Saturday, April 20
Shadow

संसद विघटनको विरोधमा कांग्रेसको १३ वटै भातृ संस्थाहरूको संयुक्त विरोध प्रदर्शन धादिङबेसीमा


  • -इ
  • इ+

काठमाडौं, माघ १९
संसद विघटनको विरोधमा नेपाली कांग्रेसका १३ वटै भातृ संस्थाहरूको संयुक्त आयोजनामा आज धादिङबेसीमा विरोध प्रदर्शन गरेको छ ।
तेस्रो चरणको आन्दोलनका कार्यक्रमअन्तर्गत आज नेपाली कांग्रेसका सबै भ्रातृ संगठनहरुले ७७ वटै जिल्लामा संयुक्त रुपमा विरोध प्रदर्शन गरेका हुन् ।
देशको विकासको सट्टा, विवाद, भ्रष्टाचार, घुसखोरी र विभिन्न किसिमका काण्डमा सरकार लागेको भन्दै दबाब दिन कांग्रेसले देशैभर सडक आन्दोलन गरेको हो ।

कार्यक्रममा नेपाली कांग्रेस धादिङका सभापति रमेश धमला, पूर्वमन्त्री दिलमान पाख्रिन, पूर्व सभापति रामनाथ अधिकारी, महासमिति सदस्यहरु झंक नारायण श्रेष्ठ,बासु तिमल्सेना, कल्पना अधिकारी, कविता इटनी, नेपाल तरुण दलका अध्यक्ष गोपाल विक, नेपाल विद्यार्थी संघका इश्वर अधिकारी, नेपाल किसान संघ, भरत बहादुर ढकाल, आदिवासी जनजाति संघका अध्यक्ष टेकजंग लामा, भूपू सैनिक संघका डिल बहादुर गुरुड , तामाड संघ फेलमा, मगर संघका डोलब थापा मगर, नेत्रहिन अपाङ्ग संघका अध्यक्ष आश्विन लम्साल लगायत सम्पुर्ण भातृ संस्थाहरू र नेपाली कांग्रेसमा आस्थावानहरुको ठूलो सहभागिता रहेको छ ।

धादिङबेसीमा विरोध र्‍यालीपछि कारागार अगाडी कोणसभामा परिणत भएको थियो। कोण सभामा नेपाली कांग्रेश धादिङका भातृ संगठनका नेताहरुले नेकपा सरकारले गरेको कामबारे खुलेरै विरोध गरेका थिए । नेकपाको सरकार जनताको पक्षामा भन्दा पनि भष्टचारीको संरक्षाण र पक्षपोषण गरिरहेको भन्दै विरोधसभाका बक्ताले विरोध जनाए।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares