नेपालले र्सिजना गरेका गित संगितले निकै चर्चा कमाएको छ । घैया मकै लगाएतका अरु अन्य बिभिन्न गितहरु बाट चर्चा कमाउने क्रम जारी छ । यस गीतलाई शब्द उनै प्रतिभाका खानि शम्भु नेपालले भरेका हुन् । आमा मनकुमारी र बुबा टिका प्रसाद नेपालको कोखबाट नुवाकोट ककनी गाँउ पालिका ६, ३५किलो जुरेथम भदौरेमा जन्मिएका शम्भु नेपाल, पछिल्लो समयमा बजारमा आएका केहि गीतहरुबाट समाजमा बिकृति फैलाई रहेकोले हुनाले यस्ता विकृतिजन्य गीतहरुलाई निरुत्साहित गर्नका निमित्त बिभिन्न मिडिया मार्फत आफ्नो आवाज बुलन्द गरिरहने एक निडर बक्ता पनि हुन् । उनि द्वारा सृजित गीतहरु पनि धेरै बजारमा आइसकेका छन् । उद्वव घिमिरे र पबित्रा खड्काको आहा माया बोलको गित बजारमा आएको हो । उद्वव घ...
प्रचण्ड–माधव समूहको केन्द्रीय समिति बैठक बस्दै, एजेण्डा के छ ?

प्रचण्ड–माधव समूहको केन्द्रीय समिति बैठक बस्दै, एजेण्डा के छ ?

ब्यानर समाचार, राजनिती
काठमाडौं , माघ १९ । नेकपा प्रचण्ड–माधव समूहको केन्द्रीय समितिको बैठक बस्दै छ ।संसदविघटनविरुद्ध तेस्रो चरणका आन्दोलनका कार्यक्रम गरिरहेको उक्त समुहले बैठक बिहान ११ बजे पार्टी कार्यालय पेरिसडाँडामा बोलाइएको छ । बैठकमा समसामयिक विषयमा छलफल हुने बताइएको छ ।माघ २८ गते हुने भनिएको जनप्रदर्शन तथा निर्वाचन आयोगले दल दर्तासम्बन्धी प्रक्रिया अघि बढाउन लागेपछि प्रचण्ड समूहले केन्द्रीय समितिको बैठक आह्वान गरेको हो। प्रचण्ड–माधव समूह गत पुस ५ गते विघटित संसद् पुनःस्थापना हुनुपर्ने र निर्वाचन आयोगले आफ्नो समूहलाई वैधानिकता दिनुपर्ने अडानमा छ । संसद विघटनको विरोधमा उसले देशभर आन्दोलनका कार्यक्रम गर्दै आएको छ ।...
कक्षा १२ को नतिजा आज सार्वजनिक हुँदै

कक्षा १२ को नतिजा आज सार्वजनिक हुँदै

मुख्य समाचार, शिक्षा, समाचार, समाज
काठमाडौं , माघ १९ । राष्ट्रिय परीक्षा बोर्डले आज सोमवार कक्षा १२ को नतिजा सार्वजनिक गर्ने तयारी गरेको छ । नतिजा सार्वजनिक गर्नका लागि बोर्डले अहिले बिहान १० बजे बैठक बोलाएको छ । कोरोनाभाइरस महामारीका कारण गत मंसिर ९ गतेबाट सञ्चालन भएको कक्षा १२ को परीक्षाको नतिजा अन्तत आज प्रकाशित हुने लगभग पक्का भएको हो । महामारीका कारण निकै ढिलो गरी सञ्चालन भएको परीक्षाको नतिजा प्रकाशन शिक्षकले जथाभावी प्राप्तांक पठाउँदा ढिलाइ भएको थियो । कार्यविधिमा तोकिए जसरी परीक्षा केन्द्रहरुबाट नम्बर नआउँदा समयमा नतिजा सार्वजनिक गर्न नसकिएको बोर्डले बताउँदै आएको थियो ।...
संसद विघटनविरुद्ध कांग्रेसका १३ वटै भातृ संगठनलेआज देशभर प्रदर्शन गर्दै

संसद विघटनविरुद्ध कांग्रेसका १३ वटै भातृ संगठनलेआज देशभर प्रदर्शन गर्दै

ब्यानर समाचार, राजनिती
काठमाडौं , माघ १९ । नेपाली कांग्रेसका १३ भातृ संगठनले आज देशभर प्रदर्शन गर्ने भएका छन् । संसद विघटनविरुद्ध नेपाली कांग्रेसका १३ भातृ संगठन एकजुट भएका हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीको असम्वैधानिक कदमविरुद्ध आन्दोलित हुनुपरेको उनीहरूले संयुक्त विज्ञप्तिमार्फत जनाएका छन् । पार्टीको १३ गते बसेको केन्द्रीय समिति बैठकले १३ वटै भातृ संस्थाहरूको संयुक्त आयोजनामा सोमबार एकसाथ ७७ जिल्लामा प्रदर्शन गर्ने निर्णय गरेको थियो । सोही अनुरुप उनीहरू आन्दोलित बनेका हुन् । देशका विभिन्न स्थानमा हुने सभालाई पार्टीका शीर्ष नेताले सम्बोधन गर्ने कार्यक्रम रहेको छ।विज्ञप्ति निकाल्दै सोमबारको प्रदर्शनमा सहभागि हुन देशभरका सबै सदस्य, समर्थक, शुभचिन्तकहरुलाई कांग्रेसले आग्रहसमेत गरेको छ । कांग्रेसले यस अघि १६५ वटै निर्वाचन क्षेत्र, ३३० वटै प्रदेश सभा, ७५३ वटै स्थानिय तह र ६ हजार ७४३ वटै वडामा विरोध प...
आज २०७७ माघ १९ गते सोमबारको राशिफल, कस्तो रहला तपाईको आजको दिन ?

आज २०७७ माघ १९ गते सोमबारको राशिफल, कस्तो रहला तपाईको आजको दिन ?

मुख्य समाचार, समाचार, समाज
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज विशिष्ट व्यत्तिको भेटघाटले मन प्रसन्न हुनेछ । सवारी साधनको खरिद बिक्री हुने योग छ । दाम्पत्य जीवन पनि सुखमय नै हुनेछ । बृष वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) मन सम्हाल्न आवश्यक हुनेछ । दुष्ट व्यक्तिको संगतले आत्मघाती काम गर्न पुगिएला सचेत रहनु पर्नेछ । सौन्दर्यतामा धन खर्च हुनेछ । मिथुन मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । शुभकार्यको चर्चा चल्नेछ । बन्धु बान्धवबाट सहयोग मिल्नेछ । प्रेममा सफलता मिल्नेछ । कर्कट कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) श्रमको उचित मुल्याङ्कन हुनेछ । मनमा हर्ष,उमङ्ग र उत्साह छाउनेछ । कला र गलाको प्रभाव बढ्नेछ । शुभ समाचार पनि सुन्न पाइएला । सिंह सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) अरुलाई प्रभावित पारेर काम बन्नेछ । वाक्चतुर्याईँले सङ्कल्प सिद्ध ह...
म्यान्मारमा सेनाको कू, सुकीसहित शिर्ष नेताहरु हिरासतमा

म्यान्मारमा सेनाको कू, सुकीसहित शिर्ष नेताहरु हिरासतमा

अन्तर्राष्ट्रिय, ब्यानर समाचार
काठमाडौँ । म्यान्मारमा सेनाले कू गरेको छ । गत नोभेम्बरमा सम्पन्न निर्वाचनपछि जारी मतभेदका बीच म्यान्मारको सेनाले नेशनल लिग फ्र डेमोक्रेसी पार्टीकी सर्वोच्च नेता आङ सान सुचीसहित वरिष्ठ नेताहरुलाई सेनाले हिरासतमा लिएको पार्टी प्रवक्ताले जानकारी दिएका छन् । सोमबार बिहानै सूकीसहित राष्ट्रपति विन मिन्ट, अरु नेता, विभिन्न राज्यका मुख्यमन्त्रीहरुलाई पनि पक्राउ गरिएको छ ।नोभेम्बरमा सम्पन्न निर्वाचनमा सुकीको पार्टीले सरकार बनाउन पर्याप्त सिट जितेपनि सेनाले भने चुनावमा धाधली भएको आरोप लगाउदै आएको थियो । सोमबार नयाँ निर्वाचत संसदको तल्लो सदनको बैठक बस्नु अघि नै सेनाले सुकी, राष्ट्रपतिसहित शिर्ष नेताहरुलाई हिरासतमा लिएको छ भने संसद बैठक पनि स्थगित गरेको बताइएको छ । नेताहरुलाई हिरासतमा लिनु अघि सेनाले राजधानी नेपीटावमा इन्टरनेट सेवा बन्द गरिएको थियो । अहिले राजधानी र अन्य मुख्य शहरमा सडकमा सेन...
आजको मौसम:  हेर्नुस् यस्तो छ पूर्वानुमान

आजको मौसम: हेर्नुस् यस्तो छ पूर्वानुमान

ब्यानर समाचार, मौसम, समाचार, समाज
काठमाडौं, माघ १९ । मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिनको मौसम पूर्वानुमान जारी गरेको छ ।महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी न्यून चापिय रेखाको आंशिक प्रभाव रहेको छ। भने, हाल प्रदेश नं १ र गण्डकी प्रदेशको पहाडी भूभागमा आशिंक बदली रहेको छ र तराईका अधिकांश स्थानहरुमा हुस्सु र कुहिरो लागेको छ । देशका अन्य बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ । यसैगरी, आज दिउँसो देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागहरुमा मौसम सामान्यतया सफा रहनेछ । यता, प्रदेश नं १ र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक वा दुई स्थानहरुमा हल्का हिमपातको संभावना रहेको छ। यसैगरी, आज राति देशको पहाडी भूभागमा आंशिक बदली रहि बाँकी भूभागहरुमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश नं १ र सुदूरपश्चिम प्रदेशको को उच्च पहाडी तथा हिमाली भूभागका एक वा दुई स्थानहरुमा हल्का हिमपातको संभावना रहे...