Thursday, August 20
Shadow

Author: Interview Nepal

अर्थमन्त्री पौडेलद्वारा सुकुम्बासीलाई पूर्जा वितरण गर्ने कार्यलाई तीव्रता दिन निर्देशन

अर्थमन्त्री पौडेलद्वारा सुकुम्बासीलाई पूर्जा वितरण गर्ने कार्यलाई तीव्रता दिन निर्देशन

आर्थिक, मुख्य समाचार, समाचार, समाज
  काठमाडौं , माघ १९ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले भूमिहिन दलित र भूमिहिन सुकुम्बासीलाई जग्गाधनी पूर्जा वितरण गर्ने कार्यलाई तीव्रता दिन भूमि सम्बन्धी समस्या समाधान आयोगलाई निर्देशन दिएका छन् । अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा अर्थमन्त्री पौडेलले भूमिहिनलाई जग्गाधनी पूर्जा उपलब्ध गराउने कार्य सरकारको उच्च प्राथमिकतामा रहेको भन्दै वास्तविक भूमिहिनको लागत संकलन गर्ने कार्य सम्पन्न गर्दै मापदण्डभित्र परेकालाई जग्गाधनी पूर्जा उपलब्ध गराउन निर्देशन दिएका हुन् । ‘स्रोत र जनशक्तिको अभाव हुन दिने छैनौं, अर्थमन्त्री पौडेलले भने –काम र परिणाम पनि त्यही अनुसार आउने गरी काम गर्नुहोस् ।’ आयोगका अध्यक्ष देवीप्रसाद ज्ञवालीले स्थानीय तहसँग पनि सहकार्य र समन्वय गर्दै काम गरेको जानकारी दिदै १८ घण्टा खटेर काम गर्ने बताए । आयोगका पदाधिकारीले अहिलेसम्म गरेको कार्य प्रगति र भावी लक्ष्...
पूर्वप्रमुख निर्वाचन आयुक्तहरुको आयोगलाई सुझाव-नेकपा विवाद समाधान नगरी चुनावी प्रक्रिया सुरु नगर्नुस्

पूर्वप्रमुख निर्वाचन आयुक्तहरुको आयोगलाई सुझाव-नेकपा विवाद समाधान नगरी चुनावी प्रक्रिया सुरु नगर्नुस्

ब्यानर समाचार, समाचार, समाज
काठमाडौं, माघ १९ । नेकपाभित्रको विवाद समाधान नगरी चुनावी प्रक्रिया सुरु नगर्न निर्वाचन आयोगलाई पूर्वप्रमुख निर्वाचन आयुक्तहरुले सुझाव दिएका छन्। सोमबार आयोगले बैशाखमा घोषणा भएको चुनाव, नेकपाभित्रको आधिकारिकताको विवाद समाधान लगायतका विषयमा छलफल गर्नका लागि पुर्व प्रमुख निर्वाचन आयुक्तहरुसँग छलफल गरेको थियो। सरकारले प्रतिनिधि सभा विघटन गरेर बैशाख १७ र २७ गतेका लागि चुनावी तयारी सुरु गर्न आयोगलाई निर्देशन दिएपछि आन्तरिक तयारीमा रहेको आयोगले पूर्व प्रमुख आयुक्तहरु अयोधिप्रसाद यादव, निलकण्ठ उप्रेती, भोजराज पोखरेल र सूर्यप्रसाद श्रेष्ठसँग छलफल गरेको हो। नेकपाभित्रको विवाद समाधान, राजनीतिक दल दर्ताको सूचना प्रकाशनका विषयमा कसरी जाने भनेर छलफल गर्न बोलाएको थियो।छलफलमा नेकपाको एउटै दलभित्र देखिएको समस्या समाधान नगरी अघि बढ्दा त्यो प्रत्युत्पादक हुने भएकोले त्यसो नगर्न उनीहरुले सुझाव दिएका ...
प्रचण्ड-नेपाल पक्षले ओली र पौडेललाई साधारण सदस्यबाटै हटाए

प्रचण्ड-नेपाल पक्षले ओली र पौडेललाई साधारण सदस्यबाटै हटाए

ब्यानर समाचार, राजनिती
काठमाडौं, माघ १९ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल पक्षले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी निष्काशन गर्ने निर्णय गरेको छ। सोमबार काठमाडौंको बबरमहलस्थित कार्की ब्यांक्वेटमा बसेको नेकपा प्रचण्ड–नेपाल पक्षको केन्द्रीय कमिटीको चौथो बैठकले यस्तो निर्णय गरेको हो । यस अघिको स्थायी कमिटीबाट आएको प्रस्ताव अनुसार प्रधानमन्त्री ओलीलाई पार्टीको साधारण सदस्यबाट निष्काशन गर्ने निर्णय गरेको उक्त समुहले जनाएको छ । बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री ओलीलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी निष्काशन गर्ने निर्णय गरेको बताए। यस्तै स्थायी कमिटीले महासचिव विष्णुप्रसाद पौडेललाई पनि निष्काशन गरेको निर्णयलाई समेत अनुमोदन गरेको बताए। बैठकले निर्वाचन आयोगमा पार्टीको आधिकारिकता दाबी गर्ने निर्णय समेत गरेको ...
प्रधानमन्त्री ओलीले गरे देशकै ठूलो क्षमताको ढल्केवर विद्युत सबस्टेशनको उद्घाटन

प्रधानमन्त्री ओलीले गरे देशकै ठूलो क्षमताको ढल्केवर विद्युत सबस्टेशनको उद्घाटन

आर्थिक, ब्यानर समाचार, समाचार, समाज
काठमाडौं, माघ १९ । प्रधानमन्त्री केपी शर्मा ओलीले धनुषा जिल्लाको ढल्केवरस्थित देशको सबैभन्दा ठूलो क्षमताको विद्युत् सबस्टेशनको आज उद्घाटन गरेका छन् । नेपाल सरकार र नेपाल विद्युत प्राधिकरणको संयुक्त लगानी तथा विश्व बैंकको सहुलियतपूर्ण ऋणमा निर्मित सबस्टेशन ४००,२२० र १३२ केभी क्षमताको छ । नेपालमा विद्युतको एक शताब्दीभन्दा पुरानो इतिहास र विसं १९६७ मा फर्पिmङ विद्युत्गृह निर्माणपछि अहिले प्रथम पटक ४०० केभी सबस्टेशन निर्माण सम्पन्न भई ढल्केवर–मुजफ्फरपुर लाइनसहित ४०० केभी सञ्चालनमा आएको हो । सङ्घीय सरकारको राष्ट्रिय विद्युत् विकास दशक कार्यक्रमअन्तर्गत निर्माण भएको जिआइएस प्रविधियुक्त सो सबस्टेशनमा हाल ३१५ एमभीएका तीन थान, ४०० र २२० केभी ट्रान्सफर्मर तथा ८० एमभीए क्षमताको एक थान, ४०० केभी रियाक्टर जडित छ जसबाट करिब ९०० मेगावाट विद्युत आदानप्रदान गर्न सकिन्छ । हाल सञ्चालन रहेका नेपालका सबस...

Спикер палаты представителей фандосуг Иллинойса Майкл Мэдиган уходит в отставку

Uncategorized
Судя по выражению «мультфильм», первая проблема, которая приходит в голову, определенно связана с небольшими интересными героями, которых вы обнаруживаете в воронке анимационного сообщества в юности. Взрослые костюмы Ironman на Хэллоуин, как правило, будут доступны в вариантах комиксов или фильмов. (more…)
संसद विघटनको विरोधमा कांग्रेसको १३ वटै भातृ संस्थाहरूको संयुक्त विरोध प्रदर्शन धादिङबेसीमा

संसद विघटनको विरोधमा कांग्रेसको १३ वटै भातृ संस्थाहरूको संयुक्त विरोध प्रदर्शन धादिङबेसीमा

मुख्य समाचार, राजनिती, स्थानिय तह
काठमाडौं, माघ १९ संसद विघटनको विरोधमा नेपाली कांग्रेसका १३ वटै भातृ संस्थाहरूको संयुक्त आयोजनामा आज धादिङबेसीमा विरोध प्रदर्शन गरेको छ । तेस्रो चरणको आन्दोलनका कार्यक्रमअन्तर्गत आज नेपाली कांग्रेसका सबै भ्रातृ संगठनहरुले ७७ वटै जिल्लामा संयुक्त रुपमा विरोध प्रदर्शन गरेका हुन् । देशको विकासको सट्टा, विवाद, भ्रष्टाचार, घुसखोरी र विभिन्न किसिमका काण्डमा सरकार लागेको भन्दै दबाब दिन कांग्रेसले देशैभर सडक आन्दोलन गरेको हो । कार्यक्रममा नेपाली कांग्रेस धादिङका सभापति रमेश धमला, पूर्वमन्त्री दिलमान पाख्रिन, पूर्व सभापति रामनाथ अधिकारी, महासमिति सदस्यहरु झंक नारायण श्रेष्ठ,बासु तिमल्सेना, कल्पना अधिकारी, कविता इटनी, नेपाल तरुण दलका अध्यक्ष गोपाल विक, नेपाल विद्यार्थी संघका इश्वर अधिकारी, नेपाल किसान संघ, भरत बहादुर ढकाल, आदिवासी जनजाति संघका अध्यक्ष टेकजंग लामा, भूपू सैनिक संघका डिल बहादुर गु...
संसद विघटनविरुद्ध कांग्रेसको धारणा स्पष्ट छ : प्रदिप पौडेल

संसद विघटनविरुद्ध कांग्रेसको धारणा स्पष्ट छ : प्रदिप पौडेल

ब्यानर समाचार, राजनिती, समाचार
काठमाडौं, माघ १९ नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदिप पौडेलले संसद विघटनका विरुद्ध आन्दोलनमा जाने कुरामा कांग्रेसभित्र अलमल नभएको स्पष्ट पारेका छन् संसद विघटनविरुद्ध कांग्रेसका विभिन्न भातृ संगठनले गरेको विरोध प्रदर्शनलाई सम्बोधन गर्न मोरङ पुगेका नेता पौडेलले त्यस्तो बताएका हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते संसद विघटन गरेको भोलिपल्टै कांग्रेस सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाई आन्दोलनमा जाने निर्णय गरेको बताए । केही व्यक्तिहरुले कांग्रेसभित्र आन्दोलनमा जाने कुरामा अलमल रहेको बताएपनि त्यस्तो नभएको बताए । कांग्रेसले संसद विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमलाई असंवैधानिक र अलोकतान्त्रिक ठहर गरिसकेको कांग्रेस आन्दोलनको लागि मैदानमा आइसकेको बताए । त्यस्तै संसद विघटनले नेपाली राजनीतिमा गम्भीर मोड आएको बताउँदै लोकतन्त्र र संविधान समेत रहने कि...
एपीएफकी सावित्रा एक्लैको दर्जन गोल, चौदण्डीगढी २२–० ले पराजित

एपीएफकी सावित्रा एक्लैको दर्जन गोल, चौदण्डीगढी २२–० ले पराजित

खेलकुद, ब्यानर समाचार 2, समाचार
काठमाडौं, माघ १९ राष्ट्रिय महिला फुटबल लिगमा सशस्त्र प्रहरीको एपीएफले उदयपुरको चौदण्डीगढीविरुद्ध गोलको वर्षा गरेको छ। पहिलो हाफमै १२ गोल गरेको एपीएफले दोस्रो हाफमा अरु १० गोल थप्दै शानदार जित हात पारेको हो। सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा आज भएको खेलमा एपीएफका खेलाडी हावी भए। एपीएफकी सावित्रा भण्डारी साम्बा एक्लैले एक दर्जन गोल गरिन्। खेल सुरु भएको पाँचौँ मिनेटमै खाता खोलेकी उनले ३२, ३३, ३४, ३७, ४७, ५५, ६२, ६४, ७२, ७९ र खेल सकिनुअघि समेत गरी १२ गोल गरेकी हुन्। त्यस्तै अनु लामाले ११, १४, २०, २६ र ६६औँ मिनेटमा गोल गरिन् भने अनिता बस्नेतले ८, ५० र ६७औँ मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरिन्। यसबाहेक एपीएफकै सरु लिम्बुले १८औँ मिनेटमा र रेनुका नगरकोटेले ३१औँ मिनेटमा गोल गरे। जारी लिगमा सावित्राले २४ गोल गरिसकेकी छिन्। उनी लिगमा सर्वाधिक गोलकर्तामा अगाडि छिन्। आजको खेलमा च...
ईश्वर पोखरेलको स्कर्टिङसँगैको गाडी नुवाकोटमा तोडफोड

ईश्वर पोखरेलको स्कर्टिङसँगैको गाडी नुवाकोटमा तोडफोड

ब्यानर समाचार, राजनिती, समाचार, स्थानिय तह
काठमाडौं, माघ १९ नेकपा ओली समूहका नेता तथा उपप्रधानमन्त्री ईश्वर पोखरेलको स्कर्टिङ सँगैको गाडी नुवाकोटमा तोडफोड भएको छ । प्रचण्ड–नेपाल समूहका कार्यकर्ताले कालो झण्डा देखाउने क्रममा पोखरेलको स्कर्टिङ सँगै रहेको एक गाडी तोडफोड गरेका हुन् । कार्यक्रममा सहभागी हुने क्रममा ओली र प्रचण्ड–नेपाल समूहबीच झडप भएको हो। गत पुष ५ गते प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरेपछि प्रचण्ड–माधव समुहले काठमाडौं लगायत देशका विभिन्न ठाउँमा दैनिक रुपमा विरोध कार्यक्रम गर्दै आइरहेका छन् ।...
धादिङमा ट्रक दुर्घटना : २ जनाको मृत्यु, २ गम्भीर घाइते

धादिङमा ट्रक दुर्घटना : २ जनाको मृत्यु, २ गम्भीर घाइते

दुर्घटना, मुख्य समाचार, स्थानिय तह
काठमाण्डौँ, माघ १९ पृथ्वीराजमार्ग अन्तरगत धादिङको थाक्रे गाउँपालिका वडा नं २ कोइरालेमा २ वटा ट्रक एक आपसमा ठक्कर खाँदा २ जनाको मृत्यु भएको छ भने २ जना गम्भीर घाइते भएका छन्। मुग्लिङबाट काठमाडौं जाँदै गरेको लु २ ख २७० नम्बरको ट्रकले बिग्रेर रोकिराखेको ना ६ ख ६४६५ नम्बरको ट्रकमा पछाडिबाट ठक्कर दिँदा दुर्घटना भएको इलाका प्रहरी कार्यलय गजुरीका प्रहरी निरीक्षक भोजराज पाण्डेले जानकारी दिए। दुर्घटनामा परी ट्रकका सहचालक संखुवासभा घर भएका किरण कार्की र ट्रकमा सवार बर्दियाका सानोसुकी गाउँपालिका वडा नं ९ का किरण प्रताप गुरुङ्गको मृत्यु भएको छ। उनीहरुको घटनास्थलमा मृत्यु भएको शव च्यापिएको अवस्थामा रहेको थियो। त्यस्तै घटनामा लु २ ख २७० नम्बरको ट्रकका चालक नवलपरासीको सुनवाल नगरपालिका वडा नं ६ का लिलाराम अधिकारी र बाराको करैया गाउँपालिका वडा न ४ बस्ने कमल शाह पनि गम्भीर घाइते भएका थिए। उनीहरुला...