Thursday, April 25
Shadow

संचारकर्मी गुप्तालाई ज्यान मार्ने धम्की


  • -इ
  • इ+


कृष्णनगर कपिलवस्तु
कपिलवस्तु कृष्णनगर नगरपालिका ६ भिल्मी घर भएकाे संचारकर्मी कमलेश चन्द्र गुप्तालाई समाचार लेखेको कारण केहि ब्यक्तिले गाली गलौज गरि हात पात गरेका छन ।

कृष्णनगर नगरपलिका ६ भिल्मीमा जनता आवास कार्यक्रम अन्तर्गत बन्दै गएकाे घरमा कमसल इटा प्रयाेग भइरहेकाे समाचार लेखेपछि वहांलाई निर्माण समितिका जावेद आलम र तिनका भाई ताहिर खानले गाली गालाैज गरि ज्यान मार्ने धम्की दिएका छन l ज्यान मार्ने धम्की आएपछि पत्रकार कमलेश चंद्र गुप्ताले सुरक्षाको माग गर्दै प्रहरी चौकी भिल्मीमा उजुरी दिएका हुन ।

पत्रकार भई समाचार संकलन सम्प्रेषण गर्दा अनेकाैं बाधा अवराेध आउने गर्छन तर निडर भई समाजलाई सुसुचित गराउन पत्रकारिताकाे धर्म रहेकाेले समाचार लेखेकै कारण पत्रकार गुप्तालाई धम्की दिने र गाली गलाैज, हातापाई गर्ने जस्ताे कुकृतिप्रति प्रेस क्लब आफ कृष्णनगर र अवधी पत्रकार संघ नेपालकाे गम्भीर ध्यानाकर्षण भएकाे छ । साथै पत्रकार गुप्तकाे ज्यानमाल सुरक्षा पत्रकार गुप्तालाई धम्की दिने व्यक्ति जावेद आलम र ताहिर खानलाई तत्काल कारवाही गर्न प्रेस क्लब ऑफ़ कृष्णनगर र अवधी पत्रकार संघ नेपालले सम्बन्धित निकायसंग जाेडदार माग गरेको बिज्ञप्तिमा समेत उल्लेख गरिएको छ ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares