Saturday, April 20
Shadow

प्रचण्ड-नेपाल पक्षले ओली र पौडेललाई साधारण सदस्यबाटै हटाए


  • -इ
  • इ+

काठमाडौं, माघ १९ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल पक्षले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी निष्काशन गर्ने निर्णय गरेको छ।

सोमबार काठमाडौंको बबरमहलस्थित कार्की ब्यांक्वेटमा बसेको नेकपा प्रचण्ड–नेपाल पक्षको केन्द्रीय कमिटीको चौथो बैठकले यस्तो निर्णय गरेको हो । यस अघिको स्थायी कमिटीबाट आएको प्रस्ताव अनुसार प्रधानमन्त्री ओलीलाई पार्टीको साधारण सदस्यबाट निष्काशन गर्ने निर्णय गरेको उक्त समुहले जनाएको छ ।

बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री ओलीलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी निष्काशन गर्ने निर्णय गरेको बताए। यस्तै स्थायी कमिटीले महासचिव विष्णुप्रसाद पौडेललाई पनि निष्काशन गरेको निर्णयलाई समेत अनुमोदन गरेको बताए।

बैठकले निर्वाचन आयोगमा पार्टीको आधिकारिकता दाबी गर्ने निर्णय समेत गरेको प्रवक्ता श्रेष्ठले बताए। यस अघि पार्टीको बैठकले पदाधिकारीको फेरबदल गर्ने निर्णय सहित अध्यावधिक गर्न अनुरोध गरेकोमा निर्वाचन आयोगले अध्यावधिक नगरी पार्टीलाई पत्र पठाएको सन्दर्भमा पार्टीको आधिकारिकता दावी गर्दै निर्वाचन आयोगलाई पत्र लेख्ने निर्णय बैठकले गरेको पनि प्रवक्ता श्रेष्ठले बताए।

प्रतिनिधि सभा विघटनको असंवैधानिक एवं प्रतिगामी कदमको विरुद्धका कार्यक्रम सफलता पूर्वक सम्पन्न गरेको र अर्को चरणको संघर्षका कार्यक्रम घोषणा भइसकेको सन्दर्भमा पार्टीका सबै कमिटीहरुलाई परिचालन हुन निर्देश्न जारी गरेको पनि प्रवक्ता श्रेष्ठले बताए।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares