Saturday, April 20
Shadow

सैन्य शिविरमा आत्मघाती बम आक्रमण, ८ सुरक्षाकर्मीको मृत्यु


  • -इ
  • इ+

काठमाडौं, माघ १७ । अफगानिस्तानको पूर्वी भाग नान्गाहारस्थित सैन्य शिविरमा आत्मघाती बम आक्रमणमा कम्तीमा ८ जना सुरक्षाकर्मीको मृत्यु भएको छ ।

तालिवान लडाकू समूहले विस्फोटक पदार्थले भरिएको गाडी शिविरभित्र लगेर विस्फोट गराएका थिए । तालिबानी प्रवक्ता जबिहुल्लाह मुजाहिदले घटनाको जिम्मा लिएका छन् ।

सैन्य शिविरमा भएको आक्रमणको नान्गाहारका गभर्नरले विज्ञप्तिमार्फत पुष्टि गरेका छन् । यो प्रान्तमा यसअघि पनि तालिबान लडाकू समूहले सरकारी सेना लक्षित आक्रमण जारी राखेको छ ।

तालिवान र अफगान सरकारबीच युद्ध रोक्ने विषयमा गत वर्ष सेप्टेम्बरमा सुरु भएको शान्ति वार्ता अझै पनि निष्कर्षमा पुग्न सकेको छैन ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares