Friday, April 26
Shadow

नेपाल प्रहरीका सात एसपीको सरूवा, को कहाँ भए ?


  • -इ
  • इ+

काठमाडौं, माघ २७ । नेपाल प्रहरीका सात जना प्रहरी उपरीक्षक (एसपी)को सरूवा भएको छ।मंगलबार प्रधान कार्यालयले सात जना एसपीको सरूवा गरेको हो।

चितवनमा प्रहरी उपरीक्षक ओम अधिकारीको सरुवा भएको छ। त्यहाँ कार्यरत् नान्तिराज गुरुङको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सरुवा भएको छ।

प्रधान कार्यालय अपराध अनुसन्धान विभाग अपराध अनुसन्धान महाशाखाका दीपशमशेर जबराको नेपाल प्रहरी सशस्त्र गण(१ नक्सालमा सरूवा भएको छ। साइबर ब्युको साइबर अपराध अनुसन्धान शाखाका रेवती ढककालको काठमाडौं उपत्यका सशस्त्र प्रहरी गण(२ महाराजगन्जमा भएको छ।

त्यस्तै, काठमाडौं उपत्यका प्रहरी कार्यालय इन्टेलिजेन्स शाखाका भोलाबहादुर रावलको काठमाडौं उपत्यका विशेष सुरक्षा प्रहरी गण त्रिपुरेश्वरमा सरूवा भएको हो।यस्तै, हालसालै बढुवा भएका १६ जना प्रहरी उपरीक्षकको पनि पदस्थापन भएको छ।

भुवनेश्वर तिवारीको १ नम्बर प्रदेश प्रहरी कार्यालय, ऋषिराम कँडेलको लागुऔषध नियन्त्रण ब्युरो, सुरेशप्रसाद काफ्लेको नेपाल प्रहरी प्रदेश कार्यालय भैरहवा, अमरेन्द्रबहादुर सिंहको महिला बालबालिका शाखा, श्यामसिंह चौधरीको काठमाडौं उपत्यका प्रहरी कार्यालय, नहकुल पोखरेलको कार्य तथा अपराध अनुसन्धान विभाग, राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन महाशाखा सरुवा भएको छ।

यस्तै, सुवास बोहराको प्रदेश प्रहरी कार्यालय धनुषा, पदमबहादुर विष्टको प्रदेश कार्यालय सुर्खेत, वासुदेव खतिवडाको प्रदेश कार्यालय काभ्रे, प्रजित केसीको साइबर ब्युरो, राजकुमार सिलवालको बागमती प्रदेश कार्यालय सरुवा भएको छ।

योगेन्द्रसिंह थापाको सुदूरपश्चिम प्रदेश कार्यालय, महेन्द्र श्रेष्ठको १ नम्बर प्रदेश आर्थिक प्रशासन, दिलीप घिमिरेको सूचना विश्लेषण शाखा, वीरेन्द्रबहादुर शाहीको अख्तियार र राजेन्द्रबाबु रेग्मीको प्रदेश कार्यालय पोखरा सरुवा भएको छ।

यसैगरी, मंगलबार नै ६ जना प्रहरी नायब उपरीक्षकहरूको सरुवा भएको छ।

सरुवा सूचीअनुसार कोमल शाह नगर प्रहरी कार्यालय काठमाडौं, रामहरि पाण्डे सिंहदरबार सुरक्षा गण, नरहरि रेग्मी ठिमी वृत्त, तुलसीराम अर्याल जिल्ला प्रहरी कार्यालय अछाम, बालनरसिंह राणाको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङ र मनोहरप्रसाद भट्टको जिल्ला प्रहरी कार्यालय दार्चुला सरुवा भएको छ।

 

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares