Friday, March 29
Shadow

दोस्रो वार्षिकोत्सबको अवसरमा गहतराज सञ्जाल कप आयोजना


  • -इ
  • इ+

 

काठमाडौं – गहतराज सञ्जालको राजधानी समन्वयन समितिले नेपालमा पहिलो पटक ‘गहतराज सञ्जाल कप’ आयोजना गर्ने भएको छ । गहतराज सञ्जालको दोस्रो बार्षिक उत्सवको अवसमार राजधानी समन्वयन समितिले ‘स्वास्थ्यका लागि खेलकुद, जीवनका लागि खेलकुद’ भन्ने नारा सहित प्रथम गहतराज सञ्जाल कप’ आयोजना गर्न लागेको हो ।
सञ्जालले आगामी चैत १२ गतेदेखि १४ गतेसम्म काठमाडौंको तारकेश्वर नगरपालिका १० मनमैजुमा उक्त मेला गर्र्ने छ ।
गहतराज सञ्जाल कप अन्तरगत अन्तर बिश्वकर्मा व्याडमिन्टन प्रतियोगिता गरिने बताइएको छ । उक्त खेल आगामि चैत १२ गतेदेखि मनमैजु स्थित फोर जी हलमा सुरु गरिने आयोजकको भनाइ छ ।
व्याडमिन्टन खेल पुरुष डबल, पुरुष सिङगल, मिक्स डबल हुने आयोजकले जनाएको छ । पुरुष डबल तर्फ प्रथम, द्धितीय र तृतीय हुने प्रतियोगिहरुले क्रमश १५ हजार, १० हजार र ५ हजार सहित मेडल ट्रफि र प्रमापत्र प्राप्त गर्ने छन् । यस विधा तर्फको टिम दर्ता शुल्क २ हजार तोकिएको छ ।
पुरुष सिङ्गाल तर्फ प्रथम, द्धितीय र तृतीय हुने प्रतियोगिहरुले क्रमश ६ हजार, ४ हजार र २ हजार सहित मेडल ट्रफि र प्रमापत्र प्राप्त गर्ने छन् । यस विधा तर्फको इन्ट्री शुल्क १ हजार तोकिएको छ ।
त्यस्तै मिक्स डबल तर्फ प्रथम, द्धितीय र तृतीय हुने प्रतियोगिहरुले क्रमश ६ हजार ४ हजार २ हजार सहित मेडल ट्रफि र प्रमापत्र प्राप्त गर्ने छन् । यस विधा तर्फको इन्ट्री शुल्क १५ यस तोकिएको छ ।
खेलको उद्घाटन समारोह चेत्र १२ गते विहान ११ बजे हुने बताइएको छ । खेलाडीहरुले चैत्र १० गते विहान १० बजे सम्ममा नाम दर्ता गरिसक्नु पर्ने गहतराज सञ्जाल राजधानी समन्वय समितिले बताएको छ ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares