Thursday, March 28
Shadow

एपीएफकी सावित्रा एक्लैको दर्जन गोल, चौदण्डीगढी २२–० ले पराजित


  • -इ
  • इ+

काठमाडौं, माघ १९
राष्ट्रिय महिला फुटबल लिगमा सशस्त्र प्रहरीको एपीएफले उदयपुरको चौदण्डीगढीविरुद्ध गोलको वर्षा गरेको छ।

पहिलो हाफमै १२ गोल गरेको एपीएफले दोस्रो हाफमा अरु १० गोल थप्दै शानदार जित हात पारेको हो। सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा आज भएको खेलमा एपीएफका खेलाडी हावी भए।

एपीएफकी सावित्रा भण्डारी साम्बा एक्लैले एक दर्जन गोल गरिन्। खेल सुरु भएको पाँचौँ मिनेटमै खाता खोलेकी उनले ३२, ३३, ३४, ३७, ४७, ५५, ६२, ६४, ७२, ७९ र खेल सकिनुअघि समेत गरी १२ गोल गरेकी हुन्।

त्यस्तै अनु लामाले ११, १४, २०, २६ र ६६औँ मिनेटमा गोल गरिन् भने अनिता बस्नेतले ८, ५० र ६७औँ मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरिन्। यसबाहेक एपीएफकै सरु लिम्बुले १८औँ मिनेटमा र रेनुका नगरकोटेले ३१औँ मिनेटमा गोल गरे।

जारी लिगमा सावित्राले २४ गोल गरिसकेकी छिन्। उनी लिगमा सर्वाधिक गोलकर्तामा अगाडि छिन्। आजको खेलमा चार ह्याट्रिक पूरा गरेकी उनी प्लेयर अफ द म्याच भइन्। जारी लिगमा एपीएफ १८ अंकसहित शीर्षस्थानमा छ भने चौदण्डीगढीले जितको खाता समेत खोल्न सकेको छैन।

एपीएफले आज गरेको गोल जारी लिगमा कुनै पनि टिमविरुद्ध अहिलेसम्मकै सर्वाधिक गोल संख्या हो।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares