Thursday, August 20
Shadow

Author: Interview Nepal

कोरोनाबाट विश्वभर २२ लाख ४६ हजारको मृत्यु, संक्रमित कति ?

कोरोनाबाट विश्वभर २२ लाख ४६ हजारको मृत्यु, संक्रमित कति ?

अन्तर्राष्ट्रिय, मुख्य समाचार
काठमाडौं, माघ २० । विश्वभर कोरोना संक्रमणबाट मृत्यु हुनेको कूल संख्या २२ लाख ४६ हजार पुगेको छ । गत २४ घण्टामा झण्डै ९ हजार संक्रमितको मृत्यु भएसँगै मृतकको संख्या २२ लाख ४६ हजार ७ सय ७३ पुगेको हो । एकै दिन ३ लाख ७७ हजार कोरोना संक्रमित थपिएका छन् । विश्वभर कूल संक्रमितको संख्या १० करोड ३९ लाख नाघेको छ । जसमध्ये ७ करोड ५६ लाख ७० हजार जना संक्रमणमुक्त भइसकेका वल्डोमिटरले जनाएको छ ।...
देशभरको मौसम कस्तो रहला ? यस्तो छ आगामी तीन दिनको  पूर्वानुमान

देशभरको मौसम कस्तो रहला ? यस्तो छ आगामी तीन दिनको पूर्वानुमान

ब्यानर समाचार 2, मुख्य समाचार, मौसम, समाचार, समाज
काठमाडौं , माघ २०। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिनको मौसम पूर्वानुमान बुलेटिन प्रकाशित गरेको छ । जसअनुसार नेपालमा पश्चिमी न्यून चापिय रेखाको आंशिक प्रभाव रहेको छ । हाल देशका पहाडी भुभागमा आशिंक बदली रहेको छ छ भने बांकी भूभागहरुमा मौसम सामान्यतया सफा रहेको छ । आगामी तीन दिनको मौसम पूर्वानुमान माघ २० गते (मंगलबार) दिउँसो : देशको पहाडी भूभागमा आंशिक बदली रहि बाँकि भूभागहरुमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश नं १,सुदुर पश्चिम र गण्डकी प्रदेशको को उच्च पहाडी तथा हिमाली भुभागका एक/दुई स्थानमा हल्का हिमपातको संभावना रहेको छ। राती : प्रदेश नं ७ र अन्य देशका पहाडी भूभागमा आंशिक बदली रहि बाँकि भूभागहरुमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश नं १,सुदुर पश्चिम र गण्डकी प्रदेशको को उच्च पहाडी तथा हिमाली भुभागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रह...
म्यानमारको सेनाविरूद्ध उचित कदम चाल्ने बाइडनको चेतावनी

म्यानमारको सेनाविरूद्ध उचित कदम चाल्ने बाइडनको चेतावनी

अन्तर्राष्ट्रिय, ब्यानर समाचार, समाचार
काठमाडौँ , माघ २० । अमेरिकी राष्ट्रपति जो बाइडनले म्यान्मारको सेनाविरुद्ध कदम चाल्ने चेतावनी दिएका छन् । सेनाले नेत्री आङ सान सू चीसहित अन्य नेताहरूलाई गिरफ्तार गरेर देशको शासन सत्ता हातमा लिएको भन्दै बाइडनले सेनाविरुद्ध कदम चालिने धम्की दिएका हुन् । बाइडनले म्यान्मारको सेनालाई तत्काल सत्ता छोड्न भनेका छन् र त्यसो नभए अमेरिकाले उचित कदम चाल्ने बताएका छन् । अमेरिकी सिनेटका वरिष्ठ रिपब्लिकन मिच मक्कोनेलले नेत्री सू चीको गिरफ्तारिलाई भयभीत पार्ने भनि व्याख्या गरेका छन् । संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद्ले म्यानमारमा भएको कूबारे छलफल गर्न आपत्कालीन बैठक गर्ने योजना गरेको छ । युरोपेली संघ, जापान र भारतले म्यान्मारमा प्रजातन्त्र फिर्ता गर्ने ह्वाइट हाउसको मागमा समर्थन जनाएका छन् ।...
बर्डफ्लुको त्रासः कुखुराको मासु बिक्री घट्यो

बर्डफ्लुको त्रासः कुखुराको मासु बिक्री घट्यो

मुख्य समाचार, समाचार, समाज
काठमाडौँ , माघ २० । उपत्यकामा बर्डफ्लुको संक्रमण भेटिएपछि उपभोक्तामा त्रास फैलिँदा कुखुराको मासु खपत घटेको हो । राजधानीमा किसानले पालेका टर्की र हाँसमा बर्डफ्लु भेटिएको शनिबार सार्वजनिक भएसँगै मासु बिक्री घटेको हो । बर्डफ्लु भेटिएको हल्लापछि मासु बिक्री कम भएको काठमाडौँको बनस्थलीमा मासु पसल गर्दै आएका राजन श्रेष्ठले बताए । नियमितभन्दा आइतबार करिब २० प्रतिशत कम मासु बिक्री भएको छु, श्रेष्ठले भने, बर्डफ्लु भेटिएको हल्लाले उपभोक्ता डराए ।...
आवश्यकता भन्दा धेरै नुन खान्छन् नेपाली, ६६ लाख अझै ढिकेनुनकै भरमा

आवश्यकता भन्दा धेरै नुन खान्छन् नेपाली, ६६ लाख अझै ढिकेनुनकै भरमा

पत्रपत्रिका, ब्यानर समाचार, समाचार, समाज
काठमाडौं, २० माघ । देशभर अनुमानित ६६ लाख सर्वसाधारण अझै पनि ढिकेनुनकै भरमा रहेको पाइएको छ । स्वास्थ्य सेवा विभागको पछिल्लो तथ्यांकअनुसार कुल जनसंख्याको २२ प्रतिशत ढिकेनुन प्रयोग गरिरहेका छन् । जसमध्ये अनुमानित २९ लाखले यो नुन पखालेर खाने गरेका छन् । केन्द्रीय तथ्यांक विभागका अनुसार नेपालको कुल जनसंख्या ३ करोड २ लाख ३० हजार ७९ रहेको छ । सरकारले ढिकेनुन प्रयोगमा प्रतिबन्ध लगाए पनि कार्यान्वयनमा आउन सकेको छैन । स्वास्थ्य सेवा विभाग अन्तरगत तत्कालीन बाल स्वास्थ्य शाखाले ढिकेनुन प्रयोग नगर्न भन्दै सम्बद्ध निकायलाई परिपत्र गरेको थियो । तर अझै यो प्रयोग हुँदै आएको छ । स्वास्थ्य मापदण्डअनुसार दैनिक एकजनाले ५ ग्रामभन्दा कम नुन प्रयोग गर्नुपर्छ । तर नेपालीले औसत ९.१ ग्राम नून प्रतिव्यक्ति प्रतिदिन प्रयोग गर्छन् । सामान्यतय एक वयस्क मानिसलाई दैनिक १५० माइक्रोग्राम आयोडिन आवश्यक पर्ने स्वास्थ्य...
नेकपाको आधिकारिकता विवाद कानुनी प्रक्रियामा प्रवेश

नेकपाको आधिकारिकता विवाद कानुनी प्रक्रियामा प्रवेश

ब्यानर समाचार, राजनिती
काठमाडौँ , माघ २० । नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल पक्षले पार्टीको आधिकारिकताको विवाद चरणवद्ध प्रक्रियामा प्रवेश गर्ने अवस्था देखिएको छ । राजनीतिकरुपमा विभाजन भए पनि प्रचण्ड र ओली दुवै पक्षले निर्वाचन आयोगमा यसअघि आधिकारिकताको दाबी गर्न नपर्ने जिकिर गर्दै आएका थिए । सो जिकिरलाई मध्यनजर गर्दै आयोगले पार्टी कानुनीरुपमा एक रहेको निर्णय गरेको एक सातापछि सोमबार बसेको केन्द्रीय समितिको बैठकले प्रचण्ड र माधव नेपाल पक्षले आधिकारिकता दाबी गर्ने निर्णय गरेको हो । सो निर्णयअनुरुप आधिकारिकता दाबी गर्दै निवेदन दिएमा आधिकारिकता विवाद कानुनी प्रक्रियाअनुरुप टुंग्याउने दिशातर्फ अघि बढ्ने निर्वाचन आयुक्त ईश्वरीप्रसाद पौडेलले बताए ।...
आज २०७७ माघ २० गते मंगलबारको राशिफल

आज २०७७ माघ २० गते मंगलबारको राशिफल

मुख्य समाचार, समाचार, समाज
मेष आज नयाँ पद र प्रतिष्ठा पाईने संभावना छ । सुन्दर पहिरनले ब्यक्तित्वमा निखारता ल्याउनेछ । मन प्रसन्न र खुसी पनि रहनेछ ।मन चञ्चल हुनेछ । एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । आर्थिक क्षेत्र सवल रहनेछ । विपरित लिंगीप्रतिको आकर्षण बढ्ला । बृष आर्थिक पक्ष राम्रो बन्नेछ । पराक्रम बढ्नेछ । अरूलाई प्रभावित गरेर काम लिन सकिनेछ ।  आफन्तहरूसँग भेटघाटको अवसर मिल्नेछ । अधुरा कार्यहरू पुरा होलान् ।विद्या र नयाँ ज्ञान बढ्नेछ । आकस्मिक धन लाभ हुनेछ । दाम्पत्य जीवन सुखमय हुनेछ, तर सामाजिक र धार्मिक कार्यमा खर्च बढ्न सक्छ । मिथुन पारिवारिक पुनर्मिलनको योग छ । दाजुभाईबीचको बादविवाद मिल्नेछ । आर्थिक क्षेत्र कमजोर बन्न सक्छ । चोटपटकको भय भएकाले यात्रामा साबधानी अपनाउनु होला । अध्ययन अध्ययापन सफल हुनेछ ।आज एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । शत्रु र विपक्षी पराजित हुन सक्छन् । विपवरित वर्गको भेट र...
होस् गर्नुस् है मृत्युको कारण बन्न सक्छ चुइंगम

होस् गर्नुस् है मृत्युको कारण बन्न सक्छ चुइंगम

जिवनसैली, टिप्स
काठमाडौं । तपाई दैनिक चुइंगम चपाउनुहुन्छ भने सावधान । किनकी यसले तपाईंको ज्यान लिन सक्छ । एक रिपोर्टका अनुसार ब्रेड र चुइंगममा पाइने तत कोलोन क्यान्सरको कारण बन्न सक्छ । जसका कारण समय नपुगी मानिसको मृत्यु हुनसक्छ । नेनोइम्प्याक्टको जरनलमा प्रकाशित यस अध्ययन रिपोर्टका अनुसार ब्रेड तथा चुइंगममा टाइटेनियम डाईअक्साइड नामको एक तत्व पाइन्छ । जो जोडिएका कोशिकालाई तोड्न भूमिका खेल्छ । कोशिका टुट्नासाथ पाचनतन्त्र कमजोर बन्न जान्छ र जसको कारण संक्रमण रोगको खतरा उत्पन्न हुन्छ । यतिमात्र होइन टाइटेनियम डाइअक्साइड पेटको कोशिकाको जाल तोडेर शरीरको दोस्रो हिस्सामा पनि जानसक्छ । यो अध्ययन विघमटन विश्वविद्यालयका शोधकर्ताले गरेका हुन् । अध्ययनकर्ता ग्रेचेन माहलर ले बताए अनुसार चुइंगम तथा ब्रेडमा पाइने वाला टाइटेनियम डाइअक्साइड यस्तो तत्व हो, जसको विस्तारै विस्तारै लत लाग्दै जान्छ । तसर्थ त...
कोरोनाविरुद्धको खोप अभियान :  छ दिनमा एक लाख १३ हजारले लगाए खोप

कोरोनाविरुद्धको खोप अभियान : छ दिनमा एक लाख १३ हजारले लगाए खोप

ब्यानर समाचार 2, मुख्य समाचार, समाचार, समाज
काठमाडौँ , माघ १९। कोरोनाविरुद्धको खोप अभियानको छैठौ दिनसम्म देशभर एक लाख भन्दा बढीले कोरोना ९कोभिड १९० विरुद्धको खोप लगाएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार विज्ञप्ती जारी ७७ जिल्लामा कुल एक लाख १३ हजार १७५ जनाले खोप लगाएको जानकारी दिएको छ । मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमका अनुसार छैठौ दिनसम्म प्रदेश १ मा १५ हजार ३२९, प्रदेश २ मा १५ हजार २४, बागमती प्रदेशमा ४० हजार २७२, गण्डकी प्रदेशमा १३ हजार ९२२, लुम्बिनी प्रदेशमा १४ हजार ६४०, कर्णाली प्रदेशमा ६ हजार १३१ र सुदूरपश्चिम प्रदेशमा ७ हजार ८५७ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । बुधबारदेखि सुरु भएको खोप अभियानअन्तर्गत देशभरका ३०० खोप केन्द्रहरुमार्फत स्वास्थ्यकर्मी, सरसफाईकर्मी, एम्बुलेन्स चालकलगायत अग्रपंक्तिमा खटिने सेवा प्रदायकलाई आगामी १० दिनभित्र करिब ४ लाख ३० हजार व्यक्तिहरुलाई खोप लगाउने सरकारको लक्ष्य छ...
पाँच वर्षीया छोरीलाई बलात्कार गरेको आरोपमा बुवा पक्राउ

पाँच वर्षीया छोरीलाई बलात्कार गरेको आरोपमा बुवा पक्राउ

अपराध, मुख्य समाचार, समाचार, समाज, स्थानिय तह
काठमाडौं, माघ १९ । पाँच वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पीडितका ३८ वर्षीय बुवालाई सप्तरी प्रहरीले आज पक्राउ गरेको छ । मादक पदार्थ सेवन गरेका आरोपितले आफ्नै घरकोठामा गत शुक्रबार नाबालिका छोरीलाई बलात्कार गरेको भन्दै पीडितकी आमाले जिल्ला प्रहरी कार्यालय, सप्तरीमा आइतबार उजुरी दिएकी थिइन् । कनून बमोजिम कारवाही गर्न माग भएपछि पीडितको गजेन्द्रनारायण सिंह अस्पतालमा आइतबार स्वास्थ्य परीक्षण गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरिक्षक राजेन्द्रप्रसाद धमलाले बताए । स्वास्थ्य परीक्षणपछि आज उजूरी दर्ता गरेर आरोपितलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको जनाइएको छ ।...