Friday, April 26
Shadow

पूर्वप्रमुख निर्वाचन आयुक्तहरुको आयोगलाई सुझाव-नेकपा विवाद समाधान नगरी चुनावी प्रक्रिया सुरु नगर्नुस्


  • -इ
  • इ+

काठमाडौं, माघ १९ । नेकपाभित्रको विवाद समाधान नगरी चुनावी प्रक्रिया सुरु नगर्न निर्वाचन आयोगलाई पूर्वप्रमुख निर्वाचन आयुक्तहरुले सुझाव दिएका छन्।

सोमबार आयोगले बैशाखमा घोषणा भएको चुनाव, नेकपाभित्रको आधिकारिकताको विवाद समाधान लगायतका विषयमा छलफल गर्नका लागि पुर्व प्रमुख निर्वाचन आयुक्तहरुसँग छलफल गरेको थियो।

सरकारले प्रतिनिधि सभा विघटन गरेर बैशाख १७ र २७ गतेका लागि चुनावी तयारी सुरु गर्न आयोगलाई निर्देशन दिएपछि आन्तरिक तयारीमा रहेको आयोगले पूर्व प्रमुख आयुक्तहरु अयोधिप्रसाद यादव, निलकण्ठ उप्रेती, भोजराज पोखरेल र सूर्यप्रसाद श्रेष्ठसँग छलफल गरेको हो।

नेकपाभित्रको विवाद समाधान, राजनीतिक दल दर्ताको सूचना प्रकाशनका विषयमा कसरी जाने भनेर छलफल गर्न बोलाएको थियो।छलफलमा नेकपाको एउटै दलभित्र देखिएको समस्या समाधान नगरी अघि बढ्दा त्यो प्रत्युत्पादक हुने भएकोले त्यसो नगर्न उनीहरुले सुझाव दिएका हुन्।

‘निर्वाचन आयोगले आन्तरिक रुपमा निर्वाचनको तयारी गरिरहेको र नेकपाको एउटै दलभित्र विवाद चर्किएको, दुवै पक्षले पार्टीको आधिकारिकता दाबी गरिरहेका बेला कसरी जान सकिन्छ भनेर सुझाव माग पनि गरेका छन् ।उनीहरुले नेकपाको विवाद निरुपण नगरी अगाडि बढ्न उपयुक्त नहुनेमा जोड दिएका छन्।

‘अहिलेको अवस्थामा नेकपाको एउटै दलभित्र देखिएको विवाद समाधान र निक्र्योल नगरी आयोग अघि बढ्नु उपयुक्त नहुने उनीहरुको भनाइ रहेको छ ।

साथै आयोगले नेकपाको विवाद समाधानको लागि दुबै अध्यक्षसँग सामुहिक छलफल गर्नुपर्ने सुझाव पनि दिएको छ ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares