Tuesday, April 23
Shadow

श्री ५ को सरकार भनेपछि खानेपानी मन्त्री आलोचित, मागे माफि


  • -इ
  • इ+
काठमाण्डौँ, माघ १८

खानेपानी तथा सरसफाइमन्त्री मणि थापाले माफि मागेका छन् । एउटा सभामा सम्बोधनका क्रममा उनले ‘श्री ५ को सरकार’ भनेकोमा माफी मागेका हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपाका नेतासमेत रहेका मन्त्री थापाले सुर्खेतमा शनिबार आयोजित सभामा ‘नेपाल सरकार’ भन्नुपर्नेमा ‘श्री ५ को सरकार’ भनेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री थापाले भनेका थिए, ‘सबैलाई सम्मान गर्न चाहन्छु जो मञ्चमा आसीन हुनुहुन्छ । र सुर्खेतका आदरणीय जनसमुदायहरु म सबैलाई नेकपा स्थायी समितिको तर्फबाट र श्री ५ को सरकारको तर्फबाट यो कार्यक्रममा ‘ए सरी नेपाल सरकारको तर्फबाट यो कार्यक्रममा तपाईंहरुलाई लाल सलाम भन्न चाहन्छु ।’

मन्त्री थापाले श्री ५ को सरकार भनेपछि उनको भिडियो सामाजिक सञ्जालमा भाइरल नै भएको छ । सामाजिक सञ्जालमा चर्को आलोचना भएपछि आइतबार बिहान मन्त्री थापाले स्पष्टीकरण दिँदै माफी मागेका छन् ।

मन्त्री थापाले स्पष्टीकरण दिँदै सामाजिक सञ्जाल मार्फत माफि मागेका छन् ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares