काठमाडौं, माघ १९
नेकपा ओली समूहका नेता तथा उपप्रधानमन्त्री ईश्वर पोखरेलको स्कर्टिङ सँगैको गाडी नुवाकोटमा तोडफोड भएको छ । प्रचण्ड–नेपाल समूहका कार्यकर्ताले कालो झण्डा देखाउने क्रममा पोखरेलको स्कर्टिङ सँगै रहेको एक गाडी तोडफोड गरेका हुन् ।
कार्यक्रममा सहभागी हुने क्रममा ओली र प्रचण्ड–नेपाल समूहबीच झडप भएको हो।
गत पुष ५ गते प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरेपछि प्रचण्ड–माधव समुहले काठमाडौं लगायत देशका विभिन्न ठाउँमा दैनिक रुपमा विरोध कार्यक्रम गर्दै आइरहेका छन् ।